घरेलु तथा साना उद्योग महासंघ महालक्ष्मी नगर कमिटीले गर्‍यो महालक्ष्मी नगरपालिका नवनिर्वाचित प्रमुख उपप्रमुखको स्वागत

ललितपुर । नेपाल घरेलु तथा साना उद्योग महासंघ महालक्ष्मी नगर कमिटीले महालक्ष्मी नगरपालिका नवनिर्वाचित प्रमुख हरीगोपाल श्रेष्ठ र उपप्रमुख लक्ष्मी महर्जन स्वागत गर्दै लघु घरेलु तथा साना उद्यमबारे छलफल गरेको छ ।

नगर कमिटीका अध्यक्ष बसन्त महर्जनले दुबै जनालाई हार्दिक बधाई तथा शुभ–कामना दिंदै नगर कमिटी र नगरपालिकाबीचको रचनात्मक सहकार्यबाट औद्योगिक क्षेत्रको विकासमा धेरै कार्य गर्न सकिने प्रसस्त सम्भावनाहरु रहेको बताउनुभयो ।

तुलनात्मक लाभका क्षेत्रको अधिकतम उपयोग मार्फत स्वदेशमै उद्यम व्यवसाय सञ्चालन गरि युवापुस्तालाई वैदेशिक रोजगारीका लागि विदेशिनु पर्ने अवस्थाको अन्त्य गर्न लघु, घरेलु तथा साना उद्यम एउटा भरपर्दो माध्यम हुनसक्नेतर्फ उहाँले ध्यानाकर्षण गराउनुभयो ।

महालक्ष्मी नगरपालिका प्रमुख श्रेष्ठ र उपप्रमुख महर्जनले लघु घरेलु तथा साना उद्यम नै स्थानीय निकायका महत्वपूर्ण आर्थिक आधार भएको भन्दै साना व्यवसायीहरुसँगको सहकार्यबाट अगाडि बढ्ने बताउनुभयो ।

सो अवसरमा महासंघका अध्यक्ष उमेशप्रसाद सिंह, पूर्व अध्यक्ष सुरेश प्रधान, महालक्ष्मी नगरपालिका महिला समिति सभापति रचना श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।


SHARE THIS