बिराटनगर र इटहरीमा गुड्ने भयो महिन्द्राको इलेक्ट्रिक थ्री–ह्विलर अटो “ट्रियो”

इटहरी । महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर बुधबार पिपलबोट विराटनगरमा र बिहीबार इटहरीमा सार्वजनिक गरेको छ ।

सार्वजनिक समारोहमा विराटनगर महानगरपालिका  उप–प्रमुख शिल्पा निराला कार्की, विराटनगर महा–नगरपालिका वडा नं ४ का अध्यक्ष जितेन थापा, मोरङ अटोमोबाइल डिलर एसोसिएसनका प्रतिनिधि, उद्योग संगठन मोरङका प्रतिनिधी, ट्राफिक प्रहरी कार्यलयका प्रतिनिधि, मोरङ व्यापार संघका प्रतिनिधि, विराट व्यापार संघका प्रतिनिधि, नाडाका केन्द्रिय उपाध्यक्ष्य, महिन्द्रा इलेक्ट्रिका सेल्स म्यानेजर अमित शाह, अग्नी एनेर्जीका तर्फबाट एजीएम प्रमोद भण्डारीलगायत अग्नि इनर्जीको पिपलचोक बिराटनगरका लागि बिक्रेता रोयल अटो ईन्टरप्राइजेसका प्रबन्ध निर्देशक किरण भट्टराई र इटहरी उद्घाटनमा भने नेपाल उद्योग वाणिज्य महासंघ (इटहरी)का अध्यक्ष भीम पौड्यालको प्रमुख अतिथिका रुपमा उपस्थित थियो ।

महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ । दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ सुरु भएको छ । महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ ।


SHARE THIS