टेलिकमको प्रति सेयर ४५ रुपियाँ लाभांश

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई   आर्थिक वर्ष २०७५।७६ को मुनाफाबाट प्रति शेयर ४५ रुपियाँका दरले  नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मंगलबार सम्पन्न  १२औँ वार्षिक साधारण सभा उक्त प्रस्ताब पारित गरेको हो ।
 साधारणसभाले कम्पनीको लेखा परीक्षणका लागि चार्टर्ड एकाउण्टेण्ट प्रकाश जंग थापा र अच्युतराज जोशीलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजको पारिश्रमिक समेत पारित गरेको  जनाएकोछ । 

कम्पनीले आर्थिक वर्ष २०७५÷७६ मा कर तथा गैरकरवापत सरकारी राजस्वमा ३३.३१ अर्ब रुपियाँ दाखिला गरेको साधारण सभामा जानकारी गराइएको छ । 
 त्यस्तै, कम्पनीको भ्वाइस र डाटा सेवाको बजार हिस्सा क्रमशः ३.९३ र ४.७५ प्रतिशतले वृद्धि भई ५४.८३ र ४८.४१ प्रतिशत पुगेको पनि साधारण सभामा जानकारी गराइएकोछ । त्यस्तै कम्पनीले कुल राजस्व र नाफा क्रमशः रू. ४३.८४ अर्ब र रू. ९.७६ अर्ब कायम गर्न सफल भएको जानकारी दिनुभयो । 
साधारण सभाले पारित गरेको  लाभांश रकम  बुधबारदेखि एनएमबी बैङ्कमार्फत वितरण गर्ने ब्यवस्था  गरेको जानकारी गराएको छ ।


SHARE THIS