सेयर बजार दुई हजारको विन्दुमा, कारोबारमा केही बढोत्तरी

काठमाडौँ । सेयर बजार दुई हजार एक सयको विन्दुभन्दा तल ओर्लेको छ । साताको अन्तिम दिनको सेयर बजार ओरालै लागेर बन्द भएको छ भने कारोबार रकममा भने केही बढोत्तरी आएको छ ।  बिहीबार सेयर बजारमापक नेप्से परिसूचक २२.१२ अंकले ओरालो लागेर दुई हजार ९४ दशमलव ५४ विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इण्डेक्स पनि दुई दशमलव ८० अंकले ओरालो लागेर ३९८ दशमलव ३७ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा अन्तिम दिनको नेप्से एक दशमलव चार प्रतिशत र सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ७० को विन्दुमा पुगेर रोकिएको छ ।

लगातार ओरालो लागिरहेको सेयर बजार बुधबार भने सामान्य अंकले सुधारिएको थियो । बुधबार नेप्से ४.९७ अंकले उकालो लागेर दुई हजार ११६ दशमलव ६५ विन्दुमा पुगेर रोकिएको थियो ।

बिहीबार २५७ कम्पनीहरुको ५८ लाख ९८ हजार ९०३ कित्ता सेयर ३९ हजार ६४२ पटक खरिदबिक्री हुँदा दुई अर्ब नौ करोड ६४ लाख १९ हजार १६१ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ३३ करोड रुपियाँले बढी हो ।

बिहीबार १० करोड १३ लाख ९१ हजार २५२ रुपियाँको सेयर कारोबार भएर स्ट्यान्डर्ड चाटर्ड बैंक सर्वाधिक धेरै सेयर कारोबार गर्नेमध्यको अगाडी रहेको छ । एनआइसी एशिया बैंकको पाँच करोड ५० लाख ४० हजार १८३ रुपियाँ, आइएमई जनरल इन्स्योरेन्सको चार करोड ९० लाख ९९ लाख ७५१  रुपियाँ, अपी पावर कम्पनीको चार करोड ८४ लाख पाँच लाख ३९६ रुपियाँ र चिलिमे हाइड्रोपावरको चार करोड ५८ लाख ३६ हजार ५०५ रुपियाँको सेयर कारोबार भएको छ ।

बिहीबार कारोबारमा आएका कुल १३ वटै उपसमूहको सूचक ओरालो लागेको छ । जीवन बीमा उपसमूहको सूचक सर्वाधिक दुई दशमलव १७ प्रतिशतले ओरालो लागेको अन्तिम दिन जलविद्युत दुई दशमलव शून्य छ, विकास बैंकको सूचक एक दशमलव ७४ प्रतिशत, वित्त समूह एक  दशमलव ६५ प्रतिशत, होटल तथा पर्यटन एक दशमलव ५६ प्रतिशतले ओरालो लागेको छ ।


SHARE THIS