असोज पहिलो साता नाडा इभि एक्स्पो

काठमाडौँ । आगामी असोज पहिलो साता नाडा इभि एक्स्पो २०२२ आयोजना हुने भएको छ । बिहीबार बसेको नाडा केन्द्रीय कार्य समितिको आठौ बैठकले पहिलो पटक नाडा इभि एक्स्पो २०२२ गने निर्णय गरेको हो ।

असोज ६ गते देखि ९ गतेसम्म काठमाडौको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा हुन लागेको एक्स्पो विद्युतीय सवारी साधनहरुको प्रदर्शनी गरिने नाडाले जनाएको छ ।  

सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भाद्र १४ गतेसम्मको लागि विस्तार गरेपछि नाडाले इभि एक्स्पो २०२२ गर्ने निर्णय गरेको हो । नाडाले सन् १९९८ देखि नाडा अटो एक्स्पो गर्दै आएको छ ।


SHARE THIS