राष्ट्रिय सहकारी बैंकमा उप्रेतीको नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति चयन

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । पुस १६ गते एकाइ सभा सम्पन्न गरि सोमबार एकाइ स्तरबाट छनौट भएका प्रतिनिधिहरूको निर्णय प्रमाणित गर्ने सभा काठमाडांैमा सम्पन्न भएसँगै १९औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

बैंकका अध्यक्ष के.बी. उप्रेतीको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन बैंकका सल्लाहकार तथा पूर्व मन्त्री केशव बडालले गर्नुभएको थियो ।

साधारण सभामा प्रस्तुत भएको सञ्चालक समितिको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को प्रस्तावित बजेट तथा कार्यक्रम, आर्थिक वर्ष २०७९/८० को लेखापरिक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, विनियम संशोधन, विभिन्न कार्यविधिहरू संशोधन, कार्यसूचीमा थप भएका प्रस्ताव, वैदेशिक निकायबाट सहुलियत पूर्ण कर्जा लिने लगायत साधारण सभामा पेस भएका सम्पूर्ण नीति तथा कार्यक्रमहरू पारित भएको छ ।

कार्यक्रममा सल्लाहकार तथा पूर्व मन्त्री केशव प्रसाद बडालको प्रमुख आतिथ्ययतामा भएको समापन कार्यक्रममा बैंकका सल्लाहकार तथा पूर्व मन्त्री दीपक प्रकाश बाँस्कोटा, सल्लाहकारहरू कमल चौलागाई, राधा घले, राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष तथा बैंकको लेखा सुपरिवेक्षण समितिका नि–वर्तमान सदस्य मित्रराज दवाडी, सहकारी विभागका रजिस्ट्रार रुद्र प्रसाद पण्डित, पूर्व सञ्चालक डिल्ली तिवारी, सुर्यविनायक नगरपालिकाकी उपमेयर तथा बैंकको पूर्व सञ्चालक सरिता भट्टराई, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका पूर्व अध्यक्ष ऋषिराज घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।

बैंकको १९ औं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति चयन गरेको छ ।

आगामी चार वर्षे कार्यकालका लागि साधारण सभाले के.बी. उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति र लक्ष्मी प्रसाद उप्रेतीको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरेको निर्वाचन उप–समितिका संयोजक सुमन पौडेलले बताउनु भयो ।

सञ्चालक समिति सदस्यमा प्रदेश नम्बर–१, बाट महेन्द्र कुमार गिरी, मधेस प्रदेशबाट विश्वनाथ मण्डल, बागमती प्रदेशबाट रामहरि बजगाईँ, गण्डकी प्रदेशबाट राम बहादुर जी।सी।, कर्णाली प्रदेशबाट काली बहादुर महतारा, लुम्बिनी प्रदेशबाट विजया धिताल र सुदूरपश्चिम प्रदेशबाट शिवा थापा चयन हुनु भएको छ । त्यसैगरी खुल्ला सञ्चालक सदस्यमा केदार मानन्धर, माधवलाल देवकोटा, ध्रुवराज विष्ट, मनोजकुमार थापामगर चयन हुनुभएको हो । बैंकको महिला सञ्चालकहरूमा अमृता सुब्बा, तारा गुरुङ र पार्वती थापा चयन हुनुभयो ।

लेखा सुपरिवेक्षण समिति सदस्यहरूमा केशव प्रसाद सापकोटा र चन्द्रकुमारी पराजुली चयन हुनुभएको छ ।

खुल्ला सञ्चालकहरू केदार मानन्धर, मनोज कुमार थापा मगर, माधवलाल देवकोटा र ध्रुव राज विष्ट, लेखा सुपरिवेक्षण समिति सदस्यतर्फ खुल्लामा केशव प्रसाद सापकोटा र महिला कोटामा चन्द्र कुमारी पराजुली निर्वाचित र कर्णाली प्रदेश सञ्चालकमा कालीबहादुर महतारा शनिवार भएको निर्वाचनबाट निर्वाचित भएका हुन भने अध्यक्ष उप्रेती, लेखा सुपरिवेक्षण समितिका संयोजक सहित अन्य सञ्चालकहरू सर्वसम्मत निर्वाचित हुनुभएको थियो ।

बैंकले सोमबार आयोजना गरेको एकाइ प्रतिनिधिहरूको निर्णय प्रमाणित गर्ने सभा ९केन्द्रीय० समापन समारोहमा नवनिर्वाचित सञ्चालक समिति तथा लेखासुपरीवेक्षण समिति सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । निर्वाचन उपसमितिका संयोजक सुमन पौडेलले नवनिर्वाचित सञ्चालक समिति तथा लेखासुपरीवेक्षण समितिका सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ खुवाउनुको साथै प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

कार्यक्रममा बैंकका सल्लाहकार तथा पूर्व मन्त्री केशव प्रसाद बडाल सल्लाहकार तथा पूर्व मन्त्री दीपक प्रकाश बाँस्कोटा, सल्लाहकारहरू कमल चौलागाई, राधा घले, राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष तथा बैंकको लेखा सुपरिवेक्षण समितिका नि–वर्तमान सदस्य मित्रराज दवाडी सहकारी विभागका रजिस्ट्रार रुद्र प्रसाद पण्डित, पूर्व सञ्चालक डिल्ली तिवारी, सुर्यविनायक नगरपालिकाकी उपमेयर तथा बैंकको पूर्व सञ्चालक सरिता भट्टराई, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका पूर्व अध्यक्ष ऋषिराज घिमिरे लगायतले नवनिर्वाचित सञ्चालक समिति तथा लेखासुपरीवेक्षण समितिलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।


SHARE THIS