विश्व अर्थतन्त्रमा अझै संकट कायम रहेकाले संयमित हुनुपर्ने

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विश्व अर्थतन्त्रमा अझै संकट कायम रहेकाले  संयमित हुनुपर्ने बताउनुभयो ।

आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेका नेपाली अर्थतन्त्रको अबको बाटो विषयक कन्फरेन्स तथा सेजन अवार्ड २०७९ कार्यक्रममा सम्बोधन गर्दै उहाँले भन्नुभयो – “२०७२ मा संविधान जारी भएपछिका तीन वर्ष मुलुकले उच्च आर्थिक वृद्धिदर हासिल गरेको थियो । हाम्रो पालामा आर्थिक समृद्धी हुन्छ भन्ने आशा पलाएको थियो । तर त्यसपछि कोभिड र राजनीतिक अस्थितरता सुरु भयो । विभिन्न कारणले उत्पादन लागत बृद्धि भइ मूल्यबृद्धि आकाशिएको छ ।”

उहाँका अनुसार विदेशी मुद्राको सञ्चिति घटेका कारण आयात प्रतिबन्ध लगाउनु परेको थियो । जसका कारण राजश्वमा असर परेको छ । आइएमएफले पनि अझै जोखिम बढ्न सक्ने देखाएको छ ।

यथाशीघ्र अर्थतन्त्रको कोर्ष करेक्सन गर्नुपर्ने उहाँले बताउनुभयो । यदि त्यसो गर्न नसक्ने हो भने अर्थतन्त्रमा ठुलो समस्या आउने उहाँको भनाई छ ।

उहाँका अनुसार आयात बढेको छ । व्यापारघाटा चुलिएको छ । डिजिटल अर्थतन्त्र र नवप्रवर्तनमा जोड दिनुपर्ने अवस्था छ । राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कले केहि सुधार देखाएको छ । तर चुनौती रहेको उहाँको भनाइ छ । उहाँका अनुसार टालेटुले काम गर्ने छुट छैन ।

योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले नेपालको नीतिमा तर्जुमा क्रममा महत्वाकाङक्षी नीति बनाउनु नै समस्या रहेको बताउनुभयो । उहाँका अनुसार आवश्यकता र सम्भावना भएको नेपाल जस्तो मुलुकमा केहि महत्वाकाङक्षी योजना पनि बन्नुपर्छ । तर  त्यसलाइ कार्यान्वयन गर्न नसक्दा नतिजा आउन सकेको छैन ।


SHARE THIS