बजेट कार्यान्वयनका लागि नेपाल सरकार, मन्त्रालयहरु कठोर बन्नै पर्नेछ

बजेट कार्यान्वयनका लागि नेपाल सरकार, मन्त्रालयहरु कठोर बन्नै पर्नेछ

वीरेन्द्रराज पाण्डे

नेपाल सरकारका योजना तथा कार्यक्रमहरूको सफल कार्यान्वयनका लागि उत्पादन एवं सेवा मुलक उद्योगहरुको नेतृत्वदायी संस्था नेपाल उद्योग परिसंघले सरकार तथा सरोकार निकायहरुसँग निरन्तर सहकार्य, समन्वय गर्दै आइरहेको छ । परिसंघले समग्र अर्थतन्त्रलाई केन्द्रमा राखेर सोही अनुरुप सरकार एवं नियामक निकायहरुलाई नीतिगत सुझाव दिदै आएको छ भने आफ्ना गतिविधिहरु पनि सोही दिशामा केन्द्रित गर्दै आएको छ ।

यसै क्रममा परिसंघले वार्षिक बजेट निर्माणका क्रममा नेपाल सरकारलाई वस्तुनिष्ठ सुझावहरु प्रदान गर्दै आएको छ । सरकारले परिसंघका सुझावहरुलाई गम्भीर रुपमा मनन् गर्दै बजेट वक्तव्यमा समेट्दै पनि आएको छ । परिसंघका नीतिगत सुझावहरु बजेटमा समेट्नुभएकोमा नेपाल सरकार, सम्पूर्ण तालुक मन्त्रालयप्रति हामी आभारी छौं ।

समग्र अर्थतन्त्रको विकासका लागि सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयन अपरिहार्य छ । सोही अनुरुप बजेट कार्यान्वयनलाई प्रभावकारी बनाई देशको आर्थिक विकासमा रचनात्मक भूमिका निर्वाह गर्ने उद्देश्यका साथ परिसंघले ‘सीएनआई बजेट वाच’ पहल सञ्चालनमा ल्याएको हो । विगत चार आर्थिक वर्षदेखि यस पहललाई हामीले निरन्तरता दिदै आईरहेका छौं ।

बजेटमा निजी क्षेत्रका सुझावहरु समेटिने, बजेट राम्रा आउने तर कार्यान्वयन कमजोर रहने गरेको अनुभव हामी सबैले गर्दै आएका छौं । सोही अनुभवले नै बजेटको सफल कार्यान्वयनका लागि निजी क्षेत्रकोतर्फबाट समेत रचनात्मक भूमिका खेल्नुपर्ने आवश्यकतासहित नेपाल उद्योग परिसंघले बजेटमा गरिएको व्यवस्था कार्यान्वयनका लागि स्पष्ट खाका सहित बजेट वाच पहल सुरु गरेको अवगत गराउन चाहन्छु ।

बजेटको सफल कार्यान्वयनबाट नै पूँजीगत खर्च बढ्ने, बजेटले निर्दिष्ट गरेको लक्ष्य हासिल हुने, नीतिगत सुधार हुँदै समग्र अर्थतन्त्रको विस्तार हुने हुँदा बजेटको सफल कार्यान्वयन अति आवश्यक छ । बजेटको सफल कार्यान्वयनबाट नै अर्थतन्त्र विस्तार हुने हुँदा यो पहल आवश्यक थियो र छ भन्नेमा हामी स्पष्ट पनि छौं ।

बजेट वाचको मुख्य उद्देश्य भनेको नै सरकार, निजी क्षेत्र, विज्ञलगायत सम्पूर्ण सरोकारवालाहरुबीच सघन अन्तरक्रियामार्फत सरकारको वार्षिक बजेट कार्यान्वयनमा देखिएका अवरोधहरुको पहिचान र तिनको समाधानका लागि रचनात्मक योगदान पु¥याउनु हो । विगत वर्षहरुका अनुभवले यो पहल सार्थक बन्दै गईरहेको अनुभव हामीले गरेका छौं ।

गत आर्थिक वर्षको बजेटमा निजी क्षेत्रसँग सम्बन्धित ६३ वटा बुँदा पहिचान गरी कार्यान्वयन गर्ने निकाय एवं सफल कार्यान्वयनका लागि गर्नुपर्ने विषय समेत राखेर सुझाव तयार पारेका थियौं । ६३ वटा बुँदामध्ये १६ वटा बुँदा अर्थात २५.४ प्रतिशत पूर्ण कार्यान्वयनमा आएको पाइएको छ । ३० वटा अर्थात ४७. ६ प्रतिशत बुँदा आंशिक कार्यान्वयन भएको र १७ वटा अर्थात २७ प्रतिशत बुँदामा कुनै प्रगती नभएको तथ्यांक छ । यसले के स्पष्ट देखाएको छ भने बजेट कार्यान्वयनका लागि नेपाल सरकार, मन्त्रालयहरु कठोर बन्नै पर्नेछ ।

गत आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्थाका विषयमा केही बेरमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) बाट प्रस्तुतीकरण हुनेछ ।

परिसंघले अघिल्ला वर्षझैं यसपटक पनि बजेटमा भएका निजी क्षेत्र र आर्थिक समृद्धिसँग सम्बन्धित विभिन्न ७४ वटा बुँदाहरुको प्रभावकारी कार्यान्वयनका लागि चालिनुपर्ने कदमहरुको अध्ययन गर्दै सम्बन्धित निकायहरुको भूमिका, आवश्यक कानूनी सुधार, कुन निकायले के गर्नुपर्छ भन्ने विषय समेत स्पष्ट रुपमा खुलाई बजेट वाचको दस्तावेज तयार गरेका छौं ।

७४ वटा बुँदालाई विभिन्न ७ वटा क्षेत्रमा वर्गिकरण गरी क्षेत्रगत विषयमा छुट्टा छुट्टै संवाद आयोजना गर्नेछौं । यसले चालु आर्थिक वर्ष २०८२÷८३ को बजेटले निर्दिष्ट गरेका लक्ष्यहरू हासिल गर्न सघाउ पुग्ने विश्वास लिएको छु ।

आर्थिक विकासको नेतृत्व निजीक्षेत्रमार्फत हुने गरी सरकारले व्यवसायिक अनुकूलताका नीतिहरु अग्रगामी सोचका साथ अबलम्बन गर्नुपर्ने हाम्रो विश्वास हो । यसका लागि कानुनी तथा नीतिगत सुधारहरु अनिवार्य शर्त हुन् । यसलाई उच्च प्राथमिकतामा राखेर गर्नुपर्ने आवश्यक कानुनी तथा नीतिगत सुधारहरुका सवालमा सरकारलाई सहयोग पुर्याउने उद्देश्यले परिसंघले अध्ययन–अनुसन्धानमा पर्याप्त समय दिएर विभिन्न कानुनी सुधारका दस्तावेजहरु तयार पारि प्रकाशन समेत गरेको विदितै छ । ती सुझावहरुलाई सरकारले अध्यादेशमार्फत गरेका कानुनी सुधारहरुमा समेत समेट्नुले नीतिगत सुधारमा सरकार दृढ छ भन्ने सन्देश दिएको हामीले महसुस गरेका छौं ।

सरकारले समृद्ध नेपाल सुखी नेपालीको अवधारणालाई अगाडि बढाउदै आएको छ । मुलुक हाम्रै पालमा समृद्ध होस् भन्ने आम नेपालीको चाहना रहेको छ । यसका लागि हामीले हाम्रो स्रोत साधनको उच्चतम उपयोग, स्वदेशी एवं विदेशी लगानी आकर्षित गर्दै दीगो आर्थिक विकासमा केन्द्रित हुनुपर्ने आवश्यकता छ । सोही सोचका साथ परिसंघले आगामी एक दशकमा देशको हालको ४४ अर्ब अमेरिकी डलरको अर्थतन्त्रलाई कम्तिमा एक सय अर्ब डलरको पुर्याउन आफूलाई समर्पित गर्ने लक्ष्य राखेको छ । यसका लागि दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्यका साथ कानुनी एवं नीतिगत चुस्तता अनिवार्य छ ।

‘सय अर्ब डलरको अर्थतन्त्र र दोहोरो अंकको आर्थिक वृद्धि’ हाम्रा लागि नयाँ सोच नहुन सक्छ । यो महत्वाकांक्षा परिसंघ स्वयंले आफ्नो स्थापनाकालदेखि नै सरकारलाई प्रदान गर्दै आइरहेको छ । तर यसलाई अब केवल चर्चाको विषयमा सीमित नगरेर परिणाममुखी बनाउन ठोस कार्ययोजनाका अगाडि बढ्न आवश्यक छ । यसका लागि उद्योगीहरुको संस्था नेपाल उद्योग परिसंघ जुनसुकै हिसाबले अगाडि बढ्न प्रतिबद्ध छ ।

सरकारले बजेटको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयगत नियमित रिपोर्टिङ प्रणालीलाई कार्यान्वयनमा ल्याएर त्यसलाई चुस्त बनाउँदै लगेको छ । यी सकारात्मक नतिजाहरुलाई हामीले बजेट वाच पहल र यसअन्तर्गत परिसंघले नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको सहकार्यमा त्रैमासिक रुपमा तयार पार्ने बजेट कार्यान्वयन प्रतिवेदनले सरकारलाई प्रदान गरेका रचनात्मक पृष्ठपोषणको समेत उपलब्धीका रुपमा लिएका छौं । चालु वर्षको बजेट कार्यान्वयनमा अझ उल्लेख्य सुधार भइ सुस्त अर्थतन्त्रमा इन्धन भर्ने र ‘सय अर्ब डलरको अर्थतन्त्र’ को लक्ष्य प्राप्तिका लागि बलियो प्रस्थान विन्दु बन्ने विश्वास लिएको छु ।

बजेट कार्यान्वयनका लागि निजी क्षेत्रकोतर्फबाट जे जस्तो सहकार्य, समन्वय गर्नुपर्छ नेपाल उद्योग परिसंघसँग पूर्ण रुपमा तयार रहेको समेत अवगत गराउन चाहन्छु । बजेटको सफल कार्यान्वयनको सबैभन्दा ठूलो हात विषयगत मन्त्रालयहरुको हो । त्यसैले पनि विषयगत मन्त्रालयका श्रीमान् सचिवज्यूहरुसँग चालु आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनका लागि परिसंघ नजिकबाट समन्वय, सहकार्य गर्न चाहेको पनि अवगत गराउन चाहन्छु ।

हामीले आज चालु आर्थिक वर्षको बजेट वाचको पहिलो र विशेष कार्यक्रम संचालन गरेका छौं । आगामी केही महिना निरन्तर यस्तो कार्यक्रम सञ्चालन गर्नेछौं र सम्बन्धित विषयमा सम्बन्धित मन्त्रालयका श्रीमान् सचिवज्यू, सहसचिवज्यूहरु, विभागिय प्रमुखज्यूहरुसहित विषयविज्ञहरुलाई आमन्त्रण गरी बजेट कार्यान्वयनका विषयमा गहन रुपमा छलफल गर्नेछौं । आगामी दिनमा गरिने कार्यक्रममा श्रीमान् सचिवज्यूहरु, सहसचिवज्यूहरुको सहभागिता एवं मार्गदर्शन हुने विश्वास लिएको छु । बजेट वाच पहलमा परिसंघसँग सहकार्य गर्ने नेपाल आर्थिक पत्रकार समाज (सेजन) लाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

अन्त्यमा, पुनः एक पटक श्रीमान् मुख्यसचिवज्यूसहित श्रीमान् सचिवज्युहरुसहित सबै उच्च सरकारी अधिकारी, उद्योगी व्यवसायी, पत्रकार सबै अतिथिज्यूहरुलाई यो महत्वपूर्ण कार्यक्रममा हार्दिक स्वागत गर्दछु । धन्यवाद ।

(नेपाल उद्योग परिसंघका अध्यक्ष पाण्डेले सीएनआई बजेट वाचमा व्यक्त गर्नुभएको स्वागत मन्तव्यमा आधारित)


समृद्ध नेपाल निर्माणमा युवा उद्यमीको योगदान अपरिहार्यः प्रधानमन्त्री ओली

समृद्ध नेपाल निर्माणमा युवा उद्यमीको योगदान अपरिहार्यः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावान युवा उद्यमीहरुले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न योगदान दिने बताउनुुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्वारा आयोजित ‘प्रधानमन्त्रीसँग स्टार्टअप उद्यमी’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भविष्यलाई परित्याग गरिएमा कही पनि बाँकी नरहने भएकाले विकसित मुलुकको सुन्दर भविष्यप्रति आशावादी भएर हामी सक्छौँ भन्ने भावका साथ लाग्नुुपर्नेमा जोड दिनुुभयो ।

“हामी सन् २०२६ मा विकसित मुलुुकमा स्तरोन्नती हुँदैछौँ । त्यसपछि विकासित मुलुकमा पुुग्नेछौँ । हाम्रो देश अरुले आएर बनाइदिँदैन । हामीले नै बनाउने हो । प्रविधिको प्रयोग, विकास र अभ्यासका आधारमा हामी आधुनिकीकरण र उत्पादन बृद्धिमा लाग्न सक्नेछौँ ।’’ प्रधानमन्त्री ओलीले भन्नुुभयो, “हामी सबै लागेमा वि क्यान डुु... नेपाल बन्छ ।’’ कार्यक्रममा नेपाली उद्यमीका विविध उत्पादन स्टलको प्रधानमन्त्रीले अवलोकन गर्नुभएको थियो ।

लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन अहिलेको मुख्य आवश्यकता

लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन अहिलेको मुख्य आवश्यकता

काठमाडौं । लाखौं नागरिकहरूलाई स्वरोजगार र स्थानीय रोजगारीको अवसरका साथै स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन नै अहिलेको मुख्य आवश्यकता भएको सरोकारवालाहरुले बताएका छन् ।

लघु, घरेलु तथा साना उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ स्थापनाको ३६ औं वर्षमा प्रवेश गरेको अवसरमा राजधानीको माइतीघरस्थित महासंघको सचिवालयमा आयोजना गरिएको स्थापना दिवसमा बोल्नेहरुले यस्तो बताएका हुन् ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले लघु, घरेलु तथा साना उद्योग नेपालको वास्तविक आर्थिक संरचना र सम्भावनाको प्रतिबिम्ब भएको भन्दै यस्ता उद्योग बिना दिगो, समावेशी र आत्मनिर्भर अर्थतन्त्रको कल्पना गर्न नसकिने बताउनुभयो ।

राज्यले नीतिगत, वित्तीय र प्रविधिगत सहयोग पु¥याए यिनै उद्योगहरूले नेपाललाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने सामथ्र्य राख्ने उहाँको भनाई थियो ।

आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा सहयोगी हुने यस्ता उद्योगहरुले ग्रामीण र विकट क्षेत्रको आर्थिक उत्थान गर्नुका साथै साना उद्योगहरू गाउँगाउँमा खोल्न सकिने भएकाले क्षेत्रीय असमानता घटाउनेतर्फ अध्यक्ष सिँहले ध्यानाकर्षण गराउनुभयो ।

स्थानिय स्रोतसाधन र सीपको उपयोग गर्दै महिलाहरू, युवा र विपन्न समुदायको सशक्तीकरणमा सहयोग पु-याउने यस्ता उद्योगमा ठूला उद्योगको तुलनामा कम लगानी, कम जोखिम र अधिक लचिलोपना हुने भन्दै उहाँले भन्नुभयो –' नेपालजस्तो मुलुकमा ठूलो उद्योग सञ्चालनका लागि भौगोलिक, पूँजीगत र पूर्वाधार सम्बन्धी सीमितता छन् । यहाँ लघु, घरेलु तथा साना उद्योग नै आर्थिक गतिशीलताको मेरुदण्ड बन्न सक्छन् ।’

सरकारले विगतमा दिँदै आएको सहुलियतपूर्ण कर्जा, पुनरकर्जाका बारेमा आगामी आर्थिक वर्षको बजेट मौन देखिएकोले यसलाई निरन्तरता दिनका लागि आगामी दिनमा यस्ता कुराको आवश्यक व्यवस्था हुनुपर्नेमा अध्यक्ष सिँहले जोड दिनुभयो ।

महासंघका निवर्तमान अध्यक्ष श्याम गिरीले लघु, घरेलु तथा साना उद्योगहरुलाई अर्थतन्त्रको इञ्जिन भने पनि व्यवहारमा देख्न नसकिएको बताउनुभयो ।

लघु, घरेलु तथा साना उद्यमीहरुको हकहितको पैरवी गर्न महासंघ स्थापना भएको भन्दै उहाँले नेपाल भरका लघु, घरेलु तथा साना उद्योगीहरुको छाता संगठनको रुपमा विकास भएको बताउनुभयो ।

कार्यक्रममा महासंघका सल्लाहकार लता प्याकुरेल, वरिष्ठ उपाध्यक्ष सुर्य कँडेल, उपाध्यक्षहरु शेभा गुरुङ, मुकेश उपाध्याय, राजेन्द्रमान श्रेष्ठ, चन्दनकृष्ण श्रेष्ठ, हरिहर थापा, सत्यनारायण प्रजापति, शान्ता बास्कोटा, मोहन कटुवाल, महासचिव डम्बर प्रसाद रेग्मी, केन्द्रिय महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष रिता अवाल लगायतले आफ्ना शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा महासंघ गण्डकी प्रदेशका अध्यक्ष महाप्रसाद सुवेदी, लुम्बिनी प्रदेशका अध्यक्ष गणेश प्रसाद अधिकारी, कर्णाली प्रदेशका अध्यक्ष गोमा ओली, सुदुरपश्चिम प्रदेशका अध्यक्ष रुक्मिणी देवकोटा, महासंघका सचिव रुद्र न्यौपाने, केन्द्रिय महिला उद्यमी समिति वागमती प्रदेशका उपाध्यक्ष सुलोचना श्रेष्ठ, केन्द्रिय महिला उद्यमी समितिका सचिव दीपा शाक्य, महासंघ केन्द्रिय सदस्यहरु रामहरी तोलाङ, पूर्ण पाण्डे, यादव अधिकारी, कमल सिँह, भेषराज पाण्डेलगायतको उपस्थिति रहेको थियो । स्थापना दिवसकै अवसर पारेर महासंघ केन्द्रका साथै प्रदेश, जिल्लादेखि पालिकासम्म रहेका महासंघका संगठनहरुले विविध कार्यक्रम आयोजना गरी मनाइरहेका छन् ।

Our agriculture and industrial sectors are showing particularly strong performance, driving this growth momentum

Our agriculture and industrial sectors are showing particularly strong performance, driving this growth momentum

Kathmandu - President of the Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI) Chandra Prasad Dhakal called upon Indian investors to explore lucrative investment opportunities in Nepal's key economic sectors during his address at the "An Aspiring Nepal" symposium held today in Kathmandu.

Speaking to an audience that included prominent business leaders and policymakers from both Nepal and India, President Dhakal highlighted Nepal's remarkable economic progress, with the economy growing at 4.9% in the first half of the current fiscal year 2024/25.

"Our agriculture and industrial sectors are showing particularly strong performance, driving this growth momentum," Dhakal noted, while acknowledging some ongoing challenges in the services sector.

The FNCCI president drew attention to Nepal's macroeconomic stability, underscored by healthy foreign exchange reserves standing at $17.27 billion.

He particularly emphasized Nepal's demographic dividend, with a median age of just 25 years, presenting investors with a young, tech-savvy workforce ready to support business growth.

Dhakal outlined several high-potential sectors for investment such as energy, trade and emerging sectors.

Highlighting the landmark agreement where India has committed to purchasing 10,000 MW of hydroelectricity from Nepal over the next ten years.

Similarly, the continuation of duty-free access for Nepali manufactured goods in the Indian market, even after Nepal's graduation to developing country status in 2026.

Growing opportunities in information and communication technology (ICT), tourism, and commercial agriculture.

The FNCCI chief detailed significant improvements in Nepal's investment climate, including the simplification of foreign direct investment (FDI) procedures through an 'automatic route' system and the amendment of more than 30 laws to create a more business-friendly environment.

"These reforms demonstrate our government's strong commitment to facilitating investment and doing business in Nepal," Dhakal asserted.

Concluding his address, President Dhakal extended a warm invitation to the international business community: "With our strategic location, improving infrastructure, skilled workforce, and investor-friendly policies, Nepal offers unparalleled opportunities across multiple sectors. We welcome Indian and global investors to be part of our nation's exciting growth story."

The symposium, attended by Indian Prime Minister Narendra Modi's Economic Advisory Council member Sanjeev Sanyal, senior government officials and business leaders from both countries, served as an important platform to strengthen economic ties and explore new avenues for bilateral cooperation between Nepal and India.

रुग्ण उद्योगहरूको पुनरुत्थान, नयाँ औद्योगिक सम्भावनाहरूको पहिचान र लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा

रुग्ण उद्योगहरूको पुनरुत्थान, नयाँ औद्योगिक सम्भावनाहरूको पहिचान र लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले सरकारले  औद्योगिक विकास, स्वदेशी उत्पादनको बजारीकरण र निर्यात प्रवद्र्धनका लागि विभिन्न नीतिगत सुधार र सहजीकरणका प्रयासहरू गरिरहेको बताउनुभएको छ ।

शुक्रबारदेखि राजधानीको भुकृटीमण्डप परिसरमा शुरु भएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को दशौं संस्करणलाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सरकारले रुग्ण उद्योगहरूको पुनरुत्थान, नयाँ औद्योगिक सम्भावनाहरूको पहिचान र लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेको जानकारी दिंदै मन्त्री भण्डारीले भन्नुभयो – “यो मेलाले यस्ता अवसरहरूको खोजी र सहकार्यका लागि उपयुक्त मञ्च प्रदान गर्नेछ भन्ने मेरो विश्वास छ ।”

निजी क्षेत्रले भने अनुसार नीतिगत सुधारको लागि सरकारले काम गरिरहको उल्लेख गर्दै उहाँले नेपाली उद्योगी व्यवसायीहरुलाई उत्पादन र उत्पादकत्व बृद्धि गरि निर्यात प्रवद्र्धनमा लाग्न आग्रह गर्नुभयो ।

हालै संसदमा पेश भएको नीति तथा कार्यक्रमममा औद्योगिक विकास तथा निजी क्षेत्र प्रवद्र्धनलाई प्राथकितामा राखिएको बताउँदै उहाँले देशको आर्थिक विकासमा सरकार निजी क्षेत्रको साथमा रहेको बताउनुुभयो ।

मेलाले नेपाली वस्तुको गुणस्तर र मौलिकतालाई विश्व बजारमा स्थापित गर्न र स्वदेशी उत्पादनको ब्राण्डिङ गर्न मेलाले सहयोग पु¥याउने बताउँदै नेपाली व्यवसायीलाई आफ्नो प्रतिष्पर्धात्क क्षमता बढाउन मन्त्री भण्डारीले आग्रह गर्नुभयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन र मुलुकको आर्थिक विकासमा मेलाले महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।

मुलुकको अर्थतन्त्र अझै पनि जटिल मोडमा रहेको र बजारमा माग बढ्न नसकेको अवस्थामा आफुहरुले मेला आयोजना गरेर बजारमा सकारात्मक सन्देश दिन खाजेको उहाँको धारणा थियो ।

मेलाले स्वदेशी तथा विदेशी उद्योगी व्यवसायीहरूबीच व्यापारिक सम्बन्ध विस्तार गर्न, लगानी आकर्षित गर्न र रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा रहेको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

नेपालमा अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला आयोजना गर्न उपयुक्त मेला स्थलको अभाव एउटा प्रमुख चुनौतीको रूपमा रहेको उल्लेख गर्दै उहाँले व्यवस्थित मेला तथा प्रदर्शनी स्थल निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले नेपाली वस्तु निर्यात गर्न क्षमता बढाउनुपर्ने बताउनुभयो । उहाँले आउने वर्ष आयोजना गरिने मेलालाई थप प्रभावकारी बनाउन सबै निजी क्षेत्र मिलेर मेला आयोजना गरिने र सो मेला काठमाडौं बाहिर आयोजना गर्दा उपयुक्त हुने धारणा राख्नुभयो ।

नेपाल, चीन र बंगलादेशका गरि १२० बढि स्टल रहेको मेलामा विभिन्न देशका व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट र छलफलले द्विपक्षीय व्यापार र लगानीका अवसरहरूका बारेमा पनि छलफल हुने महासंघका केन्द्रिय सदस्य तथा मेला समितिका सभापति उमेश डालमियाले जानकारी दिनुभयो ।

महासंघले मेलालाई वार्षिक क्यालेन्डरको हिस्साको रूपमा लिएर १० औं संस्करणसम्म आइपुगेको छ । अबका दिनमा यसलाई थप परिस्कृत र परिमाजृन गरि अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्डिङ गर्नुपर्ने उहाँले बताउनुभयो ।

मेलामा थाइल्याण्ड र इजरायलका राजदूत तथा पाकिस्तान, बंगलादेश, अमेरिका, रुस लगायतका नेपालस्थित राजदुतावास एवम तथा अन्तराष्ट्रिय श्रम संगठनका प्रतिनीधिहरुको समेत सहभागिता रहको थियो ।

नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय÷व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना रहेको मेला आगामी वैशाख २९ गतेसम्म चल्ने छ ।

 नेतृत्वलाई स्थापित गराएर लैजान सके आफु स्थापित भइन्छ र संगठन पनि बलियो हुन्छ

नेतृत्वलाई स्थापित गराएर लैजान सके आफु स्थापित भइन्छ र संगठन पनि बलियो हुन्छ

ठुलोबाबु श्रेष्ठ

ग्रील तथा स्टील व्यवसायीहरुले मलाई विश्वास गरेर ग्रील तथा स्टील व्यवसायी महासंघको अध्यक्ष जस्तो जिम्मेवार पदमा निर्वाचित गराउनु भएको आज दुई वर्ष पुरा भएको छ । सम्पुर्ण मित्रहरुमा हार्दिक आभार व्यक्त गर्न चाहान्छु जसले मलाई यो पदमा बहाली गराउन विशेष भुमिका निर्वाह गर्नु भएको थियो ।

अन्तराष्ट्रिय इतिहासलाई नियाल्ने हो भने निश्चित समुदाय वा विषयलाई उठान गरी त्यसलाई परिपक्व बनाउन संघ संस्थाहरु दर्ता भएर वा नभएर संगठित रुपमा अगाडि बढेर धेरै परिवर्तन र उपलब्धिहरु हासिल गरेको देख्न सकिन्छ ।

हामीले पनि २०५० साल तिरबाट संगठित भएर ग्रील तथा स्टील व्यवसायीहरुलाई संगठित गर्दै ३० औं वर्षको यात्रा तय गर्दा सम्म धेरै उपलब्धीहरु हासिल गरेका छौं ।

ग्रील तथा स्टील व्यवसायीहरुको त्याग र समर्पणबाट हिजो एक अर्कामा बोल्न समेत नचाहने व्यवसायीहरु आज एउटै टेबलमा बसेर वैचारिक विमर्श तथा कार्य सम्पादनमा समेत सहकार्य गर्न तयार भएको अवस्थाले हामीले ल्याएको परिवर्तनको चित्रण गरिरहेको छ ।

महासंघ पनि परिवर्तको लागि आम व्यवसायीहरुको हकहित र उत्थानको लागि हामी कतिसम्म निर्मम हुने र कतिसम्म लचक हुने भन्ने कुरा समयले माग गरे बमोजिम चल्दै आएका छौं ।

नेतृत्व सफल हुने या असफल हुने भन्ने कुरामा उसँग रहेको टिमले कस्तो काम गर्छ, कति जिम्मेवारी वोध गर्छ त्यसले महत्वपूर्ण स्थान ओगटेको हुन्छ । नेतृत्वलाई स्थापित गराएर लैजान सके आफु पनि स्थापित भइन्छ र संगठन पनि बलियो हुन्छ भन्ने मान्यतालाई हामी सबैले स्विकार गर्नुपर्ने हुन्छ ।

हामीले समयसापेक्ष रुपमा महासंघलाई अगाडी बढाउन विधान संसोधन कार्यलाई समेत पूर्णता दिएका छौं । ग्रील तथा स्टील व्यवसायी महिला भेला गरेर एक समिति बनाएर अगाडी बढेका थियौं, यसले यो व्यवसायमा महिलाहरुको सहभागितालाई समेत शुनिश्चित गरिदिएको निकै चर्चा चलेको छ, यसलाई हामीले एक महत्वपूर्ण उपलब्धीको रुपमा लिएका छौं ।

महासंघ बलियो हुनको लागि हाम्रो संगठनमा आबद्ध भएका व्यवसायी बलियो हुन जरुरी छ । व्यवसायीहरुको नजिकै रहेर काम गर्ने भनेको इकाई समिति हो त्यसकारणले सबै इकाई समितिहरु हाम्रो संगठनको मेरुदण्ड भएर उभिएका छन् । इकाईहरुको व्यवस्थापन र केहि आधिकार क्षेत्रको दायरा फराकिलो बनाएर लानुपर्ने अवस्था देखिएको थियो । हामीले दुई वर्षको अवधिमा त्यसलाई व्यवहारीक कार्यन्वयनमा जाने प्रयत्न स्वरुप संगठनलाई राज्यको संघिय संरचनामा मेल खाने गरि संगठन पुर्नगठन गर्ने प्रकृया अगाडी बढाई सकेका छांै ।

सबै इकाईहरुको व्यवस्थापन गरि रहेको क्षेत्र तथा जिल्ला समितिहरुलाई समेत क्रियाशील बनाएर महासंघलाई बलियो बनाउन सकिने कुरामा विश्वास गर्दै नेतृत्व विकासका तालिमहरुदेखि निःशुल्क टीटी खोप र आँखा शिविरहरु, फुटबल प्रतियोगिता लगायतका मुल्य बृद्धि विरुद्धका कार्यक्रमहरु सञ्चालन गरेको थियौं । यस कार्यले व्यवसायी व्यवसायी बीचमा भावनात्मक एकता पैदा हुन सफल भएको छ ।

आम व्यवसायी, इकाई समिति क्षेत्र तथा जिल्ला समितिहरुबाट आएका सुझाव सल्लाह तथा रिपोर्टको आधरमा मात्र महासंघले योजना बनाएर अगाडी बढ्ने भएकोले यसै अनुरुप कार्यहरु अगाडी बढी रहेकै छन् ।

हामीले हाम्रो संगठनलाई मजबुत बनाएर अगाडी बढाउँदै लैजाने तथा ग्रील व्यवसायलाई उद्योगको रुपमा विकास गर्ने योजना बनाउनु आजको आवश्यकता थियो त्यसैले अनाधिकृत रुपमा बजार बिगार्न आएका अबैधानिक मिस्त्री तथा व्यवसायीको मेसिन नै कब्जा गरेर कार्बाहिको दायरामा जान बाध्य बनाएका छौं ।

राज्यको करको दायरामा पनि आउन नचाहने हाम्रो संगठनमा पनि जोडीन नचाहाने अवैध ब्यवसायीहरुको हकमा भने हामि निर्मम बन्नैपर्ने अवस्था छ ।

यिनको कारण भएको उपभोक्ता ठगि तथा बजारको अस्थिरताको बिषयमा ठोस नीति बनाएर स्थानिय सरकार र स्थानिय प्रशासन संगको सहकार्यमा कारबाही प्रक्रिया अगाडि बढाउन सबै इकाईहरु कृयाशील नै बनिरहेका छन् ।

हामीले आफ्नो तर्फबाट गर्नुपर्ने सुधारहरु तथा मापदण्ड पुर्याउँदा पनि नेपाल सरकारले हामिलाई दर्ता गर्न आनकान गर्छ भने त्यसको कानुनी तथा व्यवहारीक उपचारको खोजि किन नगर्ने भन्दै हामीले प्रधानमन्त्री, सभामुख, अर्थमन्त्री, उद्योग मन्त्री, श्रम मन्त्री तथा माननीय उर्जा तथा जलश्रोत मन्त्रीसँग भेटघाट गरि सात बुँदै ज्ञापन पत्र समेत बुझाएका छांै ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री ज्यूको सहयोगमा यो वर्षदेखि हामीले नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, राष्ट्रिय व्यवसायीक प्रशिक्षण प्रतिष्ठान समिति, राष्ट्रिय व्यवसायीक प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमा हाम्रो व्यवसाय लाई आवश्यकपर्ने विभिन्न तालिमहरु सञ्चालन गर्ने सम्झौता समेत गरेका छौं । त्यसका लागि कार्यक्रमको मोडल तयार गर्न महासंघबाट तोकिएका प्रतिनिधिहरुले विभिन्न विज्ञहरुसँग परामर्श गरिरहनु भएको छ ।

सर्वप्रथम त हामीले आम व्यवसायीहरुलाई संगठनको महत्व, मीसन र भिजनको बारेमा स्प्रष्ट बनाएर एक ढिक्का बनाउन जरुरी छ । हाम्रो संगठनमा नजोडिएका व्यवसायीहरुलाई जोड्न पहल गर्दै हाम्रो संगठनमा जोडिएकाहरुलाई व्यवस्थित गर्न भरपुर प्रयासहरु भइरहेका छन् ।

जस अनुरुप लुम्बिनी प्रदेशमा प्रदेश समिति अगाडि बढिरहेको छ भने बागमती प्रदेशमा समिति गठन गर्न तदर्थ समितिको घोषणा गरिएको छ । त्यस्तै कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशहरुमा महासंघका उपाध्यक्ष ज्यूहरु संयोजक रहने गरि संगठन बनाउने तयारी भइरहेको छ ।

महासंघबाट गर्नुपर्ने विभिन्न कामहरुलाई सहज बनाउन उपाध्यक्ष ज्यूहरुको संयोजनमा उपसमितिहरु बनाई कार्यसम्पादन गरिएको छ । सबै समितिहरुले आ–आफ्नो कार्यहरु अगाडी बढाई रहनु भएको छ ।

हामीले धेरै कामहरु गर्नुपर्ने छ । समयको पावन्दिलाई ख्याल गर्दै आफ्नो कार्यकाल सफल बनाउन सिंगो महासंघको टिम जिल्ला समितिहरु, क्षेत्र समितिहरु तथा इकाई समितिहरु एक ढिक्का भएर उभिनुको विकल्प छैन ।

महासंघको वर्तमान कार्यसमितिलाई सफल बनाउन केही महत्वपूर्ण विषयमा गम्भिर भएर लाग्नुपर्ने अवस्था छ ।

खास गरि हामी स्वरोजगार व्यवसायी भएको कारण हामीलाई अहिलेको आर्थिक मन्दी र मुल्यबृद्धिले निकै प्रभाव पारिरहेको छ । यसको प्रभाव न्यूनीकरण गर्न महासंघले ठोस कार्ययोजना बनाएर अगाडी बढ्नुपर्ने हुन्छ ।

अन्य क्षेत्रगत महासंघ जस्तै हाम्रो महासंघलाई पनि सरकारसँग सहकार्य गरी कार्यक्रमहरु प्राप्त गर्न र हरेक वर्षको बजेटमा हाम्रो संगठनलाई समाहित गराएर विभिन्न किसिमका तालिमको व्यवस्था गरी दक्ष कामदार उत्पादन गर्न हामीले सरकारको उपल्लो निकायमा पहल गरिरहेका छौं ।

केही समय भित्र जग्गा खरिद गरेर वा लिजमै लिएर भएपनि महासंघको आफ्नै भवन बनाउनु पर्छ भनेर उपसमिति गठन गरि कार्यहरु अगाडी बढाई रहेका छौं ।

हार्डवेयर व्यवसाय र ग्रील तथा स्टील व्यवसायको बीचमा नङ र मासुको सम्बन्ध हुनुपर्नेमा पछिल्लो समय केही दरार पैदा भएको महशुस भएको अनुभुति भएकोले यी दुई व्यवसाय बीचको सम्बन्ध सुमधुर बनाउन महासंघले छलफल र अन्तरक्रिया गर्दै अगाडी बढाउने छ । रोलिङ मिल तथा विभिन्न कम्पनीहरुसँग समेत समन्वय गर्दै जाने नीति तय गरिरहेको छ ।

सहकार्य र सम्बन्ध विस्तारको बहानामा गैरकानुनी काम गर्ने छुट कसैलाई पनि हुँदैन तसर्थ गुणस्तर तथा नापतौल विभाग आन्तरिक राजस्व विभाग, स्थानीय सरकार र स्थानीय प्रशासनसँग सहकार्य गरेर बेलाबेलामा महासंघको अनुगमन टोलिले छड्के अनुगमन गर्दै गैरकानुनी कामलाई निरुत्साहित गर्न महासंघ योजनाबद्ध तरिकाले अगाडी बढिरहेको छ ।

हाम्रो व्यवसाय हरेक हिसाबले जोखिमयुक्त व्यवसाय भएकोले कर्मचारीको दक्षताको आधारमा श्रम ऐन बमोजिम सेवा सुविधा सहितको कर्मचारी नियुक्ति, कम्पनी ऐन र नियम बमोजिम जीवन बीमा म्यादि बीमा स्वास्थ्य बीमा, मुल्यमा एकरुपता र अन्य आधरभुत कुराहरु उत्पादनबाट हुने खुद मुनाफाबाट गर्नुपर्ने सामाजिक उत्तरदायित्वलाई समेत संस्थागत गर्दै लैजाने विषयमा महासंघले सम्बन्धित सरकारी निकायसँगको सहकार्यमा कार्यक्रहरु बनाउने छ । मुल्य सूची प्रकाशन गरि आम व्यवसायीहरुको व्यवसायमा पुर्याउने कार्य भएको छ ।

आम व्यवसायीहरुको लगानी रहेको सहकारी संस्था तथा हार्डवेयर र कम्पनीहरुलाई माथि उठाउन सबैले सहयोग गर्नुपर्ने अवस्था छ ।

एक व्यवस्थित कार्यविधि बनाई अक्षय कोष या भलाई कोष स्थापना गरेर त्यसबाट सुख दुःखमा आम व्यवसायीहरुलाई साथ दिन सकिने अर्थ संकलन र परिचालनको नीति बनाइने छ ।

अबको कार्यहरुमा मुख्य त महासंघको कार्यालय सञ्चालन चुस्त र दुरुस्त बनाउन सबैले हातमा हात काँधमा काँध राख्नुपर्ने अवस्था छ ।

महासंघको नेतृत्व सफल हुनु भनेको आम व्यवसायी तथा तपाई संगठनका सबै पदाधिकारीहरु सफल हुनु हो । यसलाई मनन् गर्दै सामुहिक नेतृत्वको विकास गर्ने तथा प्रभावशाली उत्तराधिकारी उत्पादन गर्ने कुरामा मैले कहि कतै कुनै कसुर बाँकी राख्ने छैन ।

धन्यवाद जय ग्रील

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको ३० औं वार्षिक उत्सवको अवसरमा  महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठको मन्तव्यमा आधारीत

 ग्रील तथा स्टीलजन्य व्यवसायको प्रवद्र्धन गर्नुपर्नेमा सरोकारवालाहरुको जोड

ग्रील तथा स्टीलजन्य व्यवसायको प्रवद्र्धन गर्नुपर्नेमा सरोकारवालाहरुको जोड

काठमाडौँ । देशको आर्थिक विकासका लागि अपरिहार्य ग्रील तथा स्टीलजन्य व्यवसायको प्रवद्र्धन गर्नुपर्नेमा यसका सरोकारवालाहरुले जोड दिएका छन् ।

विभिन्न परियोजना र पूर्वाधार निर्माणसँग प्रत्यक्ष जोडिएको ग्रील तथा स्टीलजन्य व्यवसायको प्रवद्र्धन गर्न सकेमात्रै देशको आर्थिक विकासमा योगदान पुग्न सक्ने उनीहरुको भनाई थियो ।

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको ३० औं स्थापना दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठले पूर्वाधारको विकास नभएसम्म देशको आर्थिक विकास नहुने भन्दै ग्रील तथा स्टील उद्योगहरुको संरक्षण र प्रवद्र्धनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

व्यवसायीहरुका तर्फबाट गर्नुपर्ने सुधारहरु तथा मापदण्ड पु¥याउँदा पनि नेपाल सरकारले व्यवसाय दर्ता गर्न आनकानी गर्न थालेपछि त्यसको कानुनी तथा व्यवहारीक उपचारको खोजि किन नगर्ने भन्दै प्रधानमन्त्री, सभामुख, अर्थमन्त्री, उद्योगमन्त्री, उर्जा तथा जलश्रोत मन्त्रीलगायतसँग भेटघाट गरि सात बुँदै ज्ञापन पत्र समेत बुझाएको बताउनुभयो ।

ग्रील तथा स्टील व्यवसाय हरेक हिसाबले जोखिमयुक्त व्यवसाय भएकोले कर्मचारीको दक्षताको आधारमा श्रम ऐन बमोजिम सेवा सुविधा सहितको कर्मचारी नियुक्ति, कम्पनी ऐन र नियम बमोजिम जीवन बीमा, म्यादि बीमा, स्वास्थ्य बीमा, मुल्यमा एकरुपता र अन्य आधरभुत कुरा, उत्पादनबाट हुने खुद मुनाफाबाट गर्नुपर्ने सामाजिक उत्तरदायीत्वलाई समेत संस्थागत गर्दै लैजाने विषयमा महासंघले सम्बन्धित सरकारी निकायसँगको सहकार्यमा कार्यक्रहरु बनाउने तथा यसैवर्ष मुल्य सुची प्रकाशन गरि आम व्यवसायीहरुको व्यवसायमा पु¥याउने कार्य भइरहेको बताउनुभयो ।

महासंघको नेतृत्व सफल हुनु भनेको आम व्यवसायी तथा संगठनका सबै पदाधिकारीहरु सफल हुनु भएको भन्दै यसलाई मनन गरेर सामुहिक नेतृत्वको विकास गर्ने तथा प्रभावशाली उत्तराधिकारी उत्पादन गर्ने कुरामा कहि कतै कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता उहाँले जाहेर गर्नुभयो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको सहयोगमा यो वर्षदेखि महासंघले नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, राष्ट्रिय व्यवसायीक प्रशिक्षण प्रतिष्ठान समिति, राष्ट्रिय व्यवसायीक प्रशिक्षण प्रतिष्ठान सँगको सहकार्यमा हाम्रो व्यवसायलाई आवश्यकपर्ने बिभिन्न तालिमहरु सञ्चालन गर्ने सम्झौता समेत गरेको र त्यसका लागि कार्यक्रमको मोडल तयार गर्न महासंघबाट तोकिएका प्रतिनिधिहरुले विभिन्न विज्ञहरुसँग परामर्श गरिरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा महासंघका वरिष्ठ सल्लाहकार निरन्जनकुमार श्रेष्ठले आफ्नो मनतव्य राख्दै २०५० साल तिर ग्रील व्यवसायीहरु पनि एकजुट भएर आफ्नो हक अधिकारको लागि अगाडी बढ्नु पर्छ भन्ने उदेश्यका साथ गठन गरिएको सानो समुह आज महासंघको रुपमा स्थापित भएर यहाँ सम्म आई पुग्दा आफुलाई अत्यन्तै खुसी लाग्ने गरेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै महासंघका निवर्तमान अध्यक्ष मोहन कटुवालले इकाई समिति देखि महासंघ सम्म कसले के गर्यो भनेर प्रश्नहरु गर्नु भन्दा पनि मिलेर अगाडी बढ्नु आजको आवश्यकता रहेको बताउनुभयो । ग्रील तथा स्टील व्यवसायीहरुलाई आम उपभोक्ताहरुले जति माया गर्नु भएको छ त्यति मात्रामा नेपाल सरकारले महत्वको साथ नहेरेकोले महासंघको विकासमा मात्र होइन आम व्यवसायीहरुको व्यवसायमा समेत प्रभाव परेको बताउनु भयो तथा महासंघसँग सहकार्य गर्न मन्त्री मार्फत ध्यानाकर्षण समेत गराउनुभयो ।

महासंघका महासचिव विवेकदास श्रेष्ठले लाखौं श्रमशक्तिलाई नेपालमै राखेर यो व्यवसायले देशलाई योगदान दिएकोले राज्यले पनि यो व्यवसायप्रति गम्भिर भएर सोच्नुपर्ने बेला आएको बताउनुभयो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले नेपाली श्रम बजारमा देखिएको अभाव, बेरोजगारीको हल्ला र युवाहरुको वैदेशिक पलायनतालाई रोक्न सरकारले डिजिटल प्लेटफर्म मार्फत अगाडी बढ्ने गरि श्रम संसार नामक एप सञ्चालनमा ल्याएको र निकट भविश्यमै यसलाई नागरिक एपसँग जोडेर आम नागरिकको हात हातमा पु¥याउने योजना रहेको बताउनुभयो ।

कामदार आवश्यक पर्ने उद्योग, कम्पनी र काम गर्न ईच्छुक कामदारहरुलाई एकै ठाउँमा जोडेर समस्याको समाधान निकाल्न मन्त्रालयले यस्ता धेरै महत्वपूर्ण योजनाहरु ल्याउन लागेको बताउँदै मन्त्री भण्डारीले रहरले विदेश जाने वा धेरै पैसा कमाउन विदेश जानेहरुलाई रोक्न नसकिने तर बाध्यात्मक अवस्थामा विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्न सरकाले भरपुर प्रयास गरेको बताउनुभयो ।

महासंघका महासचिव विवेकदास श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, राष्ट्रिय व्यवसायीक प्रशिक्षण प्रतिष्ठान समिति, राष्ट्रिय व्यवसायीक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रमेश बखती, महासंघको वरिष्ठ सल्लाहकार निरन्जनकुमार श्रेष्ठ तथा महासंघ अन्तरगत रहेका प्रदेश समिति, महिला समिति, जिल्ला समिति, क्षेत्रीय समिति तथा इकाइ समितिका अध्यक्ष तथा पदाधिकारीहरुको आतिथ्यता रहेको थियो ।

स्टाइल सुजले ल्यायो नयाँ वर्षको अवसरमा छुट र अफर

स्टाइल सुजले ल्यायो नयाँ वर्षको अवसरमा छुट र अफर

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा स्टाइल सुजले आफ्ना ग्राहकहरुका लागि छुट र अफरका योजना सार्वजनिक गरेको छ ।

झण्डै एक दशकदेखि नेपाली बजारमा बच्चादेखि बृद्घसम्मका लागि जुत्ता उत्पादनदेखि बजारीकरण गर्दै आएको कम्पनीले ग्राहकहरुका लागि नयाँ वर्ष लक्षित अफर ल्याएको हो ।
स्टाइल सुज ब्राण्डको उत्पादक कम्पनी स्टाइल सुज इण्डष्ट्रिज प्रालिले हरेक जुत्ता खरिदमा १५ प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको छ । यस्तै कम्पनीले नयाँ वर्षका लागि दुई दर्जनभन्दा बढी नयाँ पार्टी सुज, स्पोर्टस, बुट र क्याजुअल सुज सार्वजनिक गरेको छ ।
अहिलेसम्म साढे तीन सय मोडलका जुत्ता बजारमा पठाइसकेको स्टाइल सुजले नयाँ वर्षलाई लक्षित गर्दै थप २५ मोडल बजारमा ल्याएको कम्पनीले जनाएको छ ।
साथै वैशाखदेखि सुरु हुने विभिन्न स्कुलमा नयाँ भर्नासँगै छात्रछात्रालाई आवश्यक पर्ने जुत्ता उत्पादन गरेर बजारमा ल्याएको स्टाइल सुज इण्डष्ट्रिज प्रालिका प्रबन्ध निर्देशक कुमार न्यौपानेले बताउनुभयो ।
पछिल्लो समय स्टाइल सुज युवापुस्ताको विशेष रोजाइमा पर्ने गरेको भन्दै उहाँले बताउनुभयो । नेपालमा उत्पादित जुत्ताहरू आधुनिक युवायुवतीभन्दा पनि अलि उमेर ढल्केकाहरूको लागि मात्र हो भन्ने आम धारणालाई चिर्न पनि कम्पनीले उनीहरूको इच्छानुसारको नयाँ–नयाँ डिजाइन उपलब्ध गराएको प्रबन्ध निर्देशक न्यौपानेले बताउनुभयो ।
कम्पनीले हरेक किसिमका ग्राहकका लागि पार्टी सुज, स्पोट्र्स सुज, क्याजुअल सुज, अफिसियल सुजका साथै स्कुल र कलेज पढ्ने विद्यार्थीलगायतका अन्य डिजाइन रहेको कम्पनीले बताएको छ ।
देशका ६५ जिल्लाका मुख्य बजारमा उपलब्ध स्टाइल सुजमा छ महिनाको वारेन्टी दिइएको छ । करिब एक दशकअघि स्वदेशी उद्योग प्रवद्र्धन गर्ने उद्देश्यसहित स्टाईल सुज ब्राण्ड बजारमा ल्याइएको प्रबन्ध निर्देशक न्यौपानेले बताउनुभयो ।
व्यक्तिगत रुपमा भन्ने हो भने म प्रतिकुलतामा अनुकुलता खोज्ने उद्यमी हुँ

व्यक्तिगत रुपमा भन्ने हो भने म प्रतिकुलतामा अनुकुलता खोज्ने उद्यमी हुँ

चन्द्रप्रसाद ढकाल

नेपाल उद्योग वाणिज्य महासंघको ५९ औँ वार्षिक साधारण सभा एवम उद्योग वाणिज्य दिवस २०८१ को यस उद्घाटन कार्यक्रममा यहाँहरुलाई हार्दिक स्वागत गर्दछु ।

आज महासंघको विद्यमान कार्यकारिणी समितिको दुई वर्ष पुरा हुँदैछ । यी दुई वर्ष विविध चुनौतिलाई अवसरमा बदल्न हामीले प्रयत्न गर्यौँ । नयाँ अवसरहरुको खोजी गर्यौ । निराशा चिर्ने प्रयास गर्यौ । धेरैमा हामी सफल पनि भयौँ । र, सुधारको प्रयास अझै जारी छ ।

म यहाँहरुलाई स्मरण गराउन चाहन्छु, कि आजभन्दा दुई वर्ष अघि महासंघको ५७ औँ वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा नेपाल श्रीलंका जस्तै आर्थिक संकटमा पर्न सक्ने बारे निक्कै चर्चा गरिएको थियो ।

त्यस कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले नेपाल सरकारले समयमा कुनै निर्णय नगरे नेपालमा पनि श्रीलंका जस्तै विदेशी विनिमयको समस्या सिर्जना हुने सुझाव सरकारलाई दिइरहेको समयमा मैले आफ्नो समापन मन्तव्यमा नेपाल श्रीलंका जस्तो नहुने बताएको थिए ।

त्यसका केही आधार थिए । जस्तो कि नेपालले सहुलियतपूर्ण कर्जा लिन्छ । कुल गार्हस्थ्य उत्पादन र कर्जाको अनुपात ४० प्रतिशत भन्दा कम थियो ।

विदेशी विनिमय सञ्चिति छ महिना भन्दा बढि समयको वस्तु तथा सेवा आयात धान्न पर्याप्त थियो ।

तर हामी बढि नै सतर्क भयौं । चाहिने भन्दा बढी सतर्कता लियौँ । धेरै कुरा नियन्त्रण गर्न खोज्यौँ ।

जसको फलस्वरुप राजश्व पनि गुमायौँ । औपचारिक च्यानलबाट हुने गरेको व्यापार अनौपचारिक हुन गयो । अनौपचारिक आयात संस्थागत भयो । गाडी र मोटरसाइकल बाहेक सबै सामग्री अनौपचारिक रुपमा भित्रियो ।

त्यतिबेला बजारको माग नियन्त्रण गर्न अपनाइएका ती नीतिगत निर्णयले बजारलाई अभैसम्म चलायमान हुन दिएको छैन ।

लगातारको प्रयत्न पछि पछिल्लो त्रैमासमा पाँच प्रतिशत आर्थिक बृद्धि भएको राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदन आएको छ ।

यो सकारात्मक छ । तर उद्यमी व्यवसायीको मनोबल अहिले पनि बढ्न नसकेको हामीले देशभरका करिब २४० संस्थाहरुसंग गरेको सर्वेक्षणमा देखाएको छ । यो प्रतिवेदन हामी छिट्टै सार्वजनिक गर्नेछौं ।

व्यक्तिगत रुपमा भन्ने हो भने म प्रतिकुलतामा अनुकुलता खोज्ने उद्यमी हुँ । म निराशा हैन आशा छर्न चाहन्छु । अवस्था सुधारोन्मुख छ । तर हाम्रा युवाहरुको चाहना पुरा गर्न अहिलेको सुधार पर्याप्त छैन ।

जबसम्म हामी देशभित्रै मर्यादित र उच्च ज्याला सहितको रोजगारीका अवसरहरु सिर्जना गर्न सक्दैनांै, निराशालाई आशामा बदल्न सकिदैन । अहिले व्याप्त निराशा त्यसैको परिणाम हो ।

हामीलाई थाहा छ रोजगारी प्रदान गर्न सरकारको सीमितता छ । अहिले करिब पाँच लाख जनशक्तिलाई सरकारले रोजगारी दिएको छ ।

निजी क्षेत्रले ८६ प्रतिशतलाई रोजगारी दिएको छ । तर हरेक वर्ष श्रम बजारमा प्रवेश गर्ने करिब पाँच लाख युवालाई रोजगारी दिनसक्ने क्षमता नेपालको निजी क्षेत्रमा पनि छैन । त्यस कारण युवाहरु जुन अर्थतन्त्रले रोजगारी दिनसक्छ त्यही अर्थतन्त्रमा काम खोज्न जाने गरेका हुन् ।

नेपालीलाई काम दिने यी अर्थतन्त्रहरु र नेपालको अवस्था केही समय पहिले उस्तै थियो ।

सन् १९६० ताका नेपालको प्रतिव्यक्ति आय ५० र दक्षिण कोरियाको करिब सय डलर थियो । अहिले कोरियाको प्रतिव्यक्ति आय ४० हजार डलर हाराहारी छ भने नेपालको १४ सय डलर ।

यस अवधिमा कोरियाको आम्दानी चार सय गुणा बढेको देखिन्छ । नेपालको पनि २८ गुणा बढ्यो । तर ४० हजारको क्रय क्षमता र १४ सयको क्रय क्षमता तुलना हुँदैन । हामीकहाँ प्रगति भयो तर जति हुनुपर्ने थियो हुन सकेन ।

भूमण्डलीकरणले सर्वसाधारणको आवश्यकता र चाहना मात्रै बढेन स्तरीय जीवनयापन र क्षमता अनुसारको काम पाउन सारा संसार खुला भयो । ठूला अर्थतन्त्रमा हामीले काम पाउने त भयौं तर आफ्नो अर्थतन्त्र ठूलो बनाउन सकेनौं ।

बंगलादेशको प्रतिव्यक्ति आय नेपालको भन्दा दोब्बर छ । कुल निर्यात ४० अर्ब डलर भन्दा माथि छ । बंगलादेश संगै अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुन लागेको नेपालको आम्दानी नै पुगेको छैन ।

अन्य दुई सूचकका आधारमा हामी अगाडि बढेका हौ । फेरि पछाडि नफर्किने हो भने निजी क्षेत्रलाई निर्वाध काम गर्न दिनुपर्छ ।

अब म बुँदागत रुपमा यहाँहरुलाई हामीले के गर्न सक्छौ ? त्यो कसरी सम्भव छ ? र, सरकार लगायतका सरोकारवालाहरुको कस्तो सहयोग चाहिन्छ भन्ने विषयमा कुरा गर्न चाहन्छु ।

वर्तमान सरकारको मुख्य एजेण्डा नै समृद्ध नेपाल, सुखी नेपाली हो । मुलुकमा समृद्धि आउनु भनेको सबैले अवसर पाउनु हो । त्यसका लागि पैसा, बुद्धि, विवेक र सीपको लगानी गर्नुपर्यो । त्यो भन्दा पनि पहिले पैसाको लगानी हुनु आवश्यक छ । जसले पछि उत्पादन गर्दा श्रम र सीपको माग गर्नेछ ।

पैसा लगानी गर्ने मुख्य दुई निकाय हुन्छन, एउटा सरकार र दोस्रो निजी क्षेत्र । सरकारले लगानीका लागि पैसा मुख्यतया राजश्वबाट नै ल्याउने हो । राजश्व उद्यमी, व्यवसायी र सर्वसाधारणबाट उठ्छ । सर्वसाधारणको आम्दानीको मुख्य स्रोत पनि निजी क्षेत्र हो किनभने अधिकांश रोजगारी निजी क्षेत्रले नै सिर्जना गरेको हुन्छ ।

अन्तराष्ट्रिय वित्त निगम र महासंघले गत वर्ष गरेको अध्ययनले पनि अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत देखाएको छ ।

त्यसैले सरकारको समृद्धिको लक्ष्य पुरा गर्न निजी क्षेत्रले निर्वाध रुपमा काम गर्न पाउने विषय पहिलो प्राथमिकतामा हुनुपर्छ ।

सर्वसाधारणको सुखको एउटा आधार पर्याप्त रोजगारी र त्यसबाट हुने अम्दानी हो । जसले आफ्नोसंगै परिवारको आधारभूत आवश्यकता एवं शिक्षा र स्वास्थ्यको चिन्ता लिनुपर्दैन ।

सर्वप्रथम म सरकारी निकाय, नागरिक समाज, मिडिया लगायत सबै सरोकारवालाहरुलाई निजी क्षेत्रको यो महत्वलाई बुझिदिन आग्रह गर्दछु ।

जुन मुलुकले यो बुझ्यो त्यसको प्रगति तीब्र भएको छ । उदाहरणका लागि बंगलादेश, रुवान्डा, क्याम्बोडिया, भियतनाम, लाओस जो हामी जस्तै थिए, अहिले प्रगतिपथमा हामीलाई उछिन्दैछन ।

यो सम्भव छ, निजी क्षेत्र अगाडि बढेपछि भारतमा प्रति बर्ष १.४ प्रतिशतका दरले गरिबी घटिरहेको छ । बीस बर्षमा करिब ५० करोड सर्वसाधारण गरिबीको रेखाबाट माथि उठेका छन् ।

हामीजस्तै मुलुक बंगलादेशको निर्यात सन् २०१० यता १८ अर्बबाट ४० अर्ब डलर पुगेको छ । तीस बर्ष अघि सय दिनको अवधिमा आन्तरिक द्धन्द्धका कारण आठ लाख मानिस गुमाएको रुवान्डामा २० वर्षयताको आर्थिक बृद्धिदर ७.२ प्रतिशत छ ।

हामीसँगै एकैदिन विश्व व्यापार संगठनको सदस्य भएको क्याम्बोडियामा प्रत्यक्ष वैदेशिक लगानी नेपालभन्दा दश गुणा बढि भित्रिने गरेको छ । यदि यी देशले सक्छन भने हामी किन सक्दैनौं । अरु अगाडि बढन सक्छन् भने हामी कहाँ अल्मलिएका छौ ? यी विषयहरु पहिल्याउनुपर्छ ।

लगानीका लागि पहिला म विदेशी लगानीको कुरा गर्छु । अहिले कुल गार्हस्थ्य उत्पादनको शुन्य दशमलब दुई प्रतिशत मात्रै विदेशी लगानी आउँछ । त्यो भनेको वर्षको करिब आठ अर्ब रुपिया हो । यसलाई सजिलै पाँच गुणा बढाउन सकिन्छ । सन २०३० सम्ममा वार्षिक एक अर्ब डलर ल्याउने लक्ष्य राखौं । किनभने नेपालसँगै विश्व व्यापार संगठनको सदस्य भएको क्याम्बोडियाको उदाहरण मैले माथि दिइसकेको छु ।

हामीले पछिल्लो दुई वर्षमा भारत, चीन र युएईमा गरी चारवटा सम्मेलन आयोजना गर्यौैँ । हरेक कार्यक्रममा डेढ सय भन्दा बढि स्थानीय उद्यमी व्यवसायीको सहभागिता थियो । उहाँहरु नेपाल आउन चाहिरहनु भएको छ ।

विश्वव्यापी रुपमा नयाँ आर्थिक परिवेशले पनि नेपाललाई लाभ दिने संकेत गरेको छ । नेपालका प्रतिष्पर्धि मुलुकहरुको तुलनामा निक्कै कम भन्सार दर अमेरिकाले नेपालका लागि तोकेको छ ।

यसले नेपालमा लगानी बढ्न सक्ने सम्भावना झन बलियो बनाएको छ । यसबाट पनि हामीले लाभ लिन सक्नुपर्छ । यसबारे हामी अध्ययन गरिरहेका छौँ ।

देशभित्र लगानीकर्ताको मनोबल बढाउन बहस पैरवीसँगै महासंघको पहलमा एफएनसीसीआई, सीएनआई, चेम्बर, जिल्ला उद्योग वाणिज्य संघ, वस्तुगत संघ अन्तर्गतका व्यवसायीहरु, गैर आवासीय नेपालीहरु र अन्य संस्थागत तथा व्यक्तिगत सबै उद्यमी, व्यवसायी र लगानीकर्तालाई समेट्दै आन्तरिक पुँजी परिचालनका लागि नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको छ । यसले मुलुकका ७७ वटै जिल्ला र मुलुक बाहिर छरिएर रहेको सानोसानो पूँजीलाई एकत्रित गर्दै ठूला आयोजनामा लगानी अवसर खोलिदिएको छ ।

अहिले अवस्था असहज छ तर सुधार असम्भव छैन् । हामी सक्छौ । हामीले ठूलो आन्तरिक द्वन्द्वको सहज समाधान ग¥यौँ । हामी ठूलो भूकम्पले तहस नहस बनाएको संरचनाबाट जुर्मुराएर उठ्यौ । सहमतिमै संविधान जारी गरी स्थायित्वको बाटो समायौ । कोभिड जस्तो महामारीबाट तंग्रियौ । हालको समस्या पनि हामी समाधान गर्छौ ।

हामी दरिला छौँ । हामी विवेकी छौँ । हामी उद्यमी छौ । मात्र हामीले अर्थतन्त्रलाई सबैभन्दा माथि राख्नुपर्छ । यसलाई कुनै पनि वादले विथोल्नु हुँदैन । व्यवसायीलाई निर्वाध काम गर्न दिनुपर्छ ।

म फेरि पनि भन्छु, हामी सक्छौं । हामीले नसके कस्ले सक्छ ? हामीले नगरे कस्ले गर्छ ?

राजनीतिक स्थायित्व र त्यसको सन्देशका कारण २०७३ देखि ७५ सम्म तीन वर्ष औसत ७.५ प्रतिशत भन्दा बढि आर्थिक वृद्धि भएको थियो । हामी चाहन्छौँ कमसेकम आर्थिक विषयमा सबै दलको साझा धारणा बनाउनुपर्छ ।

अर्थतन्त्र, विकास र सम्मृद्धिमा राजनितिक दलहरुको साझा धारणा बनाउन सकिन्छ । निजी क्षेत्रको उद्यम व्यवसाय र सर्वसाधारणको जिविकामा प्रतिकूल असर पर्ने काम राजनीतिक नेतृत्वबाट हुनु हुँदैन ।

निजी क्षेत्र वार्षिक १६ खर्ब रुपियाँको पूँजी निर्माण गर्न सक्ने क्षमता राख्छ, सरकारले चार खर्ब मात्रै लगानी गरे पुग्छ । दोहोरो अंकको बृद्धि सम्भव छ । वर्षमा लाखौँ जनशक्तिलाई मर्यादित रोजगारी दिन सकिन्छ । यसको पहिलो शर्त हो, स्थायित्व । हामीले आर्थिक सुधारका लागि गठन भएको उच्चस्तरीय सुधार सुझाव आयोगमा पनि यो विषयमा छलफल गरेका छौं ।

मैले आज प्रस्तुत गरेका यी तथ्याङ्क र सुधारका उपायका विषयमा हामी दुई वर्षदेखि निरन्तर अध्ययन र छलफलमा थियौं । २०८० असोज २५ गते बृहत आर्थिक सम्मेलन आयोजना गरि हामीले नयाँ चरणको आर्थिक सुधार र त्यसका लागि उच्चस्तरीय आयोगको माग गरेका थियांै । अहिले आयोग गठन भएर हामी सुझावको अन्तिम तयारीमा छौं ।

सर्वसाधारणले अनुभूत गर्ने गरी सुधार गर्न अर्को पूर्व शर्त हो, सुशासन । पछिल्लो तीन दशकमा सुशासन मुलुकको ठूलो समस्या भएर देखा परेको छ । यो हामी सबैको साझा समस्या हो ।

नेपाली स्वभावतः सरल, सानो खुशीमा रमाउने, मिलनसार र सहयोगी समुदाय हो । उनीहरुका माग धेरै छैनन् । समाज विस्तारै बदलिंदैछ । सरल र सीधा जीवनयापन अब कठिन हुँदैछ । हामीले सुशासनको प्रत्याभूति गर्न सकेनौं भने अर्थतन्त्रमा मात्र समस्या हुने नभई समाज नै विकृत हुने देखिएको छ ।

सम्माननीय प्रधानमन्त्रीज्यू, मन्त्रीज्यूहरु, मुख्य सचिवज्यू हाम्रा माग साना छन्, यहाँहरुको सानो प्रयत्नले ठूलो उत्साह थप्नेछ ।

काम गर्न चाहने युवालाई सहजै सेवा दिने ठाउँ बनाऔं

लगानी गर्ने उद्यमीको मनोबल बढाइ दिऔं

सुरक्षा माग्ने जनतालाई ढाँडस दिइ काम गरिदिऔं

राजश्व बुझाउने व्यवसायीलाई एक वचन मिठो बोलिदिऔं

रोजगारी दिने निजी क्षेत्रलाई अपमानित नगरौँ

यी ठूला माग होइनन् तर यत्तिले मात्रै पनि ठूलो परिवर्तन आउनेछ । प्रविधिको उच्चतम प्रयोग र सदाचार नीतिबाट यो सम्भव छ । अहिले आर्टिफिसिएल इन्टिलिजेन्स संसारको स्वरुप नै परिवर्तन गर्ने गरि विकास भइरहेको छ ।

हामी सामान्य सुधारको माग गरिरहेका छौं । हामी चाहिरहेका छांै कि, नागरिक एपबाट व्यवसाय दर्तादेखि सम्पूर्ण काम गर्न सकियोस । त्यसतर्पm सरकारले पहल गरोस । यसमा निजी क्षेत्र र दातृ निकायको पनि सहयोग जुटाउन सकिन्छ । 

सुशासन अभिवृद्धिका लागि दोस्रो काम सदाचारलाई बढावा दिनु हो । कानुनी आधार पनि सुशासन प्रवद्र्धन हुने गरी निर्माण गरिनुपर्छ । भूतप्रभावी कानुनहरुले अविश्वास बढाएको उदाहरण हामीसंगै छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम बजेटलाई सुधारको प्रस्थान बिन्दुका रुपमा ल्याउनु आवश्यक छ । हामी धेरै गर्न सक्छांै ।

यहाँहरुलाई विदितै छ कि निजी क्षेत्र चलायमान हुन नसक्दा अहिले सबैतिर प्रभाव परेको छ । सरकारको राजश्वमा पनि प्रतिकूल प्रभाव परेको छ । यो सबैलाई जानकारी छ ।

अब आर्थिक सम्मृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्नेे हो कि भन्ने मलाई लागेको छ । स्रोतका लागि एकले अर्काको मुख ताक्ने काम कम गर्नुपर्छ । हामीले योजना ल्याऔ, आफै मिलेर हामी कसरी काम गर्न सक्छौ, त्यसमा छलफल गरौं । स्थानिय र प्रदेश सरकारसंग सहकार्यका अवसर खोजौ । अब दातृ निकायको उपस्थिति पनि पहिले जस्तो रहनेछैन ।

हामीले केन्द्र देखि स्थानीय तहसम्म हाम्रा संस्थाहरुलाई कसरी प्रभावकारी बनाउनेबारे अध्ययन बहस गरौ । हामीले पनि केही रणनीतिक योजना बनाएका छौ । नवीन सोच केन्द्र सबै तहमा आवश्यक छ ।

म आग्रह गर्छु, निजी क्षेत्रको सम्मान, समृद्धिको आधार नारालाई सबैले मनन गरौ । किनभने ८६ प्रतिशत रोजगारी दिने क्षेत्रको निरन्तर मानमर्दन हुन्छ । ८० प्रतिशत भन्दा बढि प्रत्यक्ष र अप्रत्यक्ष राजश्वमा योगदान पुर्उने निजी क्षेत्र निरन्तर अपहेलित छ ।

८१ प्रतिशत हिस्सा लगानी गरेको निजी क्षेत्र निरन्तर जोखिममा छ ।

९८ प्रतिशत निर्यात गर्ने निजी क्षेत्र निरन्तर अपमानित छ ।

हामी जोखिम लिन्छौं,

सर्वस्व लगानी गर्छांै,

राजश्व र रोजगारीमा निरन्तरको योगदान र पनि सधै असुरक्षित हुनुपर्छ भने हामी कसरी मनोबल जुटाउने ।

त्यसैले हामीले सुरक्षाको विषय उठाएका हांै ।

सम्मानको बिषय उठाएका हौं ।

मर्यादाक्रमको बिषय उठाएका हौं ।

यसमा राज्यको कुनै लगानी हुँदैन ।

मात्र सदभाव चाहिएको हो ।

यस विषयमा सकारात्मक हुनु भएको हुँदा म उत्साहित छु ।

हामीले यो पनि बुझेका छांै । हामी सम्मानित हुन अरुको पनि सम्मान गर्नुपर्छ । उपभोक्ता र अन्य सरोकारवालाप्रति हामी सचेत र जिम्मेवार हुनुपर्छ ।

हामीले यी बिषय राखि रहँदा सत्प्रयास गर्नेहरुप्रति आभार पनि व्यक्त गर्नुपर्छ ।

सम्माननीय प्रधानमन्त्रीज्यू लगायत सरकारले हाम्रो आग्रहमा करिब ३५ वटा कानुनमा सुधार गर्नुभयो । द्विपक्षीय लगानी सम्झौताको खाका तयार भएको छ । पारदर्शिता र जवाफदेहीताका लागि हाम्रो आग्रहमा उत्पत्तिको प्रमाण पत्रलाई पुरै अनलाइन बनाउने निर्णय वाणिज्य मन्त्रालयले गरेको छ । नेपाल प्रवद्र्धनका लागि विदेशमा हामीले आयोजना गर्ने कार्यक्रममा सहजीकरण भइरहेको छ ।

हाम्रो आग्रहमा नयाँ चरणको आर्थिक सुधार र त्यसको आधार तयार पार्न उच्चस्तरिय आयोग बनेको छ ।

यी सबैका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू, मन्त्रीज्यूहरु, मुख्य सचिवज्यू एवं सरकार तथा सबै राजनैतिक दल तथा नेतृत्व प्रति आभार व्यक्त गर्दछु । 

म महासंघका सदस्यज्यूहरुलाई पनि आग्रह गर्न चाहन्छु, नयाँ चरणको सुधार महासंघको सुझाव र आग्रहमा शुरु भएको हुँदा यसको अपनत्व लिएर केन्द्रदेखि स्थानीय  तहसम्म यो सुधारको पहलको हामी सबै मिलेर पैरवी गरौँ ।

यो सुधार भनेको नीति नियममा सुधार हो

यो सुधार भनेको प्रक्रियागत सुधार हो

यो सुधार भनेको व्यवहार र आचरणमा सुधार हो

यो सुधार भनेको काम गराइ र सोचाइमा सुधार हो

यो सुधार भनेको केन्द्र, प्रदेश, पालिका र वडासम्मको सुधार हो

यो सुधार शिक्षा स्वास्थ्य लगायत सामाजिक सेवाको सुधार हो

यो सुधार व्यवसायीहरुको काम र आचरणको पनि सुधार हो

यो सुधार तपाई हामी र हाम्रा सन्ततीका लागि हो

स्थानीय आवश्यकता र विश्व परिवेश नियालेर नीति निर्माण प्रक्रियागत सुधारमा महासंघका सबै संयन्त्र लाग्नु आवश्यक छ । हामी अब अबिकसित भएर अभाव र गरिबीमा बस्नु हुँदैन र बस्न सकिँदैन ।

अन्त्यमा, नेपाल उद्योग वाणिज्य महासंघको ५९ औ वार्षिक साधारण सभा एवम उद्योग वाणिज्य दिवस २०८१ को यस उद्घाटन कार्यक्रममा हाम्रो मनोबल उच्च बनाउन उपस्थित सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरु, माननीय सांसदज्यूहरु श्रीमान् मुख्य सचिव ज्यू, सचिवज्यूहरु यहाँ उपस्थित सम्पूर्ण महानुभावहरुलाई नेपाल उद्योग वाणिज्य महासंघ तथा मेरो व्यक्तिगत तर्फबाट पुनः स्वागत गर्दछु ।

जाँजाजाँदै, तपाई हाम्रो आँगनमै आइपुगेको नयाँ वर्ष २०८२ को सुखद उपलक्ष्यमा तपाई र तपाईको परिवारमा समृद्ध, सुखमय र उन्नत भविष्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । नयाँ वर्षले हाम्रा सबै चुनौतिहरुलाई अवसरमा बदल्ने र निराशालाई आशामा परिणत गर्ने हाम्रो साझा संकल्पमा सफलता मिलोस् ।

शुभ नयाँ वर्ष २०८२

वैदेशिक व्यापार सहजीकरण तथा भन्सार प्रशासनमा समन्वय र सहकार्य

वैदेशिक व्यापार सहजीकरण तथा भन्सार प्रशासनमा समन्वय र सहकार्य

काठमाडौँ । नेपाल र भारत बीचको वैदेशिक व्यापारलाई थप सहज एवम सरल बनाउनुका साथै अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीहरू बीच काठमाडौँमा वार्ता सुरु भएको छ ।

वार्तामा दुई देशका भन्सार कार्यालयहरू बीचमा निर्यात व्यापारसँग सम्बन्धित प्रारम्भिक सूचनाहरू अग्रिम रुपमा उपलब्ध गराउने, तेस्रो मुलुकबाट भारतको बाटो हुँदै नेपाल आउने तथा नेपालबाट भारतको बाटो हुँदै तेस्रो मुलुकसम्म निकासी हुने मालवस्तु बोकेका मालबाहक कन्टेनरमा विद्युतीय कार्गो ट्रयाकिङ्क प्रणाली लागू गर्ने, आयात–निर्यात हुने मालवस्तुको गुणस्तर परीक्षणका लागि सीमा नाकामा गुणस्तर तथा क्वारेन्टाईन चेकजाँच प्रणालीलाई थप सुदृढ गर्ने लगायतका विषयमा छलफल हुने भन्सार विभागका सूचना अधिकारी नारायण प्रसाद रेग्मीले बताउनुभयो ।
छलफलमा नेपालले लागू गरेको राष्ट्रिय एकद्वार प्रणाली मार्फत विद्युतीय रुपमा जारी हुने उत्पत्तिको प्रमाणपत्रलाई भारतले मान्यता दिनुपर्ने, भैरहवा तथा चाँदनी–दोधारामा निर्माणाधिन एकिकृत जाँच विन्दु (ईन्टिग्रेटेड चेक प्वाईन्ट) लाई लक्षित समयसीमा भित्रै सम्पन्न गर्ने, नेपाली उत्पादनको भारत निर्यातका लागि भारतले लागू गरेको गुणस्तर प्रमाणीकरण कार्यलाई सहज बनाउनुपर्ने लगायतका विषयमा समेत छलफल हुनेछ ।
चैत्र २८ र २९ गते दुई दिनसम्म चल्ने वार्तामा नेपालको वार्ताटोलीको नेतृत्व भन्सार विभागका महानिर्देशक महेश भट्टराईले गर्नुभएको छ भने भारतको तर्फबाट राजस्व ईन्टेलिजेन्स निर्देशनालयका महानिर्देशक  अभय कुमार श्रीवास्तवले गर्नुभएको छ । नेपालको तर्फबाट वार्ता टोलीमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु तथा वाली क्वारेन्टाईन विभाग लगायतका निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको छ । यसै गरि भारतिय टोलिमा राजस्व ईन्टेलिजेन्स निर्देशनालय लखनउ क्षेत्रिय ईकाईका सहायक महानिर्देशक, नेपाल स्थित भारतिय दुतावासका प्रथम सचिव, कलकत्ता, पटना, लखनउ भन्सार कार्यालयका प्रमुखहरु लगायतका अधिकारीहरुको सहभागिता रहेको छ ।

 स्वदेशी वस्तुको प्रयोग वृद्धि गर्न प्रधानमन्त्रीको आग्रह

स्वदेशी वस्तुको प्रयोग वृद्धि गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले  स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन आग्रह गर्नुभएको छ ।

नेकपा (एमाले) को जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो महाधिवेशनको उद्घाटन गर्दै  प्रधानमन्त्री ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिँदै देशलाई आत्मनिर्भर बनाउन आग्रह गर्नुभएको हो ।

उहाँले कर्मवीरले असन्तुष्टि व्यक्त नगरी आफ्नो काममा ध्यान दिने उल्लेख गर्दै यस क्षेत्रमा स्वदेशी वस्तुको उत्पादनमा प्रोत्साहनका लागि सरकार तत्पर रहेकोे बताउनुभयो ।

 महिलाहरु आर्थिक रूपमा सशक्त भएमात्रै देशको अर्थतन्त्रमा पनि सकारात्मक परिवर्तन आउँछ

महिलाहरु आर्थिक रूपमा सशक्त भएमात्रै देशको अर्थतन्त्रमा पनि सकारात्मक परिवर्तन आउँछ

काठमाडौं । महिलाको आर्थिक सशक्तीकरण गर्न सकेमात्रै सिंगो समाज र देश समृद्ध हुने सरोकारवालाहरुले बताएका छन् ।

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल केन्द्रीय महिला उद्यमी समितिको प्रथम साधारणसभा तथा स्थापना दिवसको उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले संविधानमा उल्लेखित भएका अधिकारहरु सबै भोग्ने अवस्थामा पु-याउन महिलालाई आर्थिक रुपमा सक्षम बनाउनुपर्ने बताएका हुन् ।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका उपसभामुख ईन्दिरा रानामगरले महिलाहरू आर्थिक रूपमा सशक्त भएमात्रै समाज र देशकै अर्थतन्त्रमा परिवर्तन हुने बताउनुभयो ।
आर्थिक रुपमा सबल नहुँदा सम्म महिलाहरुले आफ्नो अधिकार प्राप्त गर्न नसक्ने भन्दै उहाँले संविधानमा उल्लेखित भएका अधिकारहरु सबै भोग्ने अवस्थामा पु-याउन महिलालाई आर्थिक रुपमा सक्षम बनाउनुपर्नेमा जोड दिनुभयो ।
महिला उद्यमी र व्यवसायीहरुलाई निर्धक्कसँग स्वच्छ व्यवसाय गर्न आग्रह गर्दै उहाँले भन्नुभयो – “तपाईहरुले तिरेको करबाट राज्य संयन्त्र चलेको छ । त्यो कर कहाँ र कसरी सदुपयोग भएको छ । त्यसबारेमा पनि चासो लिने गर्नुस ।”
आम महिलाको बारेमा नीतिगत रुपमा राज्यले र व्यवहारीक रुपमा समाजले समान धारणा बनाउन सके अहिलेको विभेदको अवस्था अन्त्य हुने उहाँको भनाई थियो ।
ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल केन्द्रीय महिला उद्यमी समितिका अध्यक्ष विष्णुमाया उचहीले महिलालाई सफल उद्यमी बनाउन महिलामैत्री नीतिको खाँचो रहेको बताउनुभयो । महिलालाई उद्यमशील बनाउन तालीमका साथै आर्थिक र प्रविधिक क्षेत्रको सहज पहुँच हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपालले संविधान र अन्य कानूनमार्फत महिलाको हक अधिकार सुनिश्चितताका लागि राज्यका हरेक निकायमा समानुपातिक समावेशिताको व्यवस्था लागू गरेको बताउँदै उहाँले मुलुकको समृद्धिका लागि महिलालाई आर्थिक र सामाजिक रुपमा सशक्तीकरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
महिलाहरू आर्थिक रूपमा सशक्त भएकै कारण महिलामाथि हुने हिंसा कम भएको भन्दै उहाँले पछिल्ला दिनमा महिलाहरू आर्थिक रूपमा सशक्त हुँदै गएको बताउनुभयो ।
ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष ठूलोबाबु श्रेष्ठले हिजोका दिनमा संघबाट शुरु भएको महासंघ सातै प्रदेशमा पुगेको र महासंघ अन्तरगत महिला उद्यमी समिति पनि सक्रियताका साथ अगाडि बढेको बताउनुभयो ।
महासंघको नेतृत्व सफल हुनु भनेको आम व्यवसायी तथा संगठनका सबै पदाधिकारीहरु सफल हुनु भएको भन्दै यसलाई मनन गरेर सामुहिक नेतृत्वको विकास गर्ने तथा प्रभावशाली उत्तराधिकारी उत्पादन गर्ने कुरामा कहि कतै कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता उहाँले जाहेर गर्नुभयो ।
कार्यक्रममा ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष मधुबहादुर कार्की, निवर्तमान अध्यक्ष मोहन कटुवाल, नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष रिता अवाल, ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका महासचिव विवेकदास श्रेष्ठ, ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल केन्द्रीय महिला उद्यमी समितिका सदस्य प्रभा घिमिरेलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा महासंघ केन्द्रीय महिला उद्यमी समितिका सदस्यहरु अनिता प्रधान अमात्य, अम्बिका बस्नेत, विमला कुवँर शेख, मिश्रीमाया श्रेष्ठ, रजनी श्रेष्ठ, शोभा श्रेष्ठ, सुनकेशरी श्रेष्ठ र तारा बुढाथोकीलाई सम्मान गरिएको थियो ।






आर्थिक वर्ष २०८२/८३ वर्षको बजेट सम्बन्धी  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल

आर्थिक वर्ष २०८२/८३ वर्षको बजेट सम्बन्धी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ वर्षको बजेट सम्बन्धी अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छुट्टा–छुट्टै छलफल गरेको छ ।

छलफलका क्रममा अर्थ मन्त्रालयले आगामी वर्षको बजेटका लागि निरन्तरता दिनुपर्ने कार्यक्रम, परिमार्जित गर्नुपर्ने कार्यक्रम, स्थगित गर्नु पर्ने कार्यक्रम, हटाउनु पर्ने कार्यक्रम र नयाँ कार्यक्रमबारे तयारी गरी अघि बढ्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रम, आधारभूत अस्पताल, स्वास्थ्य प्रतिष्ठानहरुको दायित्व, स्वास्थ्य क्षेत्रको जनशक्ति लगायतका विषयमा समीक्षा गरी तिनीहरुलाई प्रभावकारी बनाउने गरी कार्यक्रम बनाउन अनुरोध गर्नुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा राज्य र निजी क्षेत्रको भूमिकालाई स्पष्ट पार्न जरुरी रहेको बताउनुभयो । उहाँले बीमा कार्यक्रमलाई दीर्घकालीन बनाउने गरी कार्यान्वयन गर्न उपयुक्त हुने धारणा व्यक्त गर्नुभयो ।

उद्योग मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले नीतिगत विषयहरुलाई सम्बोधन गर्न र उद्योग तथा व्यापारिक क्षेत्रमा सहज हुने वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो । उहाँले रोजगारी सिर्जना, उत्पादनमा बृद्धि र देशमा कसरी औद्योगीकरण गर्ने सकिन्छ, त्यसतर्फ ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

उद्योग मन्त्री दामोदर भण्डारीले नीतिगत रुपमा सुधार गर्दै तिनीहरुको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले कार्यान्वयन क्षमता कमजोर हुने र परिणाम दिन नसक्ने प्रवृतिमा सुधार गर्नुपर्ने बताउनुभयो ।

छलफलमा अर्थ सचिव, राजस्व सचिव, स्वास्थ्य तथा जनसंख्या सचिव, उद्योग सचिव, विभागीय प्रमुख लगायतको उपस्थिति थियो । यस अघि अर्थ मन्त्रालयले नयाँ आर्थिक वर्षको बजेटबारे भौतिक, शहरी र उर्जा मन्त्रालयसँग छलफल गरेको थियो ।

 नेपाल फ्रेट फरवार्डस एशोसिएसनमा राजेन्द्र संग्रौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

नेपाल फ्रेट फरवार्डस एशोसिएसनमा राजेन्द्र संग्रौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौं । नेपाल फ्रेट फरवार्डस एशोसिएसन (नेफा) ले राजेन्द्र संग्रौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

नेफाको राजधानीमा सम्पन्न २४औं वार्षिक सधारणसभा पश्चात भएको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा नरेश कुमार अग्रवाल, उपाध्यक्षमा अशोक मान कपाली, महासचिवमा हरि प्रसाद ढकाल, कोषाध्यक्षमा इश्वर बहादुर गुरुङ, सचिवमा सुजन कुमार न्यौपाने, सहकोषाध्यक्षमा सञ्जिव अर्याल निर्वाचित हुनु भएको छ ।
त्यसैगरी कार्यकारिणी समिति सदस्यहरुमा सहदेव बञ्जारा, मनिष मान श्रेष्ठ, गंगाराम पुडासैनी,  गंगा बहादुर राया, सजिव शाक्य, राजेश चन्द्र प्रधानाङ्ग र प्रनुषा कार्की निर्वाचित हुनु भएको छ ।
नवनिर्वाचित कार्यकारिणी समितिको पहिलो बैठकबाट निर्मल पौडेललाई कार्यकारिणी समिति सदस्यमा मनोनीत गरेको एशोसिएसनले जनाएको छ ।
एशोसिएसनलको विधानमा कार्यकारिणी समितिमा १४ जना सदस्य प्रत्यक्ष निर्वाचनबाट र दुई जना सदस्य अध्यक्षद्घारा कार्यकारिणी समितिको परामर्शमा मनोनित गर्ने प्रावधान रहेको छ । त्यसैगरी संघ विधानको व्यवस्था अनुसार सल्लाहकार समितिको संयोजकमा पूर्व अध्यक्ष प्रकाश सिंह कार्कीलाई मनोनीत गरिएको छ एवं निवर्तमान अध्यक्ष मनोज अधिकारी कार्यकारिणी समितिको पदेन पदाधिकारी रहनु भएको एशोसिएसनले जनाएको छ ।
एशोसिएसनका नवनिर्वाचित अध्यक्ष राजेन्द्र संग्रौलाले आफ्नो नेतृत्वमा फ्रेट फरवार्डस व्यवसायीहरुको साझा संस्था नेपाल फ्रेट फरवार्डस एशोसिएसनलाई नयाँ आयामबाट माथि उठाउन प्रतिवद्घ भएर लाग्ने बताउनुभयो ।
आगामी दिनहरुमा सरकार तथा सम्बन्धीत निकायहरुसँग सहकार्य गरी फ्रेट फरवार्डस व्यवसायको प्रभावकारितामा अझै सुधार ल्याउँदै अगाडि बढ्ने बताउनुभयो । अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नयाँ प्रविधिको अवलम्बन गर्दै नयाँ पुस्तालाई फ्रेट फर्वाडिङ्गको पेशामा आकर्षित गर्ने, कर्मचारीहरुको दक्षता अभिबृद्धि गर्न प्रशिक्षण र क्षमता विकास तथा कार्य सहजता, भन्सार प्रक्रियाहरुको सरलीकरण र सहजीकरण तथा सीमा क्षेत्रमा भएका अन्य समस्याहरु समाधान गर्न निरन्तर पहल गरिने उहाँले बताउनुभयो ।
 नेपाल हाते कागज उद्यमी संघमा ङिग्मा शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति

नेपाल हाते कागज उद्यमी संघमा ङिग्मा शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति

काठमाडौं । नेपाल हाते कागज उद्यमी संघले आगामी दुई वर्षका लागि ङिग्मा शेर्पाको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

संघको राजधानीमा सम्पन्न दोस्रो वार्षिक साधारणसभा तथा अधिवेशनले वरिष्ठ उपाध्यक्षमा लालहरी श्रेष्ठ, उपाध्यक्षमा टोनिसा खुलाल मगर, सचिवमा सञ्जय गौतम, कोषाध्यक्षमा पस प्रसाद धिताल निर्वाचित हुनुभएको छ ।

अधिवेशनबाट निर्वाचित सदस्यहरुमा पाण्डव ढुंगेल, राधाकृष्ण थापा, डेवु गुरुङ, पहल सेर पाण्डे, यादव सिग्देल, देशबहादुर थामी, लाक्पा शेर्पा, विष्णु नारायण धामी, सनत कुमार कार्की, घनश्याम मिश्र र तारा श्रेष्ठ हुनुहुन्छ ।

उद्घाटन समारोहमा संघको अभिभावक संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिँह, निवर्तमान अध्यक्ष श्याम गिरी, वरिष्ठ उपाध्यक्ष सुर्य कँडेल, उपाध्यक्ष मोहन कटुवाललगायतले अर्थतन्त्रमा हाते कागजको भूमिका र योगदानको विषयमा चर्चा गर्नुभएको थियो ।

नेपालका काठमाडौँ मोरङ सुनसरी संखुवासभा संखुवासभा इलाम भोजपुर दोलखा सिन्धुपाल्चोक बाग्लुङ कास्की रुकुम जाजरकोट लगायतका जिल्लामा रहेको हाते कागज उद्योगहरू सञ्चालनमा रहेको नेपाल हाते कागज उद्यमी संघले जनाएको छ । हाल देशभर चार सयभन्दा बढी उद्योगहरू रहेको र तिनीहरूले चार लाख भन्दा बढी मानिसहरुलाई रोजगार दिएको रोजगारी दिएको संघका निवर्तमान अध्यक्ष नरेन्द्र साउथले बताउनुभयो ।

हाते कागज उद्यमीहरुको हकहित संरक्षण, सम्बद्र्धन र व्यवसायिक समृद्धिका लागि संगठित गर्दै २०७४ सालमा नरेन्द्र साउदको अध्यक्षतामा हाते कागज उद्यमी संघको स्थापना भएको भएको थियो ।

अर्थतन्त्रको खम्बाका रुपमा रहेका लघु, घरेलु तथा साना उद्योहरुको प्रवद्र्धन गर्नुपर्नेमा जोड

अर्थतन्त्रको खम्बाका रुपमा रहेका लघु, घरेलु तथा साना उद्योहरुको प्रवद्र्धन गर्नुपर्नेमा जोड

काठमाडौँ । देशको अर्थतन्त्रलाई आत्मनिभर अर्थतन्त्रमा रुपान्तरण गर्नका लागि घरेलु तथा साना उद्योगहरुको ठूलो भूमिका हुने भन्दै सरोकारवालाहरुले यस्ता उद्योगहरुको प्रवद्र्धन र विकासलाई राज्यले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।

“नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान” भन्ने मूल नाराका साथ राजधानीको राष्ट्रिय सभागृह  परिसरमा चलिरहेको दोस्रो जिल्ला स्तरीय उद्योगी मेला र दशैं महोत्सव २०८१ को समापन समारोहमा उनीहरुले यस्तो बताएका हुन् ।
घरेलु तथा साना उद्योग संघ काठमाडौं र काठमाडौं महानगरपालिकाको संयुक्त रुपमा गत बुधबारदेखि शुरु भएको थियो ।
मेलाको समापन समारोहमा बोल्दै घरेलु तथा साना उद्योग संघ काठमाडौंकी अध्यक्ष पद्म कुमारी कार्कीले अर्थतन्त्रको खम्बाका रुपमा रहेका लघु, घरेलु तथा साना उद्योहरुको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिंदै स्थानीयस्तरमा रहेका साना उद्यमीहरुको मनोबल बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
घरेलु तथा साना उद्यमीद्धारा उत्पादन गरिएका वस्तुहरुलाई प्रवद्र्धनका साथै बजारीकरण गरी स्वदेशी उद्योगद्धारा उत्पादित वस्तुहरुको उपभोगमा बृद्धि गरी बेरोजगारीलाई केही हदसम्म कमी ल्याउने प्रदर्शनीको उद्देश्य रहेको बताउनुभयो ।
काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा उद्यमशीलता तालिम लिएर उद्यमी भन्ने यात्रामा लागेका उद्यमीहरुले कसरी गुणस्तरीय उत्पादन गर्ने, कसरी कजारीकरण गर्ने, ब्राण्डिङ गर्ने विषयमा अनुभव आदान प्रदान गर्नका लागि प्लेटफर्मका रुपमा मेला आयोजना गरिएको उहाँले बताउनुभयो ।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले लघु, घरेलु तथा साना उद्योग नै अर्थतन्त्रको आधार भएको यस्ता उद्योगहरुको प्रवद्र्धनका लागि महानगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो ।
काठमाडौँ महानगरपालिकाले १५ वटा वडामा ‘एक वडा, एक नमुना उद्यम कार्यक्रम’ सुरु गरेको जानकारी दिंदै बाँकी १७ वटा वडामा पनि छिट्टै शुरु गरिन लागेको जानकारी दिंदै उहाँले लघु, घरेलु तथा साना उद्योगीहरुको प्रवद्र्धनका लागि सरोकारवालासँग छलफल र सहकार्यबाट अगाडि बढ्ने बताउनुभयो ।
टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सेर बहादुर बीसीले लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन र विकासमा राज्यले नीतिगत रुपमा धेरै कुराको व्यवस्था गरेपनि व्यवहारीक रुपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो ।
देशको अर्थतन्त्रलाई आत्मनिभर अर्थतन्त्रमा रुपान्तरण गर्नका लागि घरेलु तथा साना उद्योगहरुको ठूलो भूमिका हुने भएपनि यसका लागि धेरै काम हुन नसकेको भन्दै उहाँले नेपाली रैथाने उत्पादनलाई नेपालीहरुले प्रयोग गर्ने गरी आन्तरिक बजारमा स्थापित हुन सक्दैनन तबसम्म हाम्रो अर्थतन्त्र पनि दिगो हुन सक्दैन ।
काठमाडौं महानगरपालिका सामाजिक विकास विभाग प्रमुख समिक्षा निरौलाले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु-याउने लघु, घरेलु तथा साना उद्योहरुको प्रवद्र्धन र बजारीकरणमा सघाउन प्रदर्शनी आयोजना गरिएको बताउनुभयो ।
दश दिनको प्रदर्शनी सामग्री र वस्तुको मात्रै प्रदर्शनी नभएर उद्यमी महिलाहरुको घैर्यता, मेहनतको पनि प्रदर्शन भएको भन्दै महानगरपालिकाले लघु, घरेलु तथा साना उद्यमीहरुको आर्थिक र सामाजिक रुपान्तरण गर्ने परिकल्पनाका सम्बाहक र मेरुदण्ड नै यस्ता उद्यमी भएको बताउनुभयो ।
प्रदर्शनीमा स्थानीय खानाका परिकार, अल्लो, ढाका र गार्मेन्टका मौलिक उत्पादन, अचार, छोप, मह, कृष्टलका गहना, ओखलमा प्रत्यक्ष कुटेका च्युरालगायतमा अवलोकनकर्ताहरुको आकर्षण देखिएको छ ।
यस्तै प्रदर्शनीमा सिस्नो, केरा, गाँजा, बाँस, केतुकी, भूँइकटहरलगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, कर्णाली तथा हिमाली क्षेत्रका मौलिक परिकार तथा अन्य उत्पादन, नेपाली जुत्ता उपभोक्ताहरुले मन पराएका थिए ।
घरेलु तथा साना उद्योग संघ काठमाडौंका सचिव तथा मेला संयोजक जितेन्द्र कुमार श्रेष्ठले काठमाडौं महानगरपालिकाका ३२ वटै वडाका लघु, घरेलु, साना तथा महिला उद्यमीहरुको सहभागितामा आयोजना गरिएको औद्योगिक प्रदर्शनीमा सबै वडामा सञ्चालित उद्योगहरुको सहभागिता रहेको  बताउनुभयो ।
प्रदर्शनीमा काठमाडौं जिल्लाका चन्द्रागिरी नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिका, उद्योग तथा वाणिज्य कार्यालय काठमाडौंको सहकार्य र सहआयोजना रहेको थियो ।
प्रदर्शनीमा लघु घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय खानाका परिकार तथा मौलिक उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन, स्वदेशी जुत्ता, अचार, छोप, फेल्ट, ढाका र अल्लो, जुम्ला र मुस्ताङका अर्गानिक उत्पादन, कस्मेटिक, गार्मेन्ट, हस्तकलाका उत्पादन, अर्गानिक फलफुल, चोयाको सामान, तयारी पोशाक, कृष्टलका गहना तथा सामग्री, ढाकाका कपडा, ओखलमा कुटेका च्युरा, अर्गानिक अचार र छोप, मखमलका जुत्तालगायतका उत्पादन, काष्ठकलाका सामग्री, प्लाष्टिकबाट पुनःप्रयोगबाट बनाइएका कलात्मक वस्तु, बाँसको जराबाट बनाइएका कलात्मक वस्तुलगायतका ७० वटा स्टल रहेका थिए ।
समापन समारोहमा घरेलु तथा साना उद्योग संघ काठमाडौंका उपाध्यक्ष इश्वर गुरुङ, काठमाडौं महानगरपालिका प्रशासन विभाग प्रखुख ध्रुव काफ्ले, कानुन विभाग प्रमुख बसन्त आचार्य, लेखा विभाग प्रमुख डा. शिवराज अधिकारी, उद्यमशीलता विकास सहजकर्ता देवकी घिमिरेलगायतले बोल्नुभएको थियो भने प्रदर्शनीमा सहभागी उद्यमीहरुले पनि आफ्ना अनुभव राख्नुभएको थियो ।

 राजधानीको सभागृहमा कृषि तथा घरेलु उद्यमी मेला र दशैं महोत्सव २०८१ शुरु

राजधानीको सभागृहमा कृषि तथा घरेलु उद्यमी मेला र दशैं महोत्सव २०८१ शुरु

काठमाडौँ । “नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान” भन्ने मूल नाराका साथ बुधबारदेखि राजधानीमा दोस्रो जिल्ला स्तरीय उद्योगी मेला र दशैं महोत्सव २०८१ शुरु भएको छ ।

घरेलु तथा साना उद्योग संघ काठमाडौं र काठमाडौं महानगरपालिकाको संयुक्त रुपमा राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको प्राङ्गणमा मेलाको शुभारम्भ गर्दै काठमाडौं जिल्ला समन्वय समितिका संयोजक सन्तोष बुढाथोकीले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका लघु घरेलु तथा साना उद्योगका उत्पादनहरुको बजारीकरण पनि महत्वपूर्ण पाटो भएको बताउनुभयो ।
स्थानीयस्तरमा तालिम गरेर उद्यमशीलतामा लाग्नेहरुले तयार गरेका उत्पादनहरुको बजारीकरणमा चुनौति देखिएको भन्दै उहाँले उद्यमशीलतामा लाग्नेहरुलाई उत्पादनदेखि बजारीकरणमा पनि सघाउन स्थानीय निकायहरुको ध्यानाकर्षण गराउनुभयो ।
घरेलु तथा साना उद्योग संघ काठमाडौंका सचिव तथा मेला संयोजक जितेन्द्र कुमार श्रेष्ठले महानगरपालिकसँगको सहकार्यमा असोज १६ देखि २३ गतेसम्म काठमाडौं जिल्लाका लघु, घरेलु, साना तथा महिला र कृषि उद्यमीका उत्पादनहरुको काठमाडौं जिल्ला स्तरीय औद्योगिक प्रदर्शनी आयोजना गरिएको बताउनुभयो ।
काठमाडौं महानगरपालिकाका ३२ वटै वडाका लघु, घरेलु, साना तथा महिला उद्यमीहरुको सहभागितामा आयोजना गरिएको औद्योगिक प्रदर्शनीमा सबै वडामा सञ्चालित उद्योगहरुको सहभागिता रहेको उहाँले बताउनुभयो ।
प्रदर्शनीमा लघु घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय खानाका परिकार तथा मौलिक उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन, स्वदेशी जुत्ता, अचार, छोप, फेल्ट, ढाका र अल्लो, जुम्ला र मुस्ताङका अर्गानिक उत्पादन, कस्मेटिक, गार्मेन्ट, हस्तकलाका उत्पादन, अर्गानिक फलफुल, चोयोको सामान, तयारी पोशाक, कृष्टलका गहना तथा सामग्री, ढाकाका कपडा, ओखलमा कुटेका च्युरा, अर्गानिक अचार र छोप, मखमलका जुत्तालगायतका उत्पादन, काष्ठकलाका सामग्री, प्लाष्टिकबाट पुनःप्रयोगबाट बनाइएका कलात्मक वस्तु, बाँसको जराबाट बनाइएका कलात्मक वस्तुलगायतका ७० वटा स्टल रहेका छन् ।
घरेलु तथा साना उद्योग संघ काठमाडौंकी अध्यक्ष पद्म कुमारी कार्कीले घरेलु तथा साना उद्यमीद्धारा उत्पादन गरिएका वस्तुहरुलाई प्रवद्र्धनका साथै बजारीकरण गरी स्वदेशी उद्योगद्धारा उत्पादित वस्तुहरुको उपभोगमा बृद्धि गरी बेरोजगारीलाई केही हदसम्म कमी ल्याउने उद्देश्य रहेको बताउनुभयो ।
काठमाडौं जिल्लाका चन्द्रागिरी नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिका, उद्योग तथा वाणिज्य कार्यालय काठमाडौंको सहकार्य र सहआयोजना रहेको प्रदर्शनीमा बढी भन्दा बढी स्वदेशी तथा विदेशी नागरिकहरुलाई अवलोकन गराई नेपाली उत्पादन तथा वस्तुहरुको ब्राण्डिङका साथै पहिचान गराउने मेलाको उद्देश्य रहेको संघकी अध्यक्ष कार्कीले बताउनुभयो ।
रोजगारीका लागि विदेशिनुपर्ने बाध्यतालाई प्रदर्शनीमार्फत स्वदेशमै केही अवसरहरु छन्, हामीले चाहेको अवस्थामा केही गरौं आफ्नै देशमा, रोजगार सिर्जना गरौं आफ्नै देशमा भन्ने मनोभावनाका साथ काम गरौं भन्ने मेलाको मुख्य ध्येय रहेको छ ।
प्रदर्शनीको शुभारम्भका अवसरमा नेपाल घरेलु तथा साना उद्योग महासंघका सल्लाहकार वासु गिरी, घरेलु तथा साना उद्योग संघ काठमाडौंका वरिष्ठ उपाध्यक्ष डोल्मा शेर्पा, उपाध्यक्ष इश्वर गुरुङ, फुटवेयर म्यानुफ्याक्चर एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष नानीराज घिमिरे, घरेलु तथा साना उद्योग संघ काठमाडौंका कोषाध्यक्ष सन्तोष कार्कीलगायतले मेलाका बारेमा बोल्नुभएको थियो ।
 आइतबारदेखि राजधानीमा घरेलु उद्यमी मेला तथा दशैं महोत्सव २०८१ आयोजना हुँदै

आइतबारदेखि राजधानीमा घरेलु उद्यमी मेला तथा दशैं महोत्सव २०८१ आयोजना हुँदै

काठमाडौँ । “स्वदेशी उत्पादन, हाम्रो अभियान” भन्ने मूल नाराका साथ आगामी आइतबारदेखि राजधानीमा घरेलु उद्यमी मेला तथा दशैं महोत्सव २०८१ आयोजना हुने भएको छ ।

घरेलु तथा साना उद्योग संघ काठमाडौं र काठमाडौं महानगरपालिकाको संयुक्त रुपमा राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको प्राङ्गणमा उक्त मेला आयोजना गर्न लागिएको बिहीबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

घरेलु तथा साना उद्योग संघ काठमाडौंका सचिव तथा मेला संयोजक जितेन्द्र कुमार श्रेष्ठले महानगरपालिकसँगको सहकार्यमा असोज १३ देखि २३ गतेसम्म काठमाडौं जिल्लाका लघु, घरेलु, साना तथा महिला र कृषि उद्यमीका उत्पादनहरुको काठमाडौं जिल्ला स्तरीय औद्योगिक प्रदर्शनी आयोजना गर्न लागिएको बताउनुभयो ।

काठमाडौं जिल्लाका ३२ वटै वडाका लघु, घरेलु, साना तथा महिला उद्यमीहरुको सहभागितामा आयोजना गरिने औद्योगिक प्रदर्शनीमा सबै वडामा सञ्चालित उद्योगहरुको सहभागिता रहने उहाँले बताउनुभयो ।

लघु घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय खानाका परिकार तथा मौलिक उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन, स्वदेशी जुत्तालगायतका ७० वटा स्टलका साथै अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका आकर्षणको रुपमा रहेको उहाँले जानकारी दिनुभयो ।

घरेलु तथा साना उद्योग संघ काठमाडौंकी अध्यक्ष पद्म कुमारी कार्कीले घरेलु तथा साना उद्यमीद्धारा उत्पादन गरिएका वस्तुहरुलाई प्रवद्र्धनका साथै बजारीकरण गरी स्वदेशी उद्योगद्धारा उत्पादित वस्तुहरुको उपभोगमा बृद्धि गरी बेरोजगारीलाई केही हदसम्म कमी ल्याउने उद्देश्य रहेको बताउनुभयो ।

काठमाडौं जिल्लाका चन्द्रागिरी नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिका, उद्योग तथा वाणिज्य कार्यालय काठमाडौंसँगको सहकार्य र सहआयोजनामा गरिन लागेको यो दोस्रो जिल्ला स्तरीय औद्योगिक प्रदर्शनी घरेलु उद्यमी मेला तथा दशैं महोत्सवमा बढी भन्दा बढी स्वदेशी तथा विदेशी नागरिकहरुलाई अवलोकन गराई नेपाली उत्पादन तथा वस्तुहरुको ब्राण्डिङका साथै पहिचान गराउने मेलाको उद्देश्य रहेको संघकी अध्यक्ष कार्कीले बताउनुभयो ।

रोजगारीका लागि विदेशिनुपर्ने बाध्यतालाई प्रदर्शनीमार्फत स्वदेशमै केही अवसरहरु छन्, हामीले चाहेको अवस्थामा केही गरौं आफ्नै देशमा, रोजगार सिर्जना गरौं आफ्नै देशमा भन्ने मनोभावनाका साथ काम गरौं भन्ने मेलाको मुख्य ध्येय रहेको छ ।

नेपाल सरकारमार्फत पनि स्वदेशी उद्योग तथा उद्यमीहरुलाई प्रवद्र्धन गर्नको लागि प्रतिष्पर्धी बजारमा स्वदेशी उत्पादनहरुलाई लागत घटाउनको लागि आवश्यक करका दरहरु देखि दर्ता, नविकरणका कार्यहरु समेत सहज गनुपर्ने अप.वस्था देखिएको मेला संयोजक श्रेष्ठले बताउनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघकी उपाध्यक्ष शोभा गुरुङले देशको व्यापारघाटा न्यूनीकरण गर्नुका साथै अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेका लघु घरेलु तथा साना उद्योगका उत्पादनहरुको प्रवद्र्धन र बजारीकरणमा व्यापार मेलाको उल्लेख्य भूमिका रहेको बताउनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका पूर्व अध्यक्ष तथा संघका सल्लाहकार आङदेण्डी शेर्पाले मेलाको सफलताको कामना गर्दै लघु, घरेलु तथा साना उद्यमीहरुको प्रवद्र्धन गर्न यस्ता मेलाहरुको आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो ।

पत्रकार सम्मेलनमा घरेलु तथा साना उद्योग संघ काठमाडौंका उपाध्यक्ष इश्वर गुरुङ, फुटवेयर म्यानुफ्याक्चर एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष नानीराज घिमिरे, घरेलु तथा साना उद्योग संघ काठमाडौंका कोषाध्यक्ष सन्तोष कार्की, संघ अन्तरगत महिला उद्यमी समितिकी अध्यक्ष उषा दाहाल, उपाध्यक्ष लक्ष्मी नेपाल, संघ महिला उद्यमी समितिकी सदस्य अञ्जु बस्नेत, महासंघ केन्द्रिय सदस्य सुशील मोक्तान र इन्द्र बहादुर महर्जनलगायतको सहभागिता रहेको थियो ।