सेयर बजार फेरी सुधारियो, नेप्से साढे उन्नाइस सयको विन्दुमा

काठमाडौँ । पछिल्लो समय निरन्तर ओरालो लागिरहेको सेयर बजार यो साताको तेस्रो दिन भने उकालो लागेको छ ।

ओरालो लाग्ने क्रममा साढे उन्नाइस सयको विन्दुभन्दा पनि तल ओर्लेको बजार फेरी साढे उन्नाइस सयको विन्दुमा आएर अडिएको छ । मङ्गलबार सेयर बजारमापक नेप्से परिसूचक १४ दशमलव ४१ अंकले उकालो लागेर एक हजार ९५२ दशमलव ६६ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इण्डेक्स पनि एक दशमलव ५३ अंकले उकालो लागेर ३७० दशमलव २४ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा तेस्रो दिनको नेप्से शून्य दशमलव ७४ प्रतिशतले उकालो लागेको छ भने सेन्सेटिभ इण्डेक्स पनि शून्य दशमलव ४२ प्रतिशतले उकालो लागेको छ ।

आइतबार सेयर बजारमापक नेप्से परिसूचक ३० दशमलव ७७ अंकले ओरालो लागेर एक हजार ९३८ दशमलव २५ को विन्दुमा पुगेर रोकिएको थियो । सेन्सेटिभ इण्डेक्स पनि चार दशमलव ८६ अंकले ओरालो लागेर ३६८ दशमलव ७० को विन्दुमा पुगेर रोकिएको थियो । समग्रमा पहिलो दिनको नेप्से एक दशमलव ५६ प्रतिशतले ओरालो लागेको थियो भने सेन्सेटिभ इण्डेक्स पनि एक दशमलव तीन  प्रतिशतले ओरालो लागेको थियो  ।

मङ्गबार दिनभर २६१ कम्पनीहरुको ४० लाख ५९ हजार १४९ कित्ता सेयर २४ हजार ३७३ पटक खरिदबिक्री हुँदा एक अर्ब २० करोड ४४ लाख नौ हजार ४११ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा आठ करोड रुपियाँले कमी हो ।

आइतबार दिनभर २५६ कम्पनीहरुको ३७ लाख २९ हजार ९७६ कित्ता सेयर २६ हजार ४५४ पटक खरिदबिक्री हुँदा एक अर्ब २८ करोड ८३ लाख ६३ हजार ४२४ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

मङ्गलबार १२ करोड सात लाख ८५ हजार ५०३ रुपियाँ बराबरको सेयर खरिदबिक्री भएर शीर्ष स्थानमा पुगेको छ । हिमालय डिष्टीलरीको नौ करोड ३९ लाख ४४ हजार ५५९ रुपियाँ, छिमेक लघुवित्तको पाँच करोड ४५ लाख २० हजार ३३७ रुपियाँ, शिवम सिमेण्ट्सको तीन करोड ११ लाख छ हजार ७३९ रुपियाँ, एनआइसी एसिया बैंकको तीन करोड दुई लाख १९ हजार १८४ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

मङ्गलबार कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमध्ये उत्पादन तथा प्रशोधन र म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूहको सूचक उकालो लागेको छ । जलविद्युत उपसमूहको  परिसूचक सर्वाधिक एक दशमलव ६७ प्रतिशत उकालो लागेको तेस्रो दिन विकास बैंकको परिसूचक पनि एक दशमलव १६ प्रतिशतले उकालो लागेको छ । यता उत्पादन तथा प्रशोधन उपसमूहको सुचक एक दशमलव शून्य छ प्रतिशतले ओरालो लागेको छ ।


SHARE THIS