साढे उन्नाइस सयको विन्दु पछ्याउँदै सेयर बजार, कारोबार रकममा केही बढोत्तरी

काठमाडौँ । निरन्तर ओरालो लागिरहेको सेयर बजार यो साता ओरालै लागेर बन्द भएको छ । साताको अन्तिम दिन बजारले साढे उन्नाइस सयको विन्दु पछ्याउँदै बन्द भएको छ भने कारोबार रकममा केही बढोत्तरी भएको छ ।

बिहीबार सेयर बजारमापक नेप्से परिसूचक २६ दशमलव ४७ अंकले ओरालो लागेर एक हजार ९६९ दशमलव शून्य दुईको विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इण्डेक्स पनि चार दशमलव ८१ अंकले ओरालो लागेर ३७३ दशमलव ५६ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा अन्तिम दिनको नेप्से एक  दशमलव ३३ प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इण्डेक्स पनि एक दशमलव २७ प्रतिशतले ओरालो लागेको छ ।

साताको चौंथो दिन पनि सेयर बजार १९ सयको विन्दु आइपुगेको थियो । नेप्से २४ दशमलव ४४ अंकले ओरालो लागेर एक हजार ९९५ दशमलव ४९ को विन्दुमा पुगेर रोकिएको थियो । सेन्सेटिभ इण्डेक्स पनि तीन दशमलव ५६ अंकले ओरालो लागेर ३७८ दशमलव ३७ को विन्दुमा पुगेर रोकिएको थियो । समग्रमा चौंथो दिनको नेप्से एक  दशमलव २१ प्रतिशतले ओरालो लागेको थियो भने सेन्सेटिभ इण्डेक्स पनि शून्य दशमलव ९३ प्रतिशतले ओरालो लागेको थियो ।

बिहीबार दिनभर २५६ कम्पनीहरुको ३६ लाख ५७ हजार १५४ कित्ता सेयर २८ हजार पाँच सय पटक खरिदबिक्री हुँदा एक अर्ब ३३ करोड ६३ लाख ३३ हजार ९६४ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा पाँच करोड रुपियाँले बढी हो ।

बुधबार दिनभर २५७ कम्पनीहरुको ३७ लाख २९ हजार ९७६ कित्ता सेयर २६ हजार ४५४ पटक खरिदबिक्री हुँदा एक अर्ब २८ करोड ८३ लाख ६३ हजार ४२४ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

बिहीबार आठ करोड १२ लाख ८६ हजार ८५४ रुपियाँ बराबरको सेयर खरिदबिक्री भएर हिमालय डिष्टीलरी शीर्ष स्थानमा पुगेको छ । शिवम् सिमेण्ट्सको छ करोड तीन लाख पाँच हजार २६३ रुपियाँ,  एनआइसी एसिया बैंकको चार करोड ३७ लाख २९ हजार ६४९ रुपियाँ, नबिल बैंकको तीन करोड ८५ लाख ६१ हजार ४९४ रुपियाँ र नेपाल पुनर्बीमा कम्पनीको दुई करोड ५१ लाख ६९ हजार तीन सय रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

बिहीबार कारोबारमा आएका १३ उपसमूह सबै नै ओरालो लागेका छन् । लगातार ओरालो लागिरहेको लघुवित्त उपसमूह अन्तिम दिन पनि सर्वाधिक दुई दशमलव ६४ प्रतिशतले ओरालो लागेको छ । व्यापार पनि दुई दशमलव ३२ प्रतिशतले ओरालो लागेको छ ।


SHARE THIS