अगुवा सर्भेयरहरु सम्मानित

काठमाडौं । लामो समयदेखि मुलुकको बीमा क्षेत्रमा काम गर्दै आएका अगुवा सर्भेयरहरुलाई सम्मान गरिएको छ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले राजधानीमा आयोजना गरेको “बीमा दाबी ब्यवस्थापन सरलिकरण तथा सहजीकरण, सर्भेयरको भुमिका” विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।

तीन दशकदेखि त्यो भन्दा बढी समय सर्भेयरका रुपमा काम गर्ने शिवश्चन सा:ख, महेन्द्र कुमार डागा, बटुक मान मल्ल, मोहन पुरुष ढकाल, राजेन्द्र प्रसाद केडिया, सूर्य प्रसाद जोशी र ओम प्रकाश राठी लगायत सात जनालाई नेपालको बीमा क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दे बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सम्मान गर्नुभएको हो ।

कार्यक्रममा पाँच वटा कार्यपत्र प्रस्तुत भएका थिए जसमा कम्पनीका तर्फबाट शिखर इन्स्योरेन्सका सहायक महाप्रबन्धक प्रकाश थापा, सर्भेयरका तर्फबाट नेपाल इन्स्योरेन्स सर्भेयर एसोसियसनका अध्यक्ष मोहन पुरुष ढकाल, यातायात व्यवसायीका तर्फबाट नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय बहादुर स्वार, सर्भेको अन्तराष्ट्रिय अभ्यास तथा अनुभव सम्बन्धमा प्रोटोकल इन्स्योरेन्स सर्भेयरर्स एण्ड लस एसोसर्स, इन्डियाका सिनियर सर्भेयर तथा डाइरेक्टर निरज शैनी र भर्खर कार्यन्वयनमा आएको बीमा ऐन २०७९ का सम्बन्धमा बीमा समितिका निर्देशक सुशिल देव सुवेदीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

प्रस्तुत भएका कार्यपत्रको छलफलमा मोडरेटरको भुमिकामा हिमालनयन जनरल इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत सुसिल बज्रचार्य, शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे, बीमा समितिका पुर्व अध्यक्ष प्रा.डा. फत्त बहादुर के.सी. र इन्स्योरेन्स इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत भोजराज शर्मा रहनु भएको थियो । कार्यपत्र माथि छलफलमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेल, नेपालका वरिष्ठ सर्भेयरहरु, यातायात व्यवसायी योगेन्द्र कर्मचार्य, हिरालाल श्रेष्ठ, नेपाल बीमा प्राधिकरणका उप–निर्देशक विरोध भट्टलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा १५० जना सर्भेयर, यातायात व्यवसायी, कम्पनीका कर्मचारीलगायत गरी २५० जनाको सहभागिता थियो । समापन समारोह शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको उपस्थिति रहेको थियो ।

समापन समारोहमा प्राधिकरणका अध्यक्षले यस प्रकारको कार्यक्रमको आयोजना गरेकोमा कम्पनीलाई धन्यवाद दिदै यसले बीमा दाबीलाई सरल बनाउनेमा विश्वास व्यक्त गर्दै कम्पनीले गर्ने एउटा सरल बीमा दाबी भुक्तानीले एक सय जनालाई बीमा गर्न उत्प्रेरणा र बीमाप्रतिको विश्वास बलियो बनाउने र एउटा झन्झटिलो र तितो अनुभवको बीमा दाबीले दुई सयभन्दा बढी व्यक्तिलाई बीमा प्रतिको विश्वासमा र्‍हास आउने बताउनुभयो ।




SHARE THIS