जलवायु परिवर्तनका कारण उदीयमान र विकासोन्मुख मुलुकको सामाजिक समावेशीकरण, आर्थिक समृद्धि र वित्तीय स्थायित्वमा जोखिम देखियो

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले जलवायु परिवर्तनका कारण उदीयमान र विकासोन्मुख मुलुकको सामाजिक समावेशीकरण, आर्थिक समृद्धि र वित्तीय स्थायित्वमा जोखिम देखिएको उल्लेख गर्दै सोको न्यूनीकरणका निम्ति यससम्बन्धी नीतिगत व्यवस्थालाई सबल र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

मङ्गलबारदेखि काठमाडौंमा सुरु भएको अलाइन्स फर फाइनान्सियल इन्क्लुजन (एएफआई) को दुई वटा विषयगत कार्य समूहको बैठकको बैठकको उद्घाटन सत्रमा उहाँले ग्रीन फाइनान्सको प्रवद्र्धनको लागि नेपाल सरकार र राष्ट्र बैंकबाट अवलम्बन गरिएका पछिल्ला कानुनी र नीतिगत व्यवस्थाका सम्बन्धमा समेत जानकारी दिनुभयो । नेपालमा साना तथा मझौला व्यवसायको प्रवद्र्धन र वित्तीय स्रोतको पहुँचको निम्ति राष्ट्र बैंकबाट भएका प्रयासका बारेमा समेत उहाँले चर्चा गर्नुभयो ।

नेपाल राष्ट्र बैंक र एएफआईको संयुक्त आयोजनामा इन्क्लुजन ग्रिन फाइनान्स वर्किङ ग्रुप(आइजीएफडब्लुजी)÷एसएमई फाइनान्स वर्किङ ग्रुप(एसएमइएफडब्लुजी) को बैठक प्रारम्भ भएको हो । आईजीएफडब्लुजी र एसएमइएफडब्लुजी बैठकको यो क्रमशः आठौँ र बीसौँ संस्करण हो ।

 फागुन २६ गतेसम्म सञ्चालन हुने बैठकमा ४१ मुलुकका केन्द्रीय बैंक र वित्तीय क्षेत्रका अन्य नियामक निकायका ८० जनाभन्दा बढी प्रतिनिधिहरू सहभागीता रहेको छ ।

नेपालमा ग्रिन ट्याक्सोनामी तर्जुमाको लागि अनुदान र प्राविधिक सहायता उपलब्ध गराएकोमा एएफआईप्रति उहाँले आभार प्रकट गर्नुभयो । साथै, नेपालमा वित्तीय समावेशीकरणको नीतिगत व्यवस्थाको तर्जुमा र कार्यान्वयनमा समेत एएफआईबाट उल्लेख्य सहयोग प्राप्त भएको उहाँको धारणा थियो ।

सो अवसरमा एएफआईका कार्यकारी निर्देशक डा. अल्फ्रेड ह्यानिगले विकासोन्मुख देशको रोजगारी सिर्जना र जीविकोपार्जन सुधारमा साना तथा मझौला उद्यमको विशिष्ट योगदान रहेको चर्चा गर्दै यस क्षेत्रमा जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न ठोस कदम चाल्नुपर्ने धारणा राख्नुभयो ।

यसै सन्दर्भमा एएफआईका सदस्य संस्थाहरूबीच नीतिगत सहकार्य, प्राविधिक सहायता आदानप्रदान र क्षमता विकास अभिबृद्धिमा उक्त बैठक फलदायी रहने विश्वास उहाँले व्यक्त गर्नुभयो । ग्रीन फाइनान्सको प्रवद्र्धनको लागि राष्ट्र बैंकले लिएका नीतिगत पहलको प्रशंसा गर्दै ह्यानिगले बैंकको यो प्रयास अन्य सदस्य संस्थाको निम्तिसमेत अनुकरणीय रहेको चर्चा गर्नुभयो ।

चार दिने कार्यक्रमअन्तरगत पहिलो र अन्तिम दिन दुबै समूहको संयुक्त बैठक सञ्चालन हुने बताइएको छ ।

दोस्रो र तेस्रो दिन सम्बन्धित समूहको कार्यक्षेत्रअन्तरगतका विषयमा अलगअलग छलफल हुनेछ । आइजीएफडब्लुजीको बैठकमा वित्तीय समावेशीकरणका साथै जलवायु परिवर्तनका कारण सिर्जित वातावरणीय र सामाजिक असर, यसलाई सम्बोधन गर्नका निम्ति क्षेत्रीय तथा अन्तराष्ट्रियस्तरमा भएका नीतिगत अभ्यास र यसको प्रभावबारे सहभागीहरूबीच विस्तृत छलफल हुनेछ । यसै गरी, एसएमइएफडब्लुजीको बैठकमा विश्व अर्थतन्त्रमा साना तथा मझौला व्यवसायका योगदान, लैंगिक समानता र यस क्षेत्रका विद्यमान चुनौतीबारे अन्तरक्रिया हुने राष्ट्र बैंकले जनाएको छ ।

यसका साथै विभिन्न सदस्य संस्थाका तर्पmबाट साना तथा मझौला व्यवसायमा वित्तीय स्रोतको पहुँचको अवस्था र यसबाट वित्तीय समावेशीकरणको प्रवद्र्धनमा पुगेको योगदानबारे आ–आफ्ना कार्य अनुभवहरू प्रस्तुत हुने बताइएको छ ।

दुबै बैठकपश्चात् साना तथा मझौला उद्यम÷व्यवसायमार्पmत जलवायु परिवर्तनबाट सिर्जित चुनौतीलाई सम्बोधन गर्न अवलम्बन गर्न सकिने नीतिगत अभ्यास र भावी कार्यदिशाका सन्दर्भमा सदस्य संस्थाका प्रनिनिधिबीच छलफल हुनेछ ।

दुई बैठकमध्ये आइजीएफडब्लुजी र एसएमईएफडब्लुजीको अध्यक्षता क्रमशः सेन्ट्रल बैंक अफ नाइजेरियाका उप–निर्देशक डा.पल ओलुक्पी र बैंक अफ नामिबियाका निर्देशक डा. एमा हाइयाम्बोले गर्नुहुनेछ । जलवायु परिवर्तनका कारण सिर्जित असहज परिस्थितिलाई सम्बोधन गर्दै ग्रीन फाइनान्सको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१९ मा एएफआई अन्तरगत आइजीएफडब्लुजी गठन गरिएको थियो ।

यसै गरी, साना तथा मझौला उद्यमको प्रवद्र्धनमार्पmत आर्थिक बृद्धि, दिगो विकास, रोजगारी सिर्जना र गरिबी निवारणमा टेवा पु¥याउने उद्देश्यका साथ सन् २०१३ देखि एसएमइएफडब्लुजीलाई क्रियाशील बनाइएको हो । क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा वित्तीय समावेशीकरणलाई प्रवद्र्धन र गुणस्तरीय वित्तीय सेवाको पहुँच विस्तार गर्ने साझा उद्देश्यका साथ सन् २००८ जनवरी १ मा एएफआईको स्थापना भएको हो ।

वित्तीय पहुँच विस्तार र वित्तीय समावेशीकरणको प्रवद्र्धनका निम्ति नीतिगत सहकार्य, प्राविधिक सहायता र ज्ञान आदानप्रदानमा यस संस्था क्रियाशील रहँदै आएको छ । एएफआई अन्तरगत विभिन्न सात वटा विषयगत समूहहरू क्रियाशील छन् । यसै गरी, नीतिगत सहकार्यका निम्ति विभिन्न छ वटा विषयगत क्षेत्रहरूसमेत निर्धारण गरिएका छन् । उदीयमान तथा विकासोन्मुख अर्थतन्त्र रहेका ७६ मुलुकका केन्द्रीय बैंक र अन्य आठ वटा नियामक संस्था गरी कुल ८४ संस्थाहरू एएफआईको सञ्जालमा आबद्ध छन् । मलेसियाको क्वालालम्पुरमा यसको मुख्यालय अवस्थित छ ।


SHARE THIS