महिन्द्राको स्कर्पियो–एनको बिक्री शुरु

काठमाडौं । महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नेपालमा एसयुभी सेग्मेन्टको ‘अल–न्यू स्कर्पियो–एन’ को नेपाली बजारमा बिक्री शुरु गरेको छ ।

नयाँ मोडलले अत्याधुनिक ड्राइभिङ अनुभव प्याकेज प्रदान गर्ने कम्पनीले जनाएको छ । यसको डिजाइन, भित्री सजावट ‘डी–सेगमेन्ट’ एसयूभी श्रेणीका लागि तयार गरिएको पनि कम्पनीले जानकारी दिएको छ । 

सोमबार राजधानीमा आयोजित सार्वजनिक कार्यक्रममा एम एन्ड एम लिमिटेड, अटोमोटिभ डिभिजनका अध्यक्ष विजय नाकराले भारतसँगै दक्षिण अफ्रिका र नेपालमा एकैसाथ अनावरण गरिएको अल–न्यू स्कर्पियो–एन यसवर्ष नेपालमा ल्याउने योजना बनाइएको एसयूभीको श्रृङ्खलामध्ये पहिलो भएको बताउनुभयो ।

अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले स्कर्पियो ब्राण्ड गत दुई दशकमा नेपालमा प्रतिष्ठित ब्राण्डको रुपमा स्थापित भएकोले नयाँ मोडलले अनुभवलाई पुन: परिभाषित गर्ने प्रतिज्ञा गरेको बताउनुभयो ।


SHARE THIS