विश्वव्यापी रूपमा अर्थतन्त्रको मुख्य इञ्जिन हो आइसिटी


नारायण न्यौपानेआइसिटीविज्ञ

निरन्तरको मेहनत, कामप्रतिको लगाव इमान्दारीता नै सफलताका आधार हुन भन्ने कुराको गतिलो उदाहरण बन्नुभएको आइसिटीविज्ञ तथा कम्प्युटर एशोसिएसन नेपाल महासंघका पूर्व उपाध्यक्ष नारायण न्यौपाने नेपालमा सूचना प्रविधिको क्षेत्रमा झण्डै दुई दशकको अनुभव संगाल्नुभएका उहाँले कामलाई सम्मान गर्नुहुन्छ इमानदारीता नै उहाँको पहिलो शर्त हो काम गर्न उमेर होइन इच्छाशक्ति चाहिन्छ भन्ने विश्वको भोगाइले यही पाठ सिकाउँछ
रोम एकै दिनमा बनेको थिएनभन्ने चर्चित फ्रेञ्च भनाइ संसारभर प्रसिद्ध यो भनाइसहीवागलतभन्ने विषयमा आज पनि जमेर चर्चा हुने गर्छ प्रसङ्गअनुसार यसको अर्थ फरक हुन सक्छ तर, यसले बोकेको भाव भने स्पष्ट उत्कृष्टताका लागि समय अवश्य लाग्छ नारायण न्यौपानेको जीवन पनि यो भावसँग धेरै नजिक देखिन्छ उहाँको यात्रालाई बुझेपछि ठोकुवा गर्न सकिन्छएउटा सफल व्यक्ति बन्न एक दिन पर्याप्त छैन भने रोमजस्तो संस्कारयुक्त, पुरातात्विक महत्वको शहर एक दिनमा बनेको हुँदै होइन नेतृत्व लिने, कुनै काममा निरन्तर लागि पर्ने नारायणको सानैदेखिको स्वभाव हो रुपन्देहीको साविकको दुधरक्षा गाविसमा जन्मिएका उहाँको विद्यालय शिक्षाको यात्राले धेरै ठाउँको अनुभव पाएको उहाँलाई पुख्र्याैली पेशा कृषि व्यवसायले कहिल्यै आकर्षित गर्न सकेन बाबुबाजेको पदचापलाई चटक्क छोडेर उहाँले अहिले एउटा छुट्टै मार्गमा आफुलाई हिंडाइरहनुभएको उच्च शिक्षाका लागि राजधानीमा आएका नारायणलाई सूचना प्रविधिमा रूचि बढ्दै थियो उहाँले भनेको जस्तो माहौल पनि बन्दै गयो उहाँका अनुसार आफ्नो कम्पनी, व्यवसाय उत्पादनप्रति सुरुमा आफूलाई लगाव हुनु जरुरी हुन्छ जहाँ मन बस्दैन त्यहाँ काम गर्नुको अर्थ छैन दियर इज नो सब्ष्टिट्यूट फर हार्डवर्क’ (कडा परिश्रमको कुनै विकल्प छैन), प्रसिद्ध वैज्ञानिक थोमस एल्बा एडिशनको कामप्रतिको धारणा हो यो आखिर मेहनत गर्नेहरूका लागि काम नै सबैथोक हो काम गर्नेहरू नाम खोज्दैनन् बरु काम नै उनीहरूको परिचय बनेको हुन्छ कामलाई आफ्नो परिचय बताउने एउटा नाम पनि हो नारायण न्यौपाने सूचनाप्रविधिमा पनि फरक परिवेश जिम्मेवारीमा अहिलेसम्म आधा दर्जनभन्दा बढी क्षेत्रमा कामको अनुभव सँगाल्नुभका न्यौपाने भन्नुहुन्छपरिवेश जस्तोसुकै होस कामको जिम्मेवारीलाई सधैं उच्च महत्व दिन्छु विद्यार्थीकालदेखि नै अलिक हक्की स्वभावका उहाँ आफ्नो निर्णयलाई नै प्रायः अन्तिम निर्णयको रूपमा लिने गर्नुहुन्छ सल्लाहसुझाव लिए पनि निर्णय भने आफै गर्ने उहाँको बानी आफ्नो यो स्वभाव अझै पनि उस्तै रहेको बताउने उहाँ जुनजुन क्षेत्रमा काम गर्नुभयो, त्यहाँ आफ्नै निर्णय अनुसार नै अघि बढ्ने प्रयास गर्नुभयो जहाँनिर उहाँलाई निर्णयमा बन्देज भएजस्तो लाग्थ्यो, त्यसअघि नै उहाँ आफ्नो कामलाई त्यत्तिकैमा पूर्णविराम लगाउनुहुन्थ्यो निर्भीक स्वभावका व्यक्ति न्यौपानेले आफु आफ्नो संस्थाको हितका लागि निर्णय लिँदा वास्तविकतालाई बुझ्ने बानी
नेपालजस्तो देशमा सामान्य पारिवारीक पृष्ठभूमिमा जन्मे हुर्केर पनि आफ्नो छुट्टै पहिचानका लागि एउटा व्यक्ति संघर्षलाई कर्म मानेर अघि बढ्दै आएको त्यो कर्मलाई उहाँले प्रतिष्ठासँग जोड्नुभएको , त्यसैले न्यौपाने नेपालको सरकारी क्षेत्रहुँदै निजी क्षेत्रसम्म एउटा सफल व्यक्तित्वमा परिणत हुनुभएको सूचना प्रविधि समाज नेपालको संस्थापक, कम्प्युटर एसोसिएसन महासंघको विभिन्न जिम्मेवारीहुँदै वरिष्ठ उपाध्यक्षलगायत विभिन्न जिम्मेवारी भूमिकालाई कुशलतापूर्वक सम्हाल्नुभएको न्यौपानेले निरन्तर प्रयासबाट सफलता प्राप्त गर्न सकिन्छ भन्ने एक सफल उदाहरण बनेका न्यौपानेसँग गरिएको विशेष कुराकानी
नेपालमा आइसिटीको विकासक्रमलाई यहाँले कसरी नियालिरहनुभएको ?
आइसिटीलाई अहिले विश्वव्यापी रूपमा अर्थतन्त्रको मुख्य इञ्जिनका रूपमा हेर्ने गरिएको सबै आइसिटीको विकास विना केही कुरा पनि सम्भव छैन भनेर लागिरहेका छन् पछिल्लो समयमा भियतनाम, फिलिपन्सि, बंगलादेश, श्रीलंका, भारत, भुटानकै उदाहरण हेरौं उनीहरूले आइसिटीको उपयोगितालाई व्यापक बनाएका छन त्यसको प्रतिफल विकास निर्माणदेखि दैनिक जीवनसँग जोडिएको नेपाल पनि आइसिटीको विकास विस्तारका लागि उर्बर भूमि हो तर सोचे अनुरूप यसको विकास हुन सकेको छैन
आइसिटीको प्रयोग, अवस्था, सम्भावनालगायतका विषयमा तपाइको विचार के नि ?
विभिन्न कारणहरुले आइसिटीको प्रयोग अहिलेको समाजको लागि आधारभूत विषय भइसकेको यो विषय क्षेत्रले धेरैनै सम्भावना बोकेको तर हाम्रो यस प्रतिको अवस्था विगत १० वर्षदेखि एउटै परिधिमा घुमिरहेको वर्तमान विश्व परिस्थिती हाम्रो क्षमतालाइ हेर्ने हो भने हाम्रो विकाशको आधार सूचना प्रविधिमात्र हो भन्छु हाम्रो देशमा धेरै क्षेत्रका धेरै विषयमा कुरा भयो तर सूचना प्रविधिका विजनेश स्टार्टअप युवाहरुका लागि अवसर सृजना गरी नेपाललाई सूचना सञ्चार प्रविधिको वैकल्पिक गन्तव्यको रुपमा स्थापित गर्न सके यसले देश विकाश गर्न ठूलो मद्दत गर्छ
सूचना÷प्रविधिको प्रयोगमा सरकारी निकायहरू अझै पछि नै छन् किन होला ?
देश विकासका लागि सूचना÷प्रविधि आधारभूत आवश्यकता हो तर नयाँ नेपालमा अरू विषयलाई महत्व दिनु परेर हो कि किन हो यसलाई सरकारले प्राथमिकतामा राखेको देखिँदैन अरूले प्रयोग गर भनेर दिएको प्रविधि पनि ल्याइँदैन अर्काले आविष्कार गरेको प्रविधि प्रयोगसम्म गर्न नसक्नु दुर्भाग्य हो
गाउँगाउँमा सूचना÷प्रविधिको विस्तारका लागि के गर्नु आवश्यक ?
यसका लागि प्रविधिबारे जानकारी आर्थिक समृद्धि दुबै चाहिन्छ चेतनामूलक कार्यक्रम दिने हाम्रो कर्तव्य हो नेपालीको क्रयशक्ति सुहाउँदो प्रविधि भित्र्याउने जिम्मेवारी पनि हाम्रै हो तर आर्थिक समृद्धिको पाटोमा सरकार नै नलागी केही हुँदैन
यो क्षेत्रले सरकारको तर्फबाट कतिको सहयोग पाएको जस्तो लाग्छ ?
सरकारबाट यो क्षेत्रले धेरै सहयोग पाउन सकेका छैन भियतनाम लगायत अन्य केही देशहरूमा सूचना÷प्रविधि तथा सञ्चारमा निकै राम्रो लगानी सूचना÷प्रविधिको क्षेत्रले मात्रै देशको जीडिपीमा दोहोरो अंकको हिस्सा ओगटी रहेको तर, नेपालमा त्यो अवस्था खोई सरकारले निर्माण गर्न सकेको ? क्यान महासंघलगायतका निजी क्षेत्रका संस्था आधिकारिक संस्था होइनन् तर पनि सूचना तथा सञ्चारको क्षेत्रलाई अघि बढाउने काममा लागिनै रहेका छन् सूचना प्रविधिको क्षेत्रमा सरकारी निकाय नै सक्रिय भएको खण्डमा देशमा निकै ठूलो फड्को मार्न सकिने उदाहरण हामीले भीयतनाम लगायत अन्य देशहरूबाट पनि लिन सकिन्छ सरकारले यस क्षेत्रमा किन लगानी गर्न सकेको छैन् वर्षेनी सूचना तथा सञ्चार प्रविधिका नेपालमा उत्पादन हुने जनशक्तिलाई खोई ठाऊँ ? उनीहरू यहाँ काम नपाएर बाहिरिने क्रम निकै ठुलो जनशक्तिलाई बाहिरिन नदिन सरकारले कदम चाल्नुपर्ने हो तर, सरकारले केही गर्न सकिरहेको हामीले सरकारले बारम्बार घचघच्याउने काम पनि गरिनै रहेका छौ तर, परिणाम भने केही आउन सकेको छैन्
सरकारले के गर्नुपर्छ भन्ने ठान्नुहुन्छ ?
आजको युगमा सूचना, सञ्चार तथा प्रविधि (आईसीटी)बिना विकासका कुनै पनि आयाम सम्भव छैन यसैको सहयोगले विकसित मुलुकहरू आजको स्थानमा पुगेका हुन् हाम्रो जस्तो विकासमा अझै पनि पछि परेको मुलुकका लागि यसको महत्व आवश्यकता झन् धेरै रहेको राज्यले नै यस क्षेत्रको विकास गर्न खास किसिमको लगानी कार्य गर्नुपर्छ तर, नेपालमा अहिलेसम्म पनि राज्यका तर्फबाट आईसीटीलाई हेर्ने दृष्टिकोण नै प्रभावकारी हुन सकेको छैन त्यसले गर्दा यो क्षेत्रको यथोचित विकास हुन सकेको छैन कमजोरी कहाँनेर देखिन्छ भने नीतिनिर्माण तहका जिम्मेवारहरुले आईसीटीलाई विकासको मूल आधारसँग जोडेर हेर्न सकेका छैनन् यसलाई नीतिगत तहबाटै काम गर्नु अहिलेको पहिलो आवश्यकता हो
अब प्रसङ्ग बदलौं, यहाँको बारेमा बताइदिनुस जन्म, जन्मस्थान पढाई, करिअर, संघर्षका दिन हुँदै अहिलेको अवस्थामा कसरी आइपुग्नुभयो ?
रुपन्देही वि. सं २०३८ साल सामान्य परिवारमा पिता मोतिलाल माता मोलिकलाको कोखबाट मेरो जन्म भएको हो अध्ययनको शुरुवात गाउँको प्राथमिक विद्यालय हालको रुपन्देही जिल्ला सैनामैना नगरपालिकामा रहेको  कालिका भवानी प्रा. वि. माध्यामिक स्तरको अध्ययन रामापुर मा वि बाट विद्यालयस्तरीय अध्ययन गरेको हुँ विज्ञानमा प्रविणता प्रमाणपत्र तह त्रिचन्द्र कलेज काठमाडौंबाट, पूर्वाञ्चल विश्वविद्यालयबाट सूचना प्रविधिमा स्नातक, सिक्किम मनिपाल विश्वविद्यालयवाट सूचना प्रविधिमै स्नातकोत्तर तथा सूचना प्रविधिका विश्वस्तरीय विभिन्न चार प्रमाणपत्रहरु प्राप्त गरेको छु करिअर २००८ देखि सूचना प्रविधिमा विभिन्न कम्पनीहरुमा काम गर्न शुरु गरेको हुँ हाल एक बहुराष्ट्रिय कम्पनीमा सफ्टवेयर विषेशज्ञको रुपमा कार्यरत करिअरकै सिलसिलामा केहि कम्पनी सञ्चलन समेत गरियो लगातार सूचना प्रविधि प्रतिको लगाव त्यसप्रतिको कार्य, मेरो परिवार मेरा सहयोगी साथिहरुको निरन्तरको सहयोगले मात्र अहिलेको अवस्थामा आइपुग्न सम्भव भएको हो
के के संस्थामा आवद्घ हुनुहुन्छ ? सामाजिक काम पनि उल्लेख गरिदिनुस ?
सूचना प्रविधि समाज नेपाल समाज नेपालको संस्थापक अध्यक्ष सन् २००३, कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान) हालको  कम्प्युटर एसोसियसन नेपाल (क्यान) महासंघमा सन् २००७ मा कार्यसमिति सदस्य, २००८ मा सचिव, २०१० मा क्यानको महासचिव, २०१२ देखि २०१५ मा उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेको छु सूचना÷प्रविधि सुरक्षण आकस्मिक पहँच समुह नेपाल (आइटिसर्ट एन पी) को संस्थापक महासचिवमा २०१५, सन् २०१२ मा नेपाल सरकार, विज्ञान प्रविधि मन्त्रालय अन्र्तगत, विज्ञान प्रविधि मन्त्रालय पुनःसंरचना सुझाव कार्यदलमा सदस्य, सन् २०१२ देखि २०१६ सम्म नेपाल सरकार सूचना÷प्रविधि विकास समितिको बोर्ड सदस्य जस्ता पदमा रही सूचना÷प्रविधिका क्षेत्रमा निजी क्षेत्रको तर्फबाट सरकारमा प्रतिनिधित्व गरिसकेको छु
अहिले मुलुकमा युवाहरूको अवस्था कस्तो देख्नुभएको ?
मैले तीन प्रमुख कारणहरु देखेको छु जसले गर्दा मुलुकमा युवाहरूको अवस्था सहज होइन जटिल नै निकट भविष्यमा समेत राम्रो अवस्था देख्दिन
पहिलो देशमा रहेका युवाहरु उत्पादन मूलक काम भन्दा राजनितिमा मात्र भविश्यमा देखेर होला यो वा त्यो दलको रुपमा क्रियाशील तथा सक्रिय सदस्य भएका छन् दोस्रो देशमा रोजगारीका अवसर निकै कम भएकोले विदेशमा श्रम गर्नु पर्ने बाध्यता तेस्रो केहि गर्न खोज्ने युवाहरु समेत उचित वातावरण नपाएका  कारण केहि समयमा निराश हुने गरेको देखेको छु
तपाई यो क्षेत्रमा लागेकोमा अहिले कुनै पछुतो कि गर्व महसुस भएको ?
आम विद्यार्थीलाइ प्रविणता प्रमाणपत्र तह तथा + पास भइसकेपछि मैले अब के पढ्ने कहाँ जाने भन्ने द्धिविधा हुन्छ जस्तो लाग्छ मलाई मलाई समेत काठमाडौंमा प्रविणता प्रमाणपत्र तह पढ्दै गर्दा सन् २००१ ताकाको कुरा हो त्यस्तै भएको थियो यसै बीचमा नेपालमा नयाँ विषयको रुपमा पूर्वाञ्चल विश्वविद्यालयवाट सूचना प्रविधिमा स्नातक विषयको अध्यायपन शुरु भयो धेरै निजी क्याम्पसहरूले सम्बन्धन लिए त्यसताका कम्प्यूटर तालिममा देशव्यापी सञ्जाल भएको कलेज अफ सफ्टवेयर इन्जिनियरिङ समेत शुरु गरेकोले त्यहाँ भर्ना भए पूर्वाञ्चल विश्वविद्यालयको सूचना प्रविधिको स्नातकको पहिलो ब्याचको रुपमा त्यो नै सूचना प्रविधिमा मेरो करिअरको रुपमा आधिकारीक शुरुवात हो त्यसअघि आधारभुत कम्प्युटर तालिम मात्रलिएको थिए जसले मलाई कम्प्युटर विषय प्रतिको रुचि बढाएको थियो त्यति बेला जो निर्णय लिइयो त्यो मेरा लागि गर्वको विषय भइरहेको पछुतोको कुनै कल्पना समेत छैन मलाई
यहाँ कुनै पुरस्कारबाट पुरस्कृत या विभूसित हुनुभएको भने बताइदिनुस ?
वि.सं २०५४ सालमा देशव्यापी निबन्ध प्रतियोगितामा प्रथम, वि.सं २०५७ सालमा देशव्यापी एल्बम प्रतियोगिता, आइसिटीमा युवा २०७२ अवार्ड, युथ आइसिटी मोटिभेटर अवार्ड २०७२, आइसिटीमा युवा नामक अवार्डलगायतका पुरस्कारबाट सम्मानित भएको छु
तपाई सम्वद्घ कम्पनीको बारेमा बताइदिनुस ?
हाल एक बहुराष्ट्रिय कम्पनीमा करिव दुइलाख बिषेशज्ञको विचमा सफ्टवेयर विषेशज्ञको रुपमा कार्यरत छु
आइसिटीको प्रयोगबाट अन्य मुलुकको तुलनामा नेपाल वामे सर्दैछ किन होला ?
आइसिटीको प्रयोग यसको विकाश बिस्तार प्रवद्र्घन नेपालमा १५ वर्षदेखि वामे सर्दैछ यो अझै पनि हिंड्न सक्ने अवस्थामा छैन यसका कारणहरु देशको आइसिटी सम्बन्धि नीति तथा कार्यक्रमहरु, सरकारमा जाने राजनीतिक दलहरु तिनका नेताहरुमा यसको ज्ञानको कमी यस क्षेत्रमा काम गर्ने संघ संथाहरुमा नेतृत्व अभाव, बजेट तथा कार्यक्रमहरु हुन जस्तो लाग्छ
यदि तपाइ निर्णायक ठाउँमा पुग्नुभयो भने के गर्नुहुन्छ आइसिटीको विकासका लागि ?
दुई वटा मात्र काममा केन्द्रित हुन्छु होला जस्तो लाग्छ पहिलो आइसिटीको प्रयोग यसको विकाश विस्तार प्रवद्र्घनमा लाग्ने सबै सरोकारवालाहरुको सहयोगीको रुपमा कार्य गर्दैं यो देश विकासको मेरुदण्ड हो भन्ने विषय स्थापित गराउने दोस्रो आइसिटी भनेको इण्डियन चाइनिज टेक्नोलोजी भन्ने तथ्यलाइ मध्य नजर राख्दै देशलाइ सूचना संचार प्रविधिको क्षेत्रमा ति देशको बैकल्पिक गन्तब्यको रुपमा विश्वसामु स्थापित गर्न नीति निर्माण तथा कार्यान्वयन गर्ने यति दुई कुरालाई मात्रै कार्यान्वयन गर्न सकियो भने आइसिटी क्षेत्रको विकास हुने मात्र नभई मुलुकको अर्थतन्त्रलाई पनि यसले दौडाउने कुरामा शंका छैन
तपाईका भावी योजना के छन ?
निकट भविष्यमै प्रविधिको प्रयोग गरि विश्वभर रहेका नेपालीहरु जसले आफ्ना बालबच्चाहरुलाई नेपाली भाषा सिकाउन खोज्नु भएको तर विभिन्न कारणले त्यसको जोहो गर्न सकिरहनु भएको छैन खासगरी उहाँहरुलाई लक्षित गरी अन्य जसले नेपाली भाषा सिक्ने इच्छा राख्नुहुन्छ सबैका लागि भर्चुअल क्लास मार्फत सिकाउने कार्यको शुरुवात गर्ने कामको तयारी अन्तिम चरणमा पुगेको
अर्को विश्व प्रविधि बजारमा नेपालको पनि उपस्थिती जनाउनु आवश्यक भन्ने सोंच बनाएको छु यसका लागि चाहिने कामका लागि व्याक्तिगत तवरबाट गर्न सकिने आउटसोर्सिङको काम, युवाहरुको लागि लक्षित तालिम तथा रोजगारीको परमर्शको काम थाल्ने सोच बनाएको छु
मुलुकको उद्योग, विकास÷निर्माण क्षेत्रलाई यहाँले कसरी हेरिरहनुभएको ?
मुलुकको उद्योगले आन्तरिक मागलाई समेत सम्बोधन गर्न सकेको छैन विकास÷निर्माण केहि समय यता आएर शुरु हुने सुस्त गतिका केहि लक्षणहरु देखिन्छन् तर यति धेरै राजनितिक दल, तिनका कार्यकर्ता, स्थानीय निकाय, सरकारी कर्मचारी सबैको लक्ष एउटै एकले अर्काको खुट्टा कसरी तान्ने, आफ्नो बसमा काम कसरी पार्ने लाभ कसरी उठाउने त्यसैले आम युवाको मनमा जस्तै मेरो मनमा पनि असन्तुष्टि धेरै नै कत्तिको जिविकोपार्जन भनेकै राजनीति संघ÷संस्थाहरु छन त्यसैलेै मुलुकको उद्योग, विकास÷निर्माण क्षेत्र सहज बन्न सकेको छैन तर सम्भावना कुनै कूनै बहानामा उद्योग, विकास÷निर्माण क्षेत्रलाइ बढावा दिनैपर्छ
नेपालमा केही छैन भनेर तुच्छ कामका लागि विदेशिने युवाहरूलाई के सल्लाह दिनुहुन्छ ?
यसमा मेरो साेंच बेग्लै , कामलाई तुच्छ भन्दिन यो रहर भन्दा बढि वाध्यता हुनसक्छ आम नेपालीका लागि तर विदेशिनु भन्दा अघि युवाहरूलाई सूचना संचार प्रविधिमा अलिकति पनि रुचि भने एउटा सल्लाह दिन सक्छु अंग्रेजी बोल्न लेख्न जान्ने हुन जरुरी आफूलाइ सूचना सञ्चार प्रविधि भित्र के तालिम ठिक लाग्छ त्यो हेर्नुस खोज गर्नुस सामान्य तालिमहरु लिनुस सूचना सञ्चार प्रविधिमा के भइरहेको त्यसमा जानकार हुनुपर्छ एउटा इन्टरनेट कनेक्सन गरि कम्प्युटरबाट विश्व आउटसोर्सिङ बजारमा छिरेर हेर्नुस यो कदम जीवन परिवर्तन गर्ने एउटा सुत्र हुन सक्छ विदेशिनु नै भने पनि यस प्रविधिलेनलेज वर्करबनाउन सक्छ
नेपालमै केही गर्ने इच्छाशक्ति बोकेकाहरूलाई के के सफलताका टिप्स दिनुहुन्छ ?
नेपालमा केहि छ्रैन केहि गर्न सकिन्न भन्ने होइन अथाह सम्भावनाहरु छन् आफूभित्र भएको गुणलाइ पहिचान गरेर त्यसैमा रहि काम ¥यो भने जीवन परिवर्तन त्यहींबाट हुन्छ भन्ने बुझे सफल भइन्छ त्यसैले निरन्तर सकारात्मक सोच राखि काम गर्नेहरु सफल हुन्छन् नेपालमैे केही गर्ने इच्छाशक्ति भए हामीसँग भएको ज्ञान सीप त्यसका लागि प्रयाप्त त्यसको सहि कार्यान्वयन गर्नु पर्छ विश्वभर विभिन्न स्थानमा नेपालीहरुले सहि वातावरणकै आधारमा धेरै काम गर्न सफल छन भने नेपालमै पनि त्यो सम्भव तर निरन्तर अध्ययनको जरुरी
अन्त्यमा नेपाललाई सूचना सञ्चार प्रविधिको वैकल्पिक केन्द्रको रुपमा स्थापित गर्न सकिन्छ ?
सूचना सञ्चार प्रविधिका क्षेत्रमा काम गर्ने विभिन्न देशमा कार्यरत नेपालीहरु जो यस क्षेत्रमा संसारका प्रतिष्ठित कम्पनीहरुमा काम गरिरहनु भएको व्यवसाय सञ्चालन गर्नु भएको उहाँहरुसँग समन्वय गरि सानो समुहबाट शुरुवात गरि नेपाललाई सूचना सञ्चार प्रविधिको वैकल्पिक केन्द्रको रुपमा स्थापित गर्ने मुख्य उद्देश्यका साथ यस वर्षदेखि कार्यक्रमहरु गर्ने कामको शुरुवात गर्ने कामको थालनी गरिएको अब केहि समयमै यसको औपचारिक शुरुवातको जानकारी हुनेछ   नेपाल सूचना सञ्चार प्रविधिको वैकल्पिक केन्द्रको रुपमा स्थापित गर्न सरकार, निर्णायक तहमा बस्ने सम्बन्धित निकाय, व्याक्ति तथा संघ संस्थाहरु सबैले कार्यक्रम बनाएर कार्वान्वयन गरेमा सम्भव पनि यस समुहको समन्वयकारी भुमिका तथा कार्यक्रमहरुले यस तर्फ अगाडी बढ्ने लक्ष्य राखेको छु मेरो हरेक लक्ष्य नेपाल सूचना सञ्चार प्रविधिको वैकल्पिक केन्द्रको रुपमा स्थापित गर्न एक उदाहरण बन्ने तर्फ लाग्ने छु

SHARE THIS