सेयर बजार तीन हजारको विन्दु नजिक, कारोबार पनि बढ्यो

काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेर तीन हजारको विन्दु नजिक पुगेको छ । उतारचढावमा रहेको सेयर बजार तेस्रो दिन फेरी दोहोरो अंकले उकालो लागेको छ भने तेस्रो दिनको कारोबार रकममा पनि सुधार आएको छ ।

मङ्गलबार सेयर बजार मापक नेप्से परिसूचक १९.२९ अंकले उकालो लागेर २८९१.३३ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स पनि ३.९८ अंकले उकालो लागेर ५४२.९० को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा तेस्रो दिन सेयर बजार ०.६७ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि ०.७४ प्रतिशतले उकालो लागेको छ ।

एकाएक उछालिएको सेयर बजारको सुधार एक दिन पनि टिक्न सकेको थिएन । साताको पहिलो दिन एकाएक  सय अंकले उकालो लागेको बजार फेरी गिरावटतर्फ लागेको थियो ।

सोमबार सेयर बजार मापक नेप्से परिसूचक १३.०५ अंकले ओरालो लागेर २८७२.०५ को विन्दुमा पुगेर रोकिएको थियो । सेन्सेटिभ इन्डेक्स भने ०.३९ अंकले उकालो लागेर ५३८.९३ को विन्दुमा पुगेर रोकिएको थियो । समग्रमा सोमबारको सेयर बजार ०.४७ प्रतिशत र सेन्सेटिभ इन्डेक्स भने ०.०७ प्रतिशतले उकालो लागेको थियो ।

मङ्गलबार दिनभर २२३ कम्पनीहरुको एक करोड २१ लाख ६७ हजार ६०५ कित्ता सेयर ८० हजार ८२९ पटक कारोबार हुँदा छ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ४० करोड रुपियाँले बढी हो ।

सोमबार दिनभर २२५ कम्पनीहरुको एक करोड एक लाख पाँच हजार ६६९ कित्ता सेयर ६९ हजार ७७० पटक कारोबार हुँदा पाँच अर्ब १५ करोड ४१ लाख ७७ हजार ५९८ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

मङ्गलबार ३९ करोड एक लाख ४१ हजार रूपियाँ बराबरको सेयर कारोबार भएर नेशनल हाइड्रोपावर कम्पनी सर्वाधिक कारोबार हुने कम्पनी बनेको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३७.१४ करोड, अपि पावर ३५.८ करोड, अपर तामाकोशी ३४ करोड, एचआईडिसीएलको ३० करोड, अरुण काबेली २४ करोड, आइएमई जनरल इन्स्योरेन्स २० करोड, फरवार्ड लघुवित्त १७.६७ करोड, जीवन विकास लघुवित्त १२.७९ करोड र नेपाल लाइफको ९.३४ करोड रुपियाँको सेयर खरीद बिक्री भएको छ ।

मङ्गलबार कारोबार आएका कूल १३ उपसमूहगत सूचकमध्ये नौ वटाको सूचक उकालो लागेको छ भने चार वटाको ओरालो लागेको छ । लगानीकर्ताको आकर्षण सबैभन्दा धेरै हाइड्रोपावर समूहमा परेको छ । सो सूचक ३.२२ प्रतिशतले बढ्दा विकास बैंक १.६१ प्रतिशत, म्युचुअल फण्ड १.५० प्रतिशत, फाइनान्स १.४८ प्रतिशतले बढेको छ । व्यापार सूचक ०.५३ प्रतिशतले घट्दा होटल, उत्पादन र जीवन बीमाको सूचक पनि सामान्य घटेको छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा मङ्गलबार पनि सकारात्मक सर्किट लागेको छ । चालु आवको पहिलो त्रैमासमा २९ रुपियाँ ऋणात्मक प्रतिसेयर आम्दानी रहेको लघुवित्तको सेयरमा कारोबारीहरुले मूल्य उचाल्दा सेयरमूल्य १७१८.१० रूपियाँ पुगेको छ ।

केही दिन अगाडि दोस्रो बजारमा कारोबारमा आएको बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरको आपूर्ति कम हुँदा सो कम्पनीको सेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेर ६७८ रूपियाँ पुगेको छ ।

नेशनल हाइड्रोपावर ७.५० प्रतिशत, फरवार्ड लघुवित्त ७.२५, युनाइटेड मोदी हाइड्रोपावर ५.९५ प्रतिशत, मैैलुङ्गखोला ५.५२ प्रतिशत, साहस उर्जा ५.४५ प्रतिशत, अरुण भ्याली हाइड्रोपावर ५.४३ प्रतिशत, युनियन हाइड्रोपावर ४.८७ प्रतिशत र हिमाल दोलखा हाइड्रोपावरको ४.६४ प्रतिशतले सेयरमूल्य बढेको छ ।

नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य ३.१७ प्रतिशतले घटेर प्रतिकित्ता १२२० रूपैयाँमा झरेको छ । मेरो माइक्रोफाइनान्स २.२८, सिभिल लघुवित्त २.१२, अजोड इन्सयोरेन्स २.०४, र ग्लोबल आइएमई लघुवित्तको सेयरमूल्य दुई प्रतिशतले घटेको छ ।


SHARE THIS