स्याङजाको वद्खोलामा टिभिएसको नयाँ सोरुम

काठमाडौँ । नेपालमा टिभिएस टू ब्हिलरको वितरक जगदम्बा मोटर्सले स्याङजाको वद्खोलामा पूर्ण सुविधा सहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । ग्राहकहरुलाई टिभिएस मोटरसाइकल  तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पाट्र्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ नयाँ सोरुम सञ्चालनमा ल्याइएको हो ।

नयाँ शोरुममा बोल्दै बतास इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष राजेश शर्माले टिभिएस ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्नसधैं प्रयासरत रहेको बताउनुभयो । ग्राहकहरूलाई थप प्रभावकारी र छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधाहरू थपिएको उहाँको भनाई छ । टिभिएसले निरन्तर रूपमा आफ्ना ग्राहकहरूको सुविधा र गुणस्तरीय सेवा मा ध्यान दिइरहेको उहाँले बताउनुभयो ।

कार्यक्रम स्याङका जिल्लाका प्रमूख जिल्ला अधिकारी राजु पौडेलको प्रमूख आतिथ्यतामा सञ्चालन भएको थियो । त्यसक्रममा स्याङजा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजिव वहादुर वस्नेत, प्रहरी उपरिक्षक रविन्द्र खनाल, ससस्त्र प्रहरी नायव उपरिक्षक राजेशलाल श्रेष्ठ, पुतली बजार नगरपालिका वडा र्न ३ र ४ का वडा अध्यष लगायतको अपस्थिती रहेको थियो ।


SHARE THIS