काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स(नाट्टा)को अध्यक्षमा अच्युत गुरागाईं निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न नाट्टाको नयाँ कार्यसमितिको निर्वाचनमा गुरागाईंले कुल १५० मत प्राप्त गर्दै अध्यक्ष बन्नु भएको हो । उहाँका प्रतिस्पर्धी भीम प्रसाद पन्तले १२६ र मिहिका धाख्वाले १०९ मत प्राप्त गर्नुभएको थियो ।
नाट्टाको वरिष्ठ उपाध्यक्षमा विनय बस्नेत, उपाध्यक्षमा रमेश थापा र महासचिवमा सुधिर कुमार पौडेल महासचिवमा निर्वाचित हुनु भएको छ । सचिवमा जिस्व तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा कुमारमणी थपलिया र सहकोषाध्यक्षमा युविका भण्डारी विजयी हुनुभयो ।
त्यस्तै लक्ष्मी कार्की अधिकारी, गीता ढकाल, सुवर्ण श्रेष्ठ, हरिकुमार श्रेष्ठ, विष्णु कार्की, डेन्डी शेर्पा, राज कुमार देवकोटा, भरतजङ्ग पान्डे कार्यसमिति सदस्य चयन हुनु भएको छ ।