भदौ अन्तिम साता नायर अष्ट्रेलियन एजुकेशन एक्स्पो २०२५ आयोजना हुने

भदौ अन्तिम साता नायर अष्ट्रेलियन एजुकेशन एक्स्पो २०२५ आयोजना हुने

काठमाडौं । राजधानीमा अहिलेसम्मकै बृहत अष्ट्रेलियन शैक्षिक मेला २०८२ आयोजना हुने भएको छ । 'स्टडी इन अष्ट्रेलिया’ भन्ने मूल नाराका साथ राजधानीमा आगामी भदौ अन्तिम साता नायर अष्ट्रेलियन एजुकेशन एक्स्पो २०२५ आयोजना हुन लागेको हो ।

नेपाल एसोसिएशन अफ अष्ट्रेलियन एजुकेशन रिप्रेसेन्टेटिभ्स (नायर) को आयोजनामा हुने उक्त शैक्षिक मेला आगामी भदौ २९ गते काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने बताइएको छ ।

आयोजकका अनुसार मेलामा अष्ट्रेलियाका विश्वविद्यालय र कलेजका प्रतिनिधिहरूसहित उल्लेख्य संख्यामा शैक्षिक संस्थाहरूको सहभागिता रहनेछ । विद्यार्थीहरूले अष्ट्रेलियामा अध्ययन गर्न आवश्यक शैक्षिक ऋण, भिसा प्रक्रिया, छात्रवृत्ति विवरण, भर्ना प्रक्रिया तथा बीमा सेवाबारे प्रत्यक्ष जानकारी पाउने आयोजक पक्षले जानकारी गराएको छ । विशेषगरी यस वर्ष कक्षा १२ पुरा गरेका विद्यार्थी, स्नातक र स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरू साथै अभिभावकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।

नायरका अध्यक्ष उद्धव खड्काका अनुसार शैक्षिक मेलाले विद्यार्थीहरूलाई अष्ट्रेलियामा उच्च शिक्षा सम्बन्धी सबै आवश्यक परामर्श निःशुल्क उपलब्ध गराउनेछ । सो अवसरमा विभिन्न छात्रबृत्तिको व्यवस्था गरिएको र विद्यार्थीहरूलाई सीधा अवसर लिन सकिने वातावरण मिलाइएको आयोजकको भनाई छ ।

मेलाको इभेण्ट म्यानेजमेन्ट इन्ट्रोडक्सन ट्रेड शो नेपाल प्रालिले गर्ने भएको छ भने नायरका अध्यक्ष उद्धव खड्का र महासचिव विराज पाण्डेले यसलाई सफल बनाउन तयारी तीब्र पारिएको जनाउनुभएको छ । आयोजकले यस मेलालाई नेपाली विद्यार्थीका लागि अष्ट्रेलियामा उच्च शिक्षा हासिल गर्न विश्वसनीय प्लेटफर्मको रूपमा प्रस्तुत गरेको छ ।

नेपाल एसोसिएशन अफ अष्ट्रेलियन एजुकेशन रिप्रेसेन्टेटिभ्स (नायर) अष्ट्रेलियामा अध्ययनका अवसरबारे नेपाली विद्यार्थीलाई सहज, पारदर्शी र विश्वासिलो शैक्षिक परामर्श दिने उद्देश्यले स्थापना गरिएका शैक्षिक संस्थाहरुको छाता संगठन हो । अष्ट्रेलियाका विश्वविद्यालय तथा कलेजहरूसँग प्रत्यक्ष समन्वय गर्दै नायरले शिक्षा मेला, सेमिनार र अन्तरक्रियामार्फत विद्यार्थी र अभिभावकलाई आवश्यक जानकारी, भिसा प्रक्रिया, छात्रबृत्ति तथा अन्य शैक्षिक सेवाबारे मार्गदर्शन गर्दै आएको छ ।

‘काठमाडौँ युथ कन्क्लेभ २०२५’ : पाँच हजारभन्दा बढी युवाको उत्साहजनक सहभागिता

‘काठमाडौँ युथ कन्क्लेभ २०२५’ : पाँच हजारभन्दा बढी युवाको उत्साहजनक सहभागिता

काठमाडौँ । राजधानीमा ‘काठमाडौँ युथ कन्क्लेभ २०२५’ भब्यताका साथ सम्पन्न भएको छ । युवामा उद्यमशीलता विकास, नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा सहयोग पु-याउने उद्देश्यले शनिबार राजधानीमा ‘काठमाडौँ युथ कन्क्लेभ २०२५’ आयोजना गरिएको थियो ।

युवाहरूलाई जोड्न र आवश्यक नेतृत्व, उद्यमशीलता विकास, व्यवस्थापकीय र औद्योगिक सीपहरूद्वारा सशक्त बनाउनको लागि एक आदर्श प्लेटफर्मको रूपमा कन्क्लेभले कार्य गरेको आयोजक पक्षले जनाएको छ ।
राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा शनिबार बिहानदेखि शुरु भएको कन्क्लेभमा करिब पाँच हजारभन्दा बढी विद्यार्थीको उपस्थिति रहेको थियो । कार्यक्रममा उद्यमशीलता, नेतृत्व र व्यवस्थापन सीप विकासबारे विभिन्न सत्रहरू सञ्चालन भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार हरिवंश आचार्यले राजनीतिक निराशा रहेपनि देशमै गर्न सकिने थुप्रै अवसरहरुबारे उपस्थित युवाहरुको ध्यानाकर्षण गराउनुभएको थियो ।
बुबाको मुख हेर्ने दिनको शुभकामना दिँदै उहाँले हरेक दिन बुबा आमालाई पुज्नपर्ने बताउनुभयो । बुबाआमाको सबैभन्दा ठूलो सपना भनेको नै छोराछोरी भएको भन्दै उहाँले भन्नुभयो – “बुबाआमा भनेको संसारमा कोहीसँग पनि हार्न चाहँदैनन् । तर आफ्नो सन्तानले सधैँ जितोस् भन्ने चहान्छ । फार्दश डे, मदर्श डे एकदिन मनाएर मात्र पुग्दैन । हरेक जीवनभर फादर्श र मदर्श डे मनाइरहनुपर्छ ।”
कार्यक्रममा ‘केवाईसी युथ आइकन’ सम्मान भ्लगर तथा सञ्चारकर्मी सिसन बानियालाई प्रदान गरिएको थियो । बानियालाई अक्षरूपी एक लाख रुपियाँ सहित सम्मानित गरिएको थियो । डिजिटल मिडिया, चलचित्र निर्माण तथा फोटोग्राफीमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान पु-याएको भन्दै आयोजकले उहाँको लगनशीलता र प्रतिबद्धताको प्रशंसा गरेका थिए ।
त्यस्तै, ‘गेष्ट अफ अनर’ को रुपमा एम.एम.ए खेलाडी रबिन्द्र ढाँटलाई सम्मान गरिएको थियो । ढाँटले हालै भारतमा आयोजित म्याट्रिक्स फाइट नाइट १७ मा उपाधि जित्दै पहिलो नेपाली फाइटर बन्ने ऐतिहासिक उपलब्धि हासिल गर्नुभएको थियो । उहाँको यो विजयलाई राष्ट्रिय गौरवका रूपमा प्रस्तुत गर्दै आयोजकले अनुशासन र संघर्षद्वारा सफलता सम्भव हुने सन्देश युवामाझ पुगेको कन्क्लेभका संयोजक राजु टण्डनले बताउनुभयो ।
यसैगरी, नेपाली कला र मनोरञ्जन क्षेत्रमा सक्रिय गायक दुर्गेश थापालाई ‘पर्फर्मर अफ द इयर’ सम्मान प्रदान गरिएको छ । गीत–संगीतमार्फत दर्शकको मन जित्दै नेपाली कला क्षेत्रमा निरन्तर योगदान दिइरहेको भन्दै उहाँको योगदानको उच्च कदर गरिएको संयोजक टण्डनको भनाई छ ।
‘काठमाडौं युथ कन्क्लेभ’ युनिभर्सल कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट र आर्यन स्कूल अफ इन्जिनियरिङ तथा म्यानेजमेन्टको संयुक्त आयोजनामा नेपाल प्रज्ञा–प्रतिष्ठानमा सम्पन्न भएको हो । युथ कन्क्लेभमा ख्यातिप्राप्त कलाकार, खेलाडी, लेखक, उद्यमी तथा सरोकारवालाहरूले आफ्ना अनुभव र प्रेरणादायी विचार प्रस्तुत गरेका थिए । गीत–संगीत, हास्यव्यंग्य, नृत्य र विद्यार्थीका प्रस्तुतिले सभाहललाई उत्साहमय बनाएको थियो ।
वि.स. २०७६ सालदेखि शुरु गरिएको कार्यक्रमको यो छैठौं संस्करण हो । यसलाई प्रत्येक वर्ष निरन्तरता दिइने आयोजकको भनाई छ ।
"युवाको उडान: काठमाडौँ युथ कन्क्लेभ २०२५" शनिबार राजधानीमा आयोजना हुँदै

"युवाको उडान: काठमाडौँ युथ कन्क्लेभ २०२५" शनिबार राजधानीमा आयोजना हुँदै

काठमाडौँ । युवामा उद्यमशीलता विकास, युवाको नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा सहयोग पु-याउने उद्देश्यले शनिबार राजधानीमा ‘काठमाडौँ युथ कन्क्लेभ २०२५’ आयोजना गरिने भएको छ ।
युवाहरूलाई जोड्न र आवश्यक नेतृत्व, उद्यमशीलता विकास, व्यवस्थापकीय र औद्योगिक सीपहरूद्वारा सशक्त बनाउनको लागि एक आदर्श प्लेटफर्मको रूपमा कन्क्लेभले कार्य गर्ने आयोजकको अपेक्षा रहको छ ।
युनिभर्सल कलेज, फिनिक्स कलज अफ म्यानेजमेन्ट र आर्यन स्कूल अफ इन्जिनियरिङ तथा म्यानेजमेन्टको संयुक्त आयोजनामा हुने कन्क्लेभले युवालाई उद्यमशीलता, नेतृत्व विकास, नेपालमा अवसर सिर्जना गर्ने, बौद्धिक पलायन रोक्ने र केही हदसम्म प्राज्ञिक विकासमा सहयोग पुग्ने कन्क्लेभका संयोजक राजु टण्डनले जानकारी दिनुभयो ।
विद्यार्थीहरूलाई सही करियरको बाटो खोज्न मद्दत गर्ने, आशाजनक स्टार्टअप उद्यमहरूलाई प्रवद्र्धन गर्ने, सामाजिक संलग्नता र पहुँचलाई प्रोत्साहन गर्ने, परम्परागत शैक्षिक प्रणालीमा आवश्यक परिवर्तनहरू ल्याउने, सेलिब्रेटीहरू र सरोकारवालाहरूलाई फराकिलो युवा स्रोताहरूसँग जोड्ने युथ कन्क्लेभको प्रमुख उद्देश्य रहेको छ ।
राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा शनिबार बिहान १० बजे सुरू हुने कार्यक्रममा कलाकार हरिवंश आचार्य प्रमुख अतिथिको रूपमा उपस्थित हुने आयोजक पक्षले जनाएको छ ।
एक्सपर्ट एजुकेशनको शीर्ष प्रायोजनमा करिब पाँच हजार विद्यार्थी सहभागी हुने उक्त कार्यक्रम कलेजद्वारा आयोजित सबैभन्दा ठूलो नेतृत्व मञ्च हुने आयोजकको अपेक्षा रहेको छ । विद्यार्थीलाई सही दिशानिर्देश गर्न, सामाजिक संलग्नतामा उत्प्रेरित गर्न र परम्परागत शिक्षण विधिमा आवश्यक परिवर्तन ल्याउन कन्क्लेभ सहयोगी बन्ने उहाँले बताउनुभयो ।
युवा विद्यार्थीहरूलाई उत्प्रेरित र प्रेरित गर्ने कार्यक्रम केवाइसी कन्क्लेभमा काठमाडौं उपत्यकासहित देशका मुख्य शहरवाट पनि विद्याथीले सहभागिता जनाउने भएका छन् । परम्परागत शिक्षण विधिमा आवश्यक परिवर्तन ल्याउँदै नयाँ विधिको प्रवद्र्धन गर्ने कार्यक्रमको उद्देश्य हो। यस्तै युवा विद्याथीहरुलाई पढाइका साथै उद्यमशीलता र व्यवसायिक विकासमा सघाउने तथा विभिन्न सेलिब्रेटी र अन्य विशिष्ट व्यक्तिको ज्ञान र अनुभवलाई युवावर्गसँग जोड्ने लक्ष्य कार्यक्रमको रहकेो छ ।
कार्यक्रममा गीत, संगीत, हास्यव्यङ्यसहित देशका ख्यातिप्राप्त व्यक्तित्वहरूले आफ्ना सफलताका कथा, ऊर्जा र उत्प्रेरणाका विचारहरू प्रस्तुत गर्ने छन् ।
कार्यक्रमबाट सरकारलाई युवा विद्यार्थीका माग र सरोकारका विषयमा गम्भीर बन्न आग्रह गरिने कार्यक्रम संयोजक टण्डनले बताउनुभयो । सम्मेलनबाट विद्यार्थीलाई देशप्रेमी बनाउन मद्दत गर्ने विश्वास लिइएको छ । युवामा विदेश मोह बढ्दै गइरहेका बेला स्वदेशमै प्रशस्तै सम्भावाना छन् भनेर उत्प्रेरणा थप्ने काम गरिने आयोजकको दाबी छ ।

कार्यक्रममा केवाइसी–२०२५ युथ आइकनवाट सिसन बानियालाई सम्मान गरिने भएको छ । यस्तै कार्यक्रममा एम.एम.ए खेलाडी रबिन्द्र ढाँट गेस्ट ओफ ओनरका रुपमा उपस्थित हुदै छन, चर्चित गायक दुर्गेश थापालाई पर्फमर अफ द इयर उपाधि प्रदान गरिदैछ । साथै एनसेलका प्रमुख कार्यकारी अधिकृत सईद मोहम्मद इनामुल कविर, नेपाल प्रहरीका ए.आ.जी. दान बहादुर कार्की, गायक भेक, खेम संग्रौला, हाँस्य कलाकार तथा टेलिभिजन प्रस्तोता सन्दीप क्षेत्री, क्यानका सचिव तथा नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का, निर्देशक तथा कोरियोग्राफर प्रदिप लामा, चर्चित -यापर ओ.एम.जी. स्पार्क, एल.जी वी.टी.क्यु. की अधिकारकर्मी तथा लेखक रुक्सना कपाली, नेपाली महिला क्रिकेट टिमकी इन्दु वर्मा, गायिका ओसीन कार्की, गायिका लक्ष्मी आचार्य लगायत अन्य नृत्य, मेरो देश मेरो उत्पादन अन्तरगत विभिन्न स्टलहरु, गेम जोन र विद्यार्थीका तर्फबाट विभिन्न प्रस्तुति रहने छन् । वि.स. २०७६ सालदेखि शुरु गरिएको कार्यक्रमको यो छैठौं संस्करण हो । प्रत्येक वर्ष निरन्तरता दिइने आयोजकको भनाइ छ ।
TikTok and NTB jointly announced a partnership to promote Nepal's extraordinary landscapes

TikTok and NTB jointly announced a partnership to promote Nepal's extraordinary landscapes



Kathmandu — TikTok and the Nepal Tourism Board (NTB) jointly announced a partnership today to promote Nepal's extraordinary landscapes, cultural heritage, and adventure experiences to a global audience. The initiative centers on #LifetimeExperiences, a creator-led campaign that will feature a dedicated in-app experience designed to help travelers discover the country's must-see destinations and hidden gems.

NTB and TikTok will work jointly with both local and globally renowned travel creators, inviting and supporting them to explore Nepal and document their journeys through captivating short-form videos that showcase the country's beauty and culture to audiences worldwide. Throughout the campaign, creators will publish content on TikTok, celebrating Nepal's rich natural beauty and its vibrant cultural heritage, including festivals, arts, cuisine, and community traditions, to help inspire future visitors to the country.

NTB will welcome the visiting creators to Nepal and coordinate in-country travel, hospitality, and expert guidance to ensure meaningful access to destinations and communities across Kathmandu valley and beyond. NTB will also invite notable public figures, artists, and cultural ambassadors to participate in campaign moments and events, amplifying the country's message to travelers at home and abroad.

To build momentum locally, TikTok will also partner with the NTB to conduct three capacity-building workshops in Nepal for domestic travel content creators, equipping them with practical skills in digital storytelling, audience growth, and brand collaborations. In parallel, TikTok will also train Nepali small and medium-sized enterprises and tourism operators on how they could effectively use TikTok to showcase their products and services to a wider audience on the platform.

Mr. Deepak Raj Joshi, Chief Executive Officer of the Nepal Tourism Board, said: "This partnership marks an exciting new chapter in how we share Nepal’s story with the world. By combining TikTok’s global reach with our country's immersive and transformative experiences, we are confident that this partnership will inspire more travelers to choose Nepal for their next travel destination."

Ferdous Mottakin, Head of Public Policy and Government Relations, South Asia at TikTok, said: "As a platform for discovery, TikTok is where a global community comes to find travel inspiration, and authentic recommendations for their next adventure. Nepal offers some of the most awe-inspiring natural landscapes and cultural encounters on the planet and we're excited to partner with the NTB to showcase the country's nature and cultural heritage and warm hospitality to the world."

Rolling out through the remainder of 2025, the collaboration will deliver a steady cadence of creator content on TikTok alongside a dedicated #VisitNepal in-app experience. The partnership will culminate in a #VisitNepal event in Kathmandu later this year, bringing together creators, tourism stakeholders, and cultural representatives to highlight and celebrate Nepal as a tourist destination.

मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत : प्रधानमन्त्री

मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत रहेको बताउनुभएको छ ।

राष्ट्रिय सूचना आयोगद्वारा आज आयोजित १९ औँ राष्ट्रिय सूचना दिवसलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक नागरिकले आवश्यक पाउनुपर्ने तर कानुनले गोप्य राख्नुपर्ने वा सरोकार नै नभएका विषयमा सूचना थुपार्नका लागि माग्ने अभ्यासको अर्थ आफूले नबुझेको टिप्पणी गर्नुभयो ।

“हामीले लामो संघर्ष गरेर लोकतन्त्र ल्याएको हो । स्वतन्त्रता र सूचनाको हकका जस्ता हकका लागि म आफै जेलनेल लडेर आएको हो । संविधानमा हामीले जानी बुझीकन मौलिक हकहरुको व्यवस्था गरेकाले त्यसको कार्यान्वयन गर्नुपर्छ भन्नेमा अहिलेको सरकार स्पष्ट  छ । हामी सबै फराकिलो, स्वतन्त्र र अनुशासित समाज चाहान्छौँ । परिपूर्ण लोकतन्त्र हाम्रो माध्यम हो, जसभित्र सूचनाको हकसहित सबै हक समावेश गरिएको हुन्छ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यहाँ मतलवै नभएको विषयमा पेसेवार सूचनाको हक माग्नेहरु छन् । व्यक्तिका गोपनीयता र अनुसन्धानका क्रममा रहेका विषयमा पनि सूचना पाउनुपर्छ भनेर ढिपी गर्नेहरु छन् । समाज र राज्यमा कतिपय विषय गोप्य नरहने भन्ने हुँदैन । हामीले सपथ ग्रहण गर्दा आवश्यक काम पर्दा बाहेक प्रकट वा व्यक्त गर्ने छैन भन्ने सपथ लिइएको हुन्छौँ । त्यसकारण हामी सबै आफ्नो अनुशासन र मर्यादामा रहँदै मौलिक हकको कार्यान्वयनमा लाग्नुपर्छ ।”

प्रधानमन्त्री ओलीले सरकार र सूचना आयोगबीच कुनै अधिकारको लडाइ र तानातान नरहेको बताउँदै मौलिक हकको कार्यान्वयनका क्रममा देखिएका समस्यालाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सामाजिक सञ्जाललाई दर्ता र करको नियमनमा ल्याउने  र समाजलाई व्यवस्थित गर्नुपर्नेमा सरकार स्पष्ट रहेको पनि बताउनुभयो ।

कार्यक्रममा सूचनाको हकका अभियन्ता, उत्कृष्ठ सूचना अधिकारी, पत्रकार, कर्मचारीलगायतलाई पुरस्कृत गरिएको थियो ।