नयाँ ढंगले काम गर्ने युवाहरूलाई सरकारले सबै खालको साथ दिने

नयाँ ढंगले काम गर्ने युवाहरूलाई सरकारले सबै खालको साथ दिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औं नाडा अटाे शोको आज उद्घाटन गर्नुभएको छ । भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै नेपालले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले नयाँ ढंगले काम गर्ने युवाहरूलाई सरकारले सबै खालको साथ दिने विश्वास दिलाउनुभयो । "हामीले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्थाहरु र पूर्वाधार विकास गरेका छौँ । लगानी र काम गर्न कुनै बाधा छैन । अहिले असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन । कोही असन्तुष्ट नै हुन्छु भनेर कसम खाएको छ भने त केही लाग्दैन ।"

उहाँले भन्नुभयो, "उत्तर र दक्षिणतिर नयाँ र पक्की मार्गहरु बन्दैछन्, अन्तर्राष्ट्रिय विमानस्थल थपेका छौँ । हरित उर्जा, मिथेन ग्यास, धौवादी फलामको उत्पादन गरेर प्रयोग गर्दैछौं । प्रविधिको रुपान्तरण भैसकेको छ । यी सबैको ध्येय विकास र समृद्धि हो । यसमा तपाईंहरु ढुक्कले अगाडि बढ्नुस् । देशका लागि  योगदान दिनुहोस् ।"

MG Introduces an Exciting Exchange Offer

MG Introduces an Exciting Exchange Offer

Kathmandu – Paramount Motors Pvt. Ltd., the sole authorized distributor of MG Motors in Nepal, has announced an exchange offer in celebrations of MG Motors 100 years anniversary. Customers have the opportunity to trade in their old vehicles for a brand-new MG ZS EV in this offer.

A representative of Paramount Motors Pvt. Ltd. stated, "As MG Motors celebrates a century, we are delighted to introduce this exchange offer as a token of our appreciation. We are immensely grateful for the continuous support and trust that Nepalese customers have shown us." 

This limited-time offer is available at select dealerships in Banepa, Narayangadh, Dhangadhi, Dang, Butwal, Bhairahawa, Birtamod, Janakpur, Pokhara, Birgunj, and Biratnagar. During this period, customers can receive the highest valuation for their old vehicles and gain the maximum benefit. The offer is valid from 11th of Aug to 10 September.

लुम्बिनी विकास बैंकको १६ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न

लुम्बिनी विकास बैंकको १६ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो १६ औं बार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत, टोखा नगरपालिका वडा नं. ७ बसुन्धरा, धापासीमा अवस्थित “पवित्र समाज सेवा नेपाल”मा आश्रित कलेज तथा विद्यालयमा अध्ययनरत असहाय बालबालिकाहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । साथै, बैंकले बार्षिकोत्सवकै उपलक्ष्यमा संस्थामा २० वर्ष भन्दा बढि विभिन्न तह र जिम्मेवारीमा रहि सेवा प्रदान गर्नुभएका १२ जना कर्मचारीहरुलाई सम्मान गरेको छ । सञ्चालक समितिका सम्पूर्ण सदस्यज्यूहरु र व्यवस्थापनको उपस्थितिमा बंैकका अध्यक्ष चिन्तामणी भट्टराई र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले संयुक्त रुपमा कर्मचारीहरुलाई दिर्घसेवा पदक र मायाको चिनो प्रदान गर्नुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले उपस्थित सम्पूर्णमा शुभकामना सहित स्वागत मन्तब्य राख्नुभएको थियो । अध्यक्ष चिन्तामणी भट्टराईले सम्पूर्ण ग्राहक, शेयरधनी तथा कर्मचारीहरुलाई शुभकामना तथा बधाई दिनुभयो ।

हाल यस विकास बैंकले ७ वटै प्रदेशमा ८९ वटा शाखाहरु तथा १ वटा एक्सटेन्सन काउन्टर मार्फत कारोबार गर्दै आएको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म हुने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

स्याङजाको वद्खोलामा टिभिएसको नयाँ सोरुम

स्याङजाको वद्खोलामा टिभिएसको नयाँ सोरुम

काठमाडौँ । नेपालमा टिभिएस टू ब्हिलरको वितरक जगदम्बा मोटर्सले स्याङजाको वद्खोलामा पूर्ण सुविधा सहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । ग्राहकहरुलाई टिभिएस मोटरसाइकल  तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पाट्र्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ नयाँ सोरुम सञ्चालनमा ल्याइएको हो ।

नयाँ शोरुममा बोल्दै बतास इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष राजेश शर्माले टिभिएस ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्नसधैं प्रयासरत रहेको बताउनुभयो । ग्राहकहरूलाई थप प्रभावकारी र छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधाहरू थपिएको उहाँको भनाई छ । टिभिएसले निरन्तर रूपमा आफ्ना ग्राहकहरूको सुविधा र गुणस्तरीय सेवा मा ध्यान दिइरहेको उहाँले बताउनुभयो ।

कार्यक्रम स्याङका जिल्लाका प्रमूख जिल्ला अधिकारी राजु पौडेलको प्रमूख आतिथ्यतामा सञ्चालन भएको थियो । त्यसक्रममा स्याङजा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजिव वहादुर वस्नेत, प्रहरी उपरिक्षक रविन्द्र खनाल, ससस्त्र प्रहरी नायव उपरिक्षक राजेशलाल श्रेष्ठ, पुतली बजार नगरपालिका वडा र्न ३ र ४ का वडा अध्यष लगायतको अपस्थिती रहेको थियो ।

असोज पहिलो साता नाडा इभि एक्स्पो

असोज पहिलो साता नाडा इभि एक्स्पो

काठमाडौँ । आगामी असोज पहिलो साता नाडा इभि एक्स्पो २०२२ आयोजना हुने भएको छ । बिहीबार बसेको नाडा केन्द्रीय कार्य समितिको आठौ बैठकले पहिलो पटक नाडा इभि एक्स्पो २०२२ गने निर्णय गरेको हो ।

असोज ६ गते देखि ९ गतेसम्म काठमाडौको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा हुन लागेको एक्स्पो विद्युतीय सवारी साधनहरुको प्रदर्शनी गरिने नाडाले जनाएको छ ।  

सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भाद्र १४ गतेसम्मको लागि विस्तार गरेपछि नाडाले इभि एक्स्पो २०२२ गर्ने निर्णय गरेको हो । नाडाले सन् १९९८ देखि नाडा अटो एक्स्पो गर्दै आएको छ ।

 बिराटनगर र इटहरीमा गुड्ने भयो महिन्द्राको इलेक्ट्रिक थ्री–ह्विलर अटो “ट्रियो”

बिराटनगर र इटहरीमा गुड्ने भयो महिन्द्राको इलेक्ट्रिक थ्री–ह्विलर अटो “ट्रियो”

इटहरी । महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर बुधबार पिपलबोट विराटनगरमा र बिहीबार इटहरीमा सार्वजनिक गरेको छ ।

सार्वजनिक समारोहमा विराटनगर महानगरपालिका  उप–प्रमुख शिल्पा निराला कार्की, विराटनगर महा–नगरपालिका वडा नं ४ का अध्यक्ष जितेन थापा, मोरङ अटोमोबाइल डिलर एसोसिएसनका प्रतिनिधि, उद्योग संगठन मोरङका प्रतिनिधी, ट्राफिक प्रहरी कार्यलयका प्रतिनिधि, मोरङ व्यापार संघका प्रतिनिधि, विराट व्यापार संघका प्रतिनिधि, नाडाका केन्द्रिय उपाध्यक्ष्य, महिन्द्रा इलेक्ट्रिका सेल्स म्यानेजर अमित शाह, अग्नी एनेर्जीका तर्फबाट एजीएम प्रमोद भण्डारीलगायत अग्नि इनर्जीको पिपलचोक बिराटनगरका लागि बिक्रेता रोयल अटो ईन्टरप्राइजेसका प्रबन्ध निर्देशक किरण भट्टराई र इटहरी उद्घाटनमा भने नेपाल उद्योग वाणिज्य महासंघ (इटहरी)का अध्यक्ष भीम पौड्यालको प्रमुख अतिथिका रुपमा उपस्थित थियो ।

महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ । दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ सुरु भएको छ । महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ ।

सवारी साधन आयातमा लगाएको प्रतिबन्ध यथावत रहेपछि रोकियो नाडा अटो शो

सवारी साधन आयातमा लगाएको प्रतिबन्ध यथावत रहेपछि रोकियो नाडा अटो शो

काठमाडौं । सरकारले साउन १ गतेदेखि सवारी साधन आयातमा लगाएको प्रतिबन्ध यथावत राखेपछि नाडा भदौमा हुने नाडा अटो शो स्थगित भएको छ ।

साउन १ गतेदेखि सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटाउने आश्वासनअनुसार अटो शो को तयारी थालेको नाडाले प्रतिबन्ध लम्बिएसँगै अटो शो स्थगन गरेको हो ।

सरकारले १५० सीसी क्षमतामाथिका सवारी साधान आयातमा बन्देज लगाएपछि व्यापारीहरुले गाडी मेला स्थगित गरेका हुन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले ९नाडा० भदौमा आयोजना गर्ने गरी तयारी गरेको यस वर्षको ‘नाडा अटो शो–२०२२’ स्थगन गरेको छ । नाडा कार्यसमितिको आइतबार बसेको बैठकले अटो शो केही समयका लागि स्थगन गर्ने निर्णय गरेको हो ।

नाडाले आगामी भदौ ७ गतेदेखि १२ गतेसम्म काठमाडौँमा अटो शो आयोजना गर्ने तयारी गरेको थियो ।

देशमा विदेशी मुद्राको सञ्चितिमा कमी आएको भन्दै उद्योेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साउन १ गते राजपत्रमा सूचना प्रकाशन नै गरी १५० सीसी क्षमतामाथिका मोटरसाइकल तथा स्कुटर र चार पाङ्ग्रे सवारी साधन आयातको प्रतिबन्ध भदौ १४ गतेसम्म लम्ब्याएको छ ।

सरकारले प्रतिबन्ध लम्ब्याएसँगै नाडाले आयोजना गर्न लागेको अटो शो केही समयका लागि स्थगन गरिएको नाडाका अध्यक्ष ध्रुव थापाले बताउनुभयो ।

“सरकारले भदौ १४ गतेबाट सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटाए पनि हामीले दशैँ अगाडि अटो शो गर्न नसक्ने भयौं, अटो शो आयोजना गरेर मात्र हुँदैन, शोमा देखाउन गाडी ल्याउन सक्ने अवस्था नै नभएपछि हामीले अनिश्चित कालका लागि अटो शो स्थगनको निर्णय गरेका हौँ,” उहाँले भन्नुभयो ।

सवारी साधन आयातमा सहज हुँदा भारतबाट गाडी ल्याउन मात्र डेढ महिनालाग्ने तथा  अन्य देशबाट नेपालमा गाडी आयात गर्न तीन महिनाभन्दा बढी समय लाग्ने उहाँले बताउनुभयो ।

Mahindra unveils the All-New Scorpio-N in Nepal

Mahindra unveils the All-New Scorpio-N in Nepal

Kathmandu - Mahindra & Mahindra Ltd., pioneers of the SUV segment in Nepal, today unveiled its much-awaited SUV, the All-New Scorpio-N. Combining performance, technology, capability and innovation, the All-New Scorpio-N packs an immersive, cutting-edge driving experience while keeping alive the rich legacy of Mahindra’s Authentic SUV DNA.

The All-New Scorpio-N has been designed to redefine the D-segment SUV category with its dominating presence, head-turning design, commanding driving position and well-appointed, interiors. Moreover, making good on its Authentic SUV promise, it delivers high on performance and adventure capabilities for a thrilling driving experience.

The introduction of the All-New Scorpio-N also marks the unveiling of Mahindra’s new visual identity, with a brand-new logo to differentiate the company’s SUV portfolio. Characterized by the ‘Twin Peaks’ logo, this represents the bold new direction Mahindra has embarked on with new-age products that have been designed to deliver a new-age ownership experience.

Designed at Pininfarina, Italy and Mahindra India Design Studio (MIDS), Mumbai and engineered by the teams at Mahindra Research Valley (MRV) near Chennai and Mahindra North American Technical Center (MNATC) in USA, and manufactured at the state-of-the-art world-class facility at Chakan, Pune, the All-New Scorpio-N is truly a global product.

Speaking on the announcement, Veejay Nakra, President, Automotive Division, M&M Ltd. said, “We are happy to have simultaneously unveiled the all-new Scorpio-N in South Africa and Nepal alongside India. Scorpio-N is the first of the series of SUVs planned in Nepal in this year, also the first SUV that will carry the new twin peaks logo. The new brand identity is in tune with Mahindra’s focus to be the makers of sophisticated and authentic SUVs. It heralds a strategic shift across our SUV portfolio, where we are putting the building blocks in place for a new world with a range of authentic SUVs.”

Speaking at the launch, Cabinet Shrestha, MD, Agni Group, saidAgni Incorporated is proud of our association with Mahindra, which goes back over three decades, and are looking forward to delighting customers with the Scorpio’s new avatar. The Scorpio brand has established itself as an iconic brand in Nepal over the last two decades. It commands awe, respect and a presence that’s hard to beat. The All-New Scorpio-N promises to redefine the SUV-ownership experience in Nepal. We are proud to present the All-New Scorpio-N to Nepal, alongside the India launch.”

 

महिन्द्राको स्कर्पियो–एनको बिक्री शुरु

महिन्द्राको स्कर्पियो–एनको बिक्री शुरु

काठमाडौं । महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नेपालमा एसयुभी सेग्मेन्टको ‘अल–न्यू स्कर्पियो–एन’ को नेपाली बजारमा बिक्री शुरु गरेको छ ।

नयाँ मोडलले अत्याधुनिक ड्राइभिङ अनुभव प्याकेज प्रदान गर्ने कम्पनीले जनाएको छ । यसको डिजाइन, भित्री सजावट ‘डी–सेगमेन्ट’ एसयूभी श्रेणीका लागि तयार गरिएको पनि कम्पनीले जानकारी दिएको छ । 

सोमबार राजधानीमा आयोजित सार्वजनिक कार्यक्रममा एम एन्ड एम लिमिटेड, अटोमोटिभ डिभिजनका अध्यक्ष विजय नाकराले भारतसँगै दक्षिण अफ्रिका र नेपालमा एकैसाथ अनावरण गरिएको अल–न्यू स्कर्पियो–एन यसवर्ष नेपालमा ल्याउने योजना बनाइएको एसयूभीको श्रृङ्खलामध्ये पहिलो भएको बताउनुभयो ।

अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले स्कर्पियो ब्राण्ड गत दुई दशकमा नेपालमा प्रतिष्ठित ब्राण्डको रुपमा स्थापित भएकोले नयाँ मोडलले अनुभवलाई पुन: परिभाषित गर्ने प्रतिज्ञा गरेको बताउनुभयो ।

 फेरी बढ्यो सार्वजनिक यातायातको भाडा

फेरी बढ्यो सार्वजनिक यातायातको भाडा



काठमाडौँ । सार्वजनिक यातायातको भाडा बढेको छ । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सोमबारदेखि लागू हुनेगरी गाडी भाडा बढाएको हो । 

विभागले अन्तरप्रदेश यात्रुवाहक तथा मालवाहक गाडीमा अधिकतम ७ दशमलव ७ प्रतिशतसम्म भाडा बढाएको हो ।

यात्रुवाहक सार्वजनिक सवारीसाधनमा ५ दशमलव ३० प्रतिशतले भाडा बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६ दशमलव ९४ तथा तराईको बाटोमा चल्ने मालवाहक सवारीमा ७.७ प्रतिशतले भाडा वृद्धि गरेको छ । स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत् रहने विभागले जनाएको छ । 

नेपाल आयल निगमले आइतबार राति पेट्रोल लिटरको २१ रुपियाँ र डिजल २७ रुपियाँ बढाएसँगै स्वचालित रूपमा सवारीसाधनको भाडा पनि बढेको हो । मूल्य बढेसँगै पेट्रोल १९९ रुपियाँ लिटर र डिजेल प्रतिलिटर १९२ रुपियाँ पुगेको छ । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य लगातार बढेसँगै सवारीसाधनको भाडा पनि बढ्दै गएको हो । 

बढेको भाडा दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने राष्ट्रिय रुटमा लागू हुनेछ । स्थानीय रुटमा सञ्चालन हुने रुटका लागि प्रदेश सरकारले निर्णय गर्नुपर्छ । 

इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रूपमा बढ्ने वा घट्ने हुन्छ ।

 सवारीसाधनमा अन्त:शुल्क र भन्सार महशुल बृद्धिले व्यवसाय बन्द गर्नुपर्ने अवस्था आयो: नाडा

सवारीसाधनमा अन्त:शुल्क र भन्सार महशुल बृद्धिले व्यवसाय बन्द गर्नुपर्ने अवस्था आयो: नाडा

काठमाडौं । नाडा अटोमोबाइलस् एसोसिएसन नेपालले पेट्रोलिम पदार्थबाट चल्ने तथा विद्युतीय सवारीसाधनमा अन्त:शुल्क र भन्सार महशुलमा भारी बृद्धिले व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको बताएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा आफ्नो धारणा प्रस्तुत गर्दै व्यवसाय सञ्चालन गर्न कठिन हुने बताएका हो ।

‘सरकारले आयात प्रतिस्थापन गर्ने मुख्य साधनको रुपमा उद्योग स्थापना र उत्पादनलाई उच्च प्राथमिकता दिने उद्देश्य अनुरुप सवारी साधन एसेम्बल उद्योगलगायत इलेक्ट्रीक रिक्सा, मोटरसाइकल र स्कूटर उत्पादनमा लाग्ने पार्टपुर्जा वा कच्चा पदार्थहरुमा १ प्रतिशत मात्र भन्सार महशुल लाग्ने जुन नीति ल्याएको छ, त्यो ज्यादै सराहनीय छ’ नाडाले विज्ञप्ती मार्फत भनेको छ ।

बजेटले १०० किलोवाट क्षमता भन्दा बढीका विद्युतिय सवारी साधन तथा २०० सिसि भन्दा माथिका कम्बसन इन्जिन भएका मोटरसाइकलहरुमा जुन किसिमले अन्त:शुल्क तथा भन्सार महशुलमा बृद्धि गरिएकोमा नाडाले अपत्ति जनाएको छ ।

‘उच्च किलोवाट क्षमता भएका विद्युतिय तथा कम्बसन इन्जिन भएका सवारी साधन व्यवसायीहरुलाई आफनो व्यवसाय सञ्चालन गर्न कठीन मात्र हुने नभई आफनो व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था आउने देखिएकोले यसमा लाग्ने महशुलमा केही सुधारको आवश्यकता देखिन्छ’ नाडाले भन्यो ।

त्यसैगरी, यस बजेटले सवारी साधन खरिद गर्न चाहनेहरुले मात्र अनिवार्य रुपमा प्यान कार्ड लिएको हुनु पर्ने व्यवस्था गरेको छ । यस्तो व्यवस्था सवारी साधन खरिद गर्न चाहनेहरुका लागि मात्र गरिनु न्यायोचित नदेखिने नाडाको भनाइ छ ।

 Indian brand Odyssey's electric motorcycle and scooter in the Nepalese market, urging total lyrical ghissing to use electric vehicle

Indian brand Odyssey's electric motorcycle and scooter in the Nepalese market, urging total lyrical ghissing to use electric vehicle

Kathmandu. Sales distribution of Indian popular brand Odyssey products for electric motorcycle and scooter production has begun in the Nepalese market.

Inaugurating electric motorcycles and scooters at Sorum in Knoxal, the capital of Nepal Electricity Authority, Kulman Ghissing urged everyone to consume energy inside Nepal and use electric vehicle equipment to make Nepal self-sufficient.

He said he was meant to arrange charging stations everywhere for electric vehicle operations, saying electric vehicle use should not be delayed.

Brand E Go Automotive for Nepal has launched sales distribution in the Nepalese market. India's OHM company has been producing electric motorcycles and scooters for Odyssey.

OHM and Odyssey founder Karankara Reddy said electric motorcycles and scooters - which have succeeded in winning the consumer's mind in the Indian market - are also expected to win the consumer's mind in the Nepalese market.

 He explained that the Nepalese market had expanded in collaboration with Brand E Go Automotive for Nepal. The Brand for Nepal has been in operation since Friday in front of the Meriat Hotel in Sorum Knoxal, the official brand of E Go Automotive.

Lakshman Ramaji, the operator of Brand E Go Automotive, which will deliver sales of attractive models of motorcycles, scooters and bicycles from Sorum, said it was not the case. Ramaji, the company's operator, said the equivalent of Rs 40 on the motorcycle and scooter of Brand E Go Automotive could pass 80 miles.

The scooters have features including lighting LED headlights, rear-disk breakwater proofing, blue tooth, ki-less intry, search mode, sensor control systems and fallower indication systems. 

The company has indicated that the Failure Indication System will show the scooter's motor, brake and speed controller on a display that has had problems. As our products are sporty, casual and stylish, we are confident that our products will be in the choice of all-consuming consumers. Compared to these motorcycles and scooter power, perfumes, fitchers and price competitive brands, Abble and parts used in it have been briefed by Karankara Reddy, the founder of a company that has been used by the world's top company.











भारतीय ब्राण्ड ओडिसीका इलेक्ट्रिक मोटरसाइकल र स्कुटर नेपाली बजारमा

भारतीय ब्राण्ड ओडिसीका इलेक्ट्रिक मोटरसाइकल र स्कुटर नेपाली बजारमा

काठमाडौं । इलेक्ट्रिक मोटरसाइकल र स्कुटर उत्पादनका लागि भारतीय चर्चित ब्राण्ड ओडिसीका उत्पादनहरु नेपाली बजारमा बिक्री वितरण शुरु भएको छ ।

इलेक्ट्रिक मोटरसाइकल र स्कुटरको राजधानीको नक्सालस्थित सोरुममा उद्घाटन गर्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल भित्रै इनर्जीको खपत गर्न र नेपाललाई आत्मनिर्भर बनाउन विद्युतीय सवारी साधनको प्रयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
विद्युतीय सवारी साधान प्रयोगमा ढिलाई गर्न नहुने भन्दै उहाँले विद्युतीय सवारी साधन सञ्चालनका लागि सबै ठाउँमा चार्जिङ स्टेशनको व्यवस्था गर्न लागिएको बताउनुभयो ।
नेपालका लागि ब्राण्ड इ गो अटोमोटिभले उक्त उत्पादनहरु नेपाली बजारमा बिक्री वितरण शुरु गरेको छ । भारतकै ओएचएम नामक कम्पनीले ओडिसीका लागि इलेक्ट्रिक मोटरसाइकल र स्कुटर उत्पादन गर्दै आएको छ ।
भारतीय बजारमा उपभोक्ताको मन जित्न सफल इलेक्ट्रिक मोटरसाइकल र स्कुटरहरुले नेपाली बजारमा पनि उपभोक्ताको मन जित्ने अपेक्षा रहेको ओएचएम र ओडिसीका संस्थापक करनाकर रेड्डीले बताउनुभयो । नेपालका लागि ब्राण्ड इ गो अटोमोटिभसँगको सहकार्यमा नेपाली बजारमा विस्तार गरिएको उहाँले बताउनुभयो । नेपालका लागि ब्राण्ड इ गो अटोमोटिभको ब्राण्डमा आधिकारीक सोरुम नक्सालस्थित मेरिअट होटलको अगाडि शुक्रबारदेखि सञ्चालनमा आएको हो ।
यो सोरुमबाट मोटरसाइकल, स्कुटर र साइकलका आकर्षक मोडेलहरुको बिक्री वितरण हुने ब्राण्ड इ गो अटोमोटिभका सञ्चालक लक्ष्मण रायमाझीले बताउनुभयो । ब्राण्ड इ गो अटोमोटिभका मोटरसाइकल र स्कुटरमा ४० रुपियाँ बराबरको विद्युतले ८० किलोमिटर गुड्न सक्ने कम्पनीका सञ्चालक रायमाझीले बताउनुभयो ।
यी स्कुटरमा वातावरणअनुसार उज्यालो दिने एलइडी हेडलाइट, रेयर–डिस्क ब्रेकवाटर प्रुफिङ, ब्लू टूथ, कि–लेस इन्ट्री, सर्च मोड, सेन्सर कन्ट्रोल सिस्टम र फेलियर इन्डिकेसन सिस्टमलगायत विशेषता छन् । फेलियर इन्डिकेसन सिस्टमले स्कुटरको मोटर, ब्रेक र स्पिड कन्ट्रोलरमा समस्या आए डिस्प्लेमा देखाउने कम्पनीले जनाएको छ । हाम्रा उत्पादनहरु स्पोर्टी, क्याजुअल र स्टाइलिस भएकाले सबै खाले उपभोक्ताको रोजाइमा हाम्रा उत्पादनहरु पर्नेमा हामी विश्वस्त छौं । यी मोटरसाइकल तथा स्कुटर पावर, पर्फमेन्स, फिचर्स र मूल्य प्रतिस्पर्धी ब्राण्डको तुलनामा अब्बल तथा यसमा प्रयोग भएका पार्ट्स संसारकै उत्कृष्ट कम्पनीको प्रयोग गरिएको कम्पनीका संस्थापक करनाकर रेड्डीले जानकारी दिनुभएको छ ।











कोरोना संक्रमण असर कम हुँदै गएपछि पुनरकर्जाको ब्याजदर बढ्यो

कोरोना संक्रमण असर कम हुँदै गएपछि पुनरकर्जाको ब्याजदर बढ्यो

काठमाडौँ । मुलुकमा कोरोना संक्रमणको दुई वर्षदेखिको असर कम हुँदै गएपछि कोरोना प्रभावितहरुलाई दिइदै आएको पुनरकर्जाको ब्याजदर दुई प्रतिशतले बढाएको छ ।

करोना संक्रमणले मुलुकको उद्योग व्यवसायदेखि समग्र अर्थतन्त्रलाई माथि उठाउनका लागि राष्ट्र बैंकले पुनरकर्जाको व्यवस्था गरेको थियो ।

मौद्रिक नीतिको मध्यावधी समीक्षामा पुनरकर्जाको ब्याजदर बढाउने घोषणा गरेको थियो । राष्ट्र बैंकले मङ्गलबार पुनरकर्जा कार्यविधि २०७८ को चौथो शंसोधनमार्फत यस अगाडि पाँच प्रतिशत रहेको यस्तो ब्याजदरलाई सात प्रतिशत कायम गरेको छ ।

बैंकका ग्राहकहरुले लघु, घरेलु तथा साना उद्यम पुनरकर्जामा सात प्रतिशत, विशेष पुनरकर्जामा पाँच प्रतिशत र साधारण पुनरकर्जा अन्तरगत सात प्रतिशत ब्याज लिन पाउने भएका छन् । यता बैंकहरुले भने राष्ट्र बैंकमार्फत् क्रमश: चार प्रतिशत, दुई प्रतिशत र पाँच प्रतिशत ब्याजदरमा पुनरकर्जा पाउनेछन् ।

एकमुष्ट रुपमा प्रदान गरिने पुनरकर्जाको अवधि बढीमा एक वर्षको हुनेछ र यस्तो कर्जा नवीकरण हुने नहुने राष्ट्र बैंकले जनाएको छ ।

ग्राहक ऋणी अनुसार प्रदान गरिने पुनरकर्जाको हकमा कोभिड–१९ बाट अति प्रभावित भनी बैंकले तोकेका क्षेत्रका ग्राहक ऋणीको लागि, लिक्विड अक्सिजन प्लाण्ट तथा अक्सिजन प्लाण्ट स्थापना गर्न स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई बढीमा एक वर्ष र मध्यम तथा न्यून प्रभावित क्षेत्र भनी बैंकले तोकेका ग्राहक ऋणीको लागि छ महिना अवधिको हुने कार्यविधिमा उल्लेख छ ।

यस्तै निजी क्षेत्रबाट सञ्चालन भएका आर्थिक रुपले संकटग्रस्त जलबिद्युत आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका दश मेगावाट भन्दा साना जलबिद्युत् आयोजनालाई तथा नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न बढीमा एक वर्ष र मध्यम तथा न्यून प्रभावित क्षेत्र भनी बैंकले तोकेका ग्राहक ऋणीको लागि छ महिना अवधिको हुने कार्यविधिमा उल्लेख छ ।

राष्ट्र बैंक ऐन, २०५८ ले तोकेको व्यवस्थानुसार बैंकले यस्तो पुनरकर्जा नवीकरण गर्न सक्नेछन् ।  बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने प्रति ग्राहक पुनरकर्जाको अधिकतम सीमा पाँच करोड रुपियाँको हुने कार्यविधिमा उल्लेख छ । यसरी एकमुष्ट प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिनेरकमको ७० प्रतिशतभन्दा बढी नहुने व्यवस्था छ ।

बैंकले ग्राहक अनुसार मूल्याङ्कन गरी उपलव्ध गराउने पुनरकर्जाको प्रति ग्राहक अधिकतम सीमा २० करोड रुपियाँसम्म हुनेछ । तर, स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट स्थापना गर्न तथा नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न प्रदान गरिने कर्जाको हकमा प्रति ग्राहक ऋणी ५० करोड रुपियाँसम्म पुनरकर्जा प्रदान गर्न यस व्यवस्थाले बाधा पुगेको नमानिने कार्यविधिमा उल्लेख छ ।

यसरी ग्राहक अनुसार प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी नहुने कार्यविधिमा उल्लेख छ ।

पुनरकर्जा के हो ?

बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको सुरक्षणमा राष्ट्र बैंकबाट उपलब्ध गराइने कर्जा नै पुनरकर्जा हो । एक व्यक्ति वा व्यवसायले ब्याज दर, भुक्तानी तालिका र अघिल्लो क्रेडिट सम्झौताको सर्तहरू संशोधन गर्न लिइने कर्जालाई नै पुनरकर्जा भनिन्छ ।

नाडा अध्यक्षमा १४ सय १३ मत ल्याएर ध्रुब थापा विजयी

नाडा अध्यक्षमा १४ सय १३ मत ल्याएर ध्रुब थापा विजयी

काठमाडौं । अटोमोबाइल्स व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको  अध्यक्षमा ध्रुब थापा निर्वाचित हुनुभएको छ । थापाले १४ सय १३ मत पाएर अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी करण चौधरीले १३ सय ४७ मत पाउनुभएको थियो ।

नाडाको यो पटकको चुनावमा थापा र चौधरीले प्यानल नै बनाएर मत माग्नुभएको थियो । चौधरी हारेपनि उहाँको प्यानलका १२ जना विजयी भएका छन् भने थापाको प्यानलबाट पाँच जना निर्वाचित भएका छन् ।

चौधरी पक्षबाट राजनबाबु श्रेष्ठ, सुनिल रिजाल, सुरेन्द्रकुमार उप्रेती, अनुपकुमार बराल, मिलनबाबु मल्ल, अभिक ज्योति, प्रकाश कपुरी, विक्रम सिंहानिया, वरदान बस्नेत, निलमणि पाठक, पंकज अग्रवाल र गोपाल भट्टराई निर्वाचित भएका छन् ।

थापा पक्षबाट निराकार श्रेष्ठ, आकाश गोल्छा, कपिल शिवाकोटी, प्रदीपमान प्रधान र यमुना श्रेष्ठ निर्वाचित भएका छन् । यो पटक दुबै समूहले प्यानल बनाएर १७/१७ पदमा उम्मेदवारी दिएका थिए ।

संघीय संरचना अनुसार नाडाको संरचना विस्तार गर्दा यो पटक २२ सय नयाँ सदस्य थपिएका थिए । कतिपयले नाडाको यो पटकको चुनावलाई एफएनसीसीआईर्को  मिनी इलेक्सन’को रूपमा समेत टिप्पणी गरेका थिए ।

 नेपालमै सवारीसाधन उत्पादन गर्न स्थिर नीतिगत व्यवस्था हुनुपर्ने

नेपालमै सवारीसाधन उत्पादन गर्न स्थिर नीतिगत व्यवस्था हुनुपर्ने

काठमाडौं । अटोमोबाइल व्यवसायीहरुले नेपालमै सवारीसाधन उत्पादन गर्न स्थिर नीतिगत व्यवस्था हुनुपर्नेमा जोड दिएका छन् । नीतिगत अस्थिरताको कारण नेपालमा चारपाङ्ग्रे गाडीको एसेम्बल गर्ने वा नगर्ने अन्यौलमा रहेको व्यवसायीहरुको गुुनासो थियो ।

अटोमोबाइल्स व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको बुधबार राजधानीमा आयोजित ४५ औं वार्षिक साधारणसभाको उद्घाटन समारोहमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले स्थिर नीति आए नेपालमै सवारीसाधन उत्पादन गरी उद्योग स्थापना गर्न सकिने भन्दै व्यवसायीहरु यतिबेला सरकारकै मुख हेरेर बसिरहको बताउनुुभयो ।  अटोमोबाइल्स कम्पनीहरु उद्योग स्थापना गर्न तयार रहेको भन्दै उहाँले सरकारले नीतिगत रुपमा स्पष्ट र स्थिर हुनुपर्नेमा जोड दिनुुभयो । सरकारले सहजीकरण गरे नेपालमै गाडी उत्पादन गरेर व्यापार घाटालाई कम गर्न सकिने उहाँको भनाई थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले नीतिगत व्यवस्था गर्नु भन्दा पहिले सरोकारवाला निकायसँग छलफल गर्दा कार्यान्वयनमा सहज हुने बताउनुुभयो । पछिल्लो समय नेपालमा दुईपाङ्ग्रे सवारीसाधनको एसेम्बल हुन लागेकोमा उहाँले खुशी व्यक्त गर्नुुभयो ।

अब नेपालमा गाडी उत्पादनको लागि पनि सरकारले सहयोग गर्नुपर्ने बताउँदै उहाँले नेपालमै उद्योग स्थापना हुँदा रोजगारी र विद्युत् खपत बढ्ने बताउनुुभयो ।

नाडाका उपाध्यक्ष करण चौधरीले अटोव्यवसायीलाई सहयोग गर्न सरकारसँग आग्रह गर्दै अटो उद्योग स्थापना गर्ने कुरा सकारात्मक भए पनि तत्काल सरकारले नीतिगत रुपमा स्पष्ट नभइ नसकिने बताउनुुभयो ।

नाडाले साधारणसभापछि नेतृत्वका लागि बिहीबार निर्वाचन पनि गर्दैछ । आसन्न निर्वाचनका लागि दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् । आगामी नेतृत्वका लागि ध्रुव थापा र करण चौधरी नेतृत्वका लागि आ–आफ्नो प्यानल सार्वजनिक गरेर चुनावी मैदानमा हुुनुुहुुन्छ ।

मुलुकमै उत्पादित बिजुली खपत तथा वातावरण प्रदूषणलाई समेत न्यूनीकरण गर्न अब पेट्रोल पम्पहरूलाई चार्जिङ स्टेशनका रूपमा बदल्नुपर्छ

मुलुकमै उत्पादित बिजुली खपत तथा वातावरण प्रदूषणलाई समेत न्यूनीकरण गर्न अब पेट्रोल पम्पहरूलाई चार्जिङ स्टेशनका रूपमा बदल्नुपर्छ

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अब पेट्रोल पम्पहरूलाई चार्जिङ स्टेशनका रूपमा बदल्नुपर्ने बताउनुभएको छ । मुलुकमै उत्पादित बिजुली खपत तथा वातावरण प्रदूषणलाई समेत न्यूनीकरण गर्न पनि इलेक्ट्रिक सवारी साधनको उपयोग बृद्धि गर्नुपर्नेमा उहाँको जोड थियो ।

अटोमोबाइल्स व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको बुधबार राजधानीमा आयोजित ४५ औं वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले 

भन्नुभयो – ‘अब बिस्तारै पेट्रोल पम्पहरूलाई चार्जिङ स्टेशनमा बदल्नुपर्छ । यस किसिमको प्रविधि पनि आइसकेको छ । यसो गर्दा नै हामी सबैको भलो हुनेछ ।’

अटोमोबाइल्स क्षेत्रले राजस्वमा पुर्‍याइरहेको योगदान औद्योगिक क्षेत्रमा रूपान्तरण गरी फरक तरिकाले थप योगदान गर्न व्यवसायीहरूलाई उहाँले आग्रह गर्नुभयो ।

नेपालमै गाडी उत्पादन गर्ने उद्योग स्थापना गरी भन्सारमा आधारीत राजस्व योगदानलाई परिवर्तन गर्न उहाँले आग्रह गर्नुभयो ।

अहिले अटोमोबाइल्स क्षेत्रले पुुर्‍याउँदै आएको २५ प्रतिशत राजस्वको योगदानलाई घटाएर अरू फरक किसिमले ५० प्रतिशत योगदान पुर्‍याउन व्यवसायीहरुलाई आग्रह गर्दै उहाँले भन्नुुभयो – ‘आजको दिनमा जहाँ पनि प्रविधि पुर्‍याउन सकिन्छ । जनशक्ति, जमिनलगायत बजार पनि हामीसँग छ । त्यसैले नेपालमै तपाईँहरूले उत्पादन कार्य किन प्रारम्भ नगर्ने ?’

उत्पादनका लागि विद्युतमा उपलब्ध गराउनुपर्ने सहुलियत, जग्गा व्यवस्थापन, श्रम गर्दा निरन्तर उद्योग चलाउने वातावरणको ग्यारेन्टीलगायतका सरकारले उपलब्ध गराउनुपर्ने सेवाहरूको व्यवस्था गर्ने प्रतिवद्घता समेत मन्त्री शर्माले व्यक्त गर्नुभयो ।

आयातमा प्रतिबन्ध नभई स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिंदै उहाँले स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउने नीतिको आवश्यकता औंल्याउँदै भन्नुुभयो – ‘आयातलाई प्रतिबन्ध लगाउनुपर्छ म भन्दिनँ । आजको जमानामा यो सम्भव पनि छैन ।’ विभिन्न अन्तर्राष्ट्रिय कानुन तथा सन्धीहरूकै कारण पनि प्रतिबन्ध लगाउन सम्भव नहुने भन्दै उहाँले भन्नुुभयो – ‘स्वदेशी उत्पादनलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाएर लैजान सकिन्छ । प्रतिबन्ध सम्भव छैन । तर एउटा कुरा सम्भव छ, स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन सकिन्छ, सक्नुपर्छ ।’ यसमा सरकार र व्यवसायी सबैको ध्यान जानुपर्नेमा उहाँले जोड दिनुभयो ।

अर्थमन्त्री शर्माले सबै कुरामा प्रतिस्पर्धा गर्न नसके पनि केही विशेष वस्तुहरू छनोट गरेर प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिंदै खाद्यान्न, उद्योग साथै अन्य विभिन्न क्षेत्र छनोट गरी तिनका विशेष उत्पादनमा आत्मनिर्भर तथा प्रतिस्पर्धी बनाउनुपर्ने बताउनुभयो । त्यसका लागि परम्परागत नीतिलाई समायानुकूल परिवर्तन गर्नुपर्ने र त्यो सम्भव रहेको पनि उहाँले बताउनुभयो ।

अटोमोबाइल्समा गाडी उत्पादन मात्र नभएर धेरै किसिमका उद्योगहरूको सम्भावना रहेकोतर्फ औंल्याउँदै अर्थमन्त्री शर्माले अटोभित्र टायर, लुब्रिकेन्ट्स, ब्याट्रीलगायतका उद्योगको सम्भावनातर्फ व्यवसायीहरुको ध्यानाकर्षण गराउनुुभयो । यस्ता उद्योगहरू स्थापना गरी आत्मनिर्भर हुन बनाउनुपर्ने नीति तथा आवश्यक सुधारका लागि सुझाव दिन समेत मन्त्री शर्माले अटो मोबाइल्स व्यवसायीसँग उहाँले आग्रह गर्नुभयो ।

चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर २.७ प्रतिशत : विश्व बैंक

चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर २.७ प्रतिशत : विश्व बैंक

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर २.७ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपणले देखाएको छ ।

कोरोना भाइरसपछिको दक्षिण एशियाको अर्थतन्त्र सुधारको गतिमा भएपनि निकै उतारचढावपूर्ण रहेको विश्व बैंकले जनाएको छ ।

कोरोना महामारीपछि दक्षिण एशियाको आर्थिक बृद्धिदर सन् २०२१ मा ७.२ प्रतिशत र सन् २०२२ मा ४.४ प्रतिशत रहने प्रक्षेपण गरेको छ । सन २०२०–२१ मा दक्षिण एशियाको आर्थिक बृद्धिदर ५.४ प्रतिशतले नकारात्मक रहेको विश्व बैंकले जनाएको छ।

सन् २०२०–२१ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने प्रक्षेपण गरेको विश्व बैंकले भारतको भने १०.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । महामारीका कारण सन् २०२० अर्थात आर्थिक वर्ष २०७६ र ७७ मा नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशतले नकारात्मक रहेको थियो ।

विश्व बैंकले प्रकाशन गरेको साउथ एशिया फोकस अनुसार सन् २०२१–२२ दक्षिण एशियाको आर्थिक वृद्धिदर १० प्रतिशतले बढ्ने अनुमान छ । दक्षिण एशियाली मुलुकहरुले स्वास्थय क्षेत्रमा कुल ग्राहस्थ उत्पादनको २ प्रतिशत पनि खर्च नगरेको जनाएको छ ।

पछिल्लो समयमा कोरोनाको खोप लगाउन सुरु भएपछि केही सुधार आएको भएपनि नयाँ पुस्तालाई उत्साहित र सक्षम बनाउनका लागि सक्दो धेरै लगानी गर्नुपर्ने विश्व बैंकले जनाएको छ । त्यसका साथै दक्षिण एशियाली मुलुकहरुले भान्साहरुमा केही खुकुलो नीति अबलम्बन गरेर खाद्यन्नको मूल्य वृद्धि नियन्त्रण पर्ने समेत बैंकले सुझाएको छ ।

Datsun launches the all-new redi-GO in Nepal

Datsun launches the all-new redi-GO in Nepal

Katmandu / Datsun announced the launch of the new redi-GO in Nepal today. The new redi-GO takes its sporty and progressive styling to an all-new level with its bold stance and premium and feature-rich proposition.

The hatchback’s sleek and bold look is defined by its distinctive fascia with full chrome surround. New first-in-class features that add to the visual appeal include L-shape DRLs, sleek headlamps with silver decoration, LED fog lamps, 14” wheels with Pentablade Dual Tone Wheel cover, LED signature tail-lamps, and Door trim with fabric.

Commenting on the launch, Sinan OZKOK| President Nissan India Operations,said, “With the new Datsun redi-GO, we have introduced a high-quality product with a strong value proposition. Built with Japanese technology, the new redi-GO offers segment-leading technological features that cater to growing ambitions of the young customers. We aim to enhance the value propositions of Datsun products in line with our mission of enabling progressive mobility.”

The hatchback offers a segment-leading ground clearance of 187mm and class-leading rear knee room comfort (equivalent to a compact sedan). The new redi-GO also offers a best-in-class approach and departure angle for a confident drive experience on Nepal roads.

The new redi-GO is equipped with a host of best-in-class features such as an 8” touchscreen advanced infotainment system with voice recognition, compatible with Android Auto and Apple CarPlay. Onboard is also a dual-tone instrument panel with a premium brushed gunmetal finish.

The car is equipped with segment-leading safety features including a strong crash-resistant body structure that protects passengers from frontal offset impact, side impact, Pedestrian protection compliant, Rear Seat belt with Retractive function, dual airbags and a rearview camera with Projection guide.

The new redi-GO top end variant with 1.0L manual transmission will be available during this festive season. The other variants 0.8L Manual Transmission variants D, A, T & T(O) plus the 1.0L Smart Drive Auto (AMT) T(O) will be launched soon.

The new redi-GO retails in six colour option with two new colours; Sandstone Brown (New); Vivid Blue (New); Blade Silver; Bronze Grey; Opal White; and Fire Red. Datsun is also providing a one year/20,000 km standard warranty that can be extended for up to threeyears/30,000 km at no extra cost during the introductory period. Buyers will also receive a free roadside assistance subscription for 1 year. The roadside assistance services can be availed in Kathmandu.

SML ISUZU Introduces new Special Saving package for its customers

SML ISUZU Introduces new Special Saving package for its customers

Kathmandu / As the times are difficult, today’s saving will help us to secure our coming days. Understanding the needs of this difficult time to save, Laxmi Commercial Vehicles’ SML ISUZU has introduced a new special saving package for its customers. With this special package customers will have the opportunity to save prior to their earning.

SML ISUZU will be offering 100% discount on the EMI Payment of first6 months of the auto loan for the commercial vehicle to the customers under this offer. The discount will be applicable only to the models financed through the banks affiliated to thispackage.Through this package, customers will be able to save prior to the income generated from the commercial vehicle they have purchased. Along with this, customers will also get free 1 year insurance, 1 year road tax, Easy Financing, spot exchange and 3 year warranty in this package.SML ISUZU is committed to providing 100% services to its customers.

Laxmi Commercial Vehicles Pvt. Ltd. has alreadyintroduced different models of School buses, Commercial / Private Buses, Trucks and Tippers which is already accepted and preferred by customers and is best for Nepalese road conditions. The vehicle line up consists of S7 series Buses, Standard Buses, Executive LX Coaches( AC Buses), eco MAX – Mini Buses, Samrat& Super series - Trucks & Tippers and Sartaj 4WD.

Laxmi Group is a well-established Manufacturing and Trading House with various companies under its name. In order to create a distinct identity in the automobile sector, it started the Automotive Division several years ago and Laxmi Commercial Vehicles Pvt. Ltd. falls under this division.

SML ISUZU is a joint venture between Japanese multi-national Sumitomo Corporation and Isuzu Motors. It has over 33 Years of experience in producing Light & Medium commercial vehicles to meet the customer needs. SML ISUZU aims at breaking new ground not only in terms of product and production technology, but also in building a new culture and value system in the organization, which enables it to move forward with confidence into the era of competitive markets.