राष्ट्रिय वाणिज्य बैंकको कार्ड होल्डरलाई केबुलकारमा छुट

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र अन्नपूर्ण केबुलकार प्रा.लि.बिच बैंकका डेबिट/क्रेडिट कार्ड होल्डरहरुलाई केवलकारको भाडा रकममा १० प्रतिशत छुट गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र अन्नपूर्ण केबुलकारका महाप्रबन्धक दिनेश पौड्यालले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता भएपश्चात कास्कीको पोखरामा रहेको अन्नपूर्ण केबुलकारमा यात्रा गर्दा बैंकका कर्मचारी तथा डेबिट/क्रेडिट कार्ड भएका ग्राहकहरुलाई केबुलकारले भाडा रकममा १० प्रतिशत छुट दिने छ ।

कार्यक्रममा बैंकका विभागीय प्रमुख सन्दीपजङ्ग कार्की, विभागीय उपप्रमुख अविता श्रेष्ठलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


SHARE THIS