बजारप्रति राष्ट्र बैक नकारात्मक छैन – गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैक सेयर बजार प्रति नकारात्मक नभएको बताउनुभयो । आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेका नेपाली अर्थतन्त्रको अबको बाटो विषयक कन्फरेन्स तथा सेजन अवार्ड २०७९ कार्यक्रममा सम्बोधन गर्दै उहाँले राष्ट्र बैक सेयर बजारप्रति नकारात्मक हुने कुनै कुरा नभएको बताउनुभयो ।

“सेयर बजार नियमनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) रहेको छ । राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थालाई नियमन गर्ने हो । बाफियामा पर्ने संस्थाहरुलाई नियमन गर्ने हो ।  त्यस्ता संस्थामा नियमन गर्दा कुन कुन किसिमले असर परेको होला । हामीले पुँजी बजारलाई असर पु¥याउनु हँुदैन ।”

त्यसैगरी विदेशीको मुद्राको सञ्चितीमा चाप पर्दा केहि वस्तुमा आयात प्रतिबन्ध लगाइएको र अहिले उक्त प्रतिबन्ध हटिसकेको बताउनुभयो । उहाँका अनुसार उक्त प्रतिबन्ध सीमित समयका लागि थियो ।  त्यसैगरी अहिले एलसीको मार्जिन बैंकलाई नै छाडिएको उहाँले बताउनुभयो ।

अर्थविद प्राध्यापक डा. अच्युत वाग्लेले राजनीतिक क्रान्ति सम्पन्न भएसकेकाले अब आर्थिक विकासलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । “नेपाल शान्ति प्रक्रियामा आएको र संवैधानिक स्थायीत्वतिर जान थालेकाले अबको प्राथमिकता आर्थिक बहसतिर हुनुपर्छ ।”  उहाँले भन्नुभयो । अबको मुख्य बाटो समेत त्यतातिरै भएको उहाँले बताउनुभयो ।

“संसारका प्रतिष्ठित संस्थाहरुले गरेका रेटिङका आधारमा संसारका १९३ देशमध्ये नेपाल लोकतान्त्रिक सुचकांकमा १०१ स्थान, बजार प्रतिपस्पर्धी सुचकांकमा १३१ स्थान, भ्रष्टाचार नहुने मुलुकुमा ११० स्थान,प्रतिव्यक्ति आयमा १५९ स्थान, मानव विकास सुचाकांकमा १४२ स्थान, राहदानीमा १८६, शासकीय सुचाकांकमा १३९ स्थान, नवप्रवर्तनमा १११ डुइङ बिजनेसमा ९४ स्थानमा,जीनवयापन गुणस्तर ०.९५ स्थानमा छ। आन्तरिक इन्डिकेटर राम्रा छैनन् ।” उहाँले भन्नुभयो ।

विगतका अर्थमन्त्रीदेखि गभर्नरसम्मले आफु पदमा हँुदा राम्रो काम गरेको बताए पनि अर्थतन्त्रले त्यस्तो नबताउने उहाँको भनाइ छ ।

अहिलेको प्राथमिकता कृषि नै हुनुपर्ने भन्दै उहाँले उच्च शिक्षामा लगानी गर्न सके योग्य जनशक्ति उत्पादन हुने र त्यसले अर्थतन्त्रलाइ राम्रो गर्ने बताउनुभयो । अहिलेको उच्च शिक्षाको प्रणाली कोल्याप्स भएको उहाँको भनाइ छ ।

निजीकरण भएका संस्थानहरुको मूल्यांकन गर्ने बेला भएको अर्थसचिव तोयम रायाले बताउनुभयो । निजीकरण भएका संस्थानहरुको मूल्याङ्कन हुने बताउनुभयो । “निजीकरणमा गएपछि त्यो सफल भयो त ?, मूल्याङ्कन गर्ने बेला भएको छ । संस्थानहरुको अवस्था के छ ? पहिले र अहिलेको परिवेश फरक छ । मूल्याङ्कन नगरी अघि बढ्दैनांै ।”

विश्व बैंकका नेपाल, श्रीलंका तथा माल्दिभ्स निर्देशक फारिस हदाद जर्वोसले नेपालले विकासको नयाँ मोडल विकास गर्नुपर्ने बताउनुभयो । “नेपाललाई यस्तो मोडल चाहिएको छ जसले आर्थिक बृद्धि मात्रै होइन रोजगारी पनि सिर्जना गरोस्,” उहाँले भन्नुभयो, “र, त्यस्तो रोजगारी औपचारिक क्षेत्रमा सिर्जना होस्, जसमा महिला र युवाहरु सहभागी बन्न पाउन ।”


SHARE THIS