नाडा अध्यक्षमा १४ सय १३ मत ल्याएर ध्रुब थापा विजयी

काठमाडौं । अटोमोबाइल्स व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको  अध्यक्षमा ध्रुब थापा निर्वाचित हुनुभएको छ । थापाले १४ सय १३ मत पाएर अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी करण चौधरीले १३ सय ४७ मत पाउनुभएको थियो ।

नाडाको यो पटकको चुनावमा थापा र चौधरीले प्यानल नै बनाएर मत माग्नुभएको थियो । चौधरी हारेपनि उहाँको प्यानलका १२ जना विजयी भएका छन् भने थापाको प्यानलबाट पाँच जना निर्वाचित भएका छन् ।

चौधरी पक्षबाट राजनबाबु श्रेष्ठ, सुनिल रिजाल, सुरेन्द्रकुमार उप्रेती, अनुपकुमार बराल, मिलनबाबु मल्ल, अभिक ज्योति, प्रकाश कपुरी, विक्रम सिंहानिया, वरदान बस्नेत, निलमणि पाठक, पंकज अग्रवाल र गोपाल भट्टराई निर्वाचित भएका छन् ।

थापा पक्षबाट निराकार श्रेष्ठ, आकाश गोल्छा, कपिल शिवाकोटी, प्रदीपमान प्रधान र यमुना श्रेष्ठ निर्वाचित भएका छन् । यो पटक दुबै समूहले प्यानल बनाएर १७/१७ पदमा उम्मेदवारी दिएका थिए ।

संघीय संरचना अनुसार नाडाको संरचना विस्तार गर्दा यो पटक २२ सय नयाँ सदस्य थपिएका थिए । कतिपयले नाडाको यो पटकको चुनावलाई एफएनसीसीआईर्को  मिनी इलेक्सन’को रूपमा समेत टिप्पणी गरेका थिए ।


SHARE THIS