बैंकिङ्ग क्षेत्रको ब्याजदर थप घट्छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको समीक्षाले बैंकिङ्ग क्षेत्रको ब्याजदर थप घट्ने बताउनुभएको छ ।

आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा पश्चात पत्रकार सम्मेलनमा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको समीक्षाले बैंकिङ्ग क्षेत्रको ब्याजदर थप घट्ने बताउनुभयो ।

मौद्रिक नीतिलाई लचिलो बनाएको बताउँदै उहाँले यसले ब्याजदर थप घट्ने बताउनुभएको हो । अहिले नै ब्याजदर घट्दो क्रममा रहेको अवस्थामा मौद्रिक नीतिको समीक्षाले लिइएको लचिलो नीतिका कारण थप घट्ने उहाँको भनाई थियो । आर्थिक असहजतालाई सहज बनाउनको लागि मौद्रिक नीति लचिलो बनाएको उहाँले बताउनुभयो ।


SHARE THIS