अब अक्सिजन उद्योग सञ्चालन गर्न पाइने भयो आधारदरमै ऋण

काठमाडौं । पछिल्लो समय कोरोना भाइरस संक्रमण उच्च भइरहेका बेला अभाव भइरहेको अक्सिजन आपूतिका लागि बैंकहरुले सघाउने भएका छन् । 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको चालु आर्थिक वर्ष २०७७÷७८ को तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक गर्दै कोरोना भाइरसको दोस्रो लहरको संक्रमण ह्वात्तै बढेपछि चर्चामा रहेको अक्सिजन उत्पादनका लागि उच्च प्राथमिकताका साथ प्याकेज ल्याएको छ ।

अक्सिजन उत्पादन गर्न चाहने उद्योगी तथा व्यवसायीलाई बैंकहरुले आधारदरमै ऋण उपलब्ध गराउने गरी व्यवस्था गरेको राष्ट्र बैंकले समिक्षामार्फत पछिल्ला दिनमा उच्च माग रहेको अक्सिजन उद्योग स्थापनाको लागि सहुलियत दरमा ब्याजदर दिने नीतिगत निर्णय गरेको हो ।

सञ्चालनमा रहेका स्वास्थ सेवा प्रदायक, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्ट स्थापनाका लागि ५० करोडसम्म तथा अक्सिजन प्लान्ट स्थापनाका लागि २० करोडसम्मको कर्जालाई एक वर्षको विशेष पुनर्कर्जा उपलब्ध गराउने पनि राष्ट्र बैंकले जनाएको छ ।


SHARE THIS