सुनको मूल्य अहिलेसम्मकै उच्च, एक तोलाकै एक लाख सात हजार पाँच सय

काठमाडौँ । पछिल्लो समय निरन्तर बढिरहेको सुनको मूल्य बिहीबार अहिलेसम्मकै उच्च मूल्यमा पुगेर कारोबार भएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपियाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी पनि प्रतितोला एक हजार ३९५ रुपियाँमा कारोबार भएको छ ।

सुन अघिल्लो दिनभन्दा एक हजार दुई सय रुपियाँले बढेको हो भने चाँदी २५ रुपियाँले बढेको हो ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख छ हजार तीन सय रुपियाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपियाँ, चाँदी प्रतितोला एक हजार ३७० रुपियाँमा कारोबार भएको छ ।


SHARE THIS