पहिलो दिन सामान्य अंकले सुधारियो नेप्से, कारोबार रकम डेढ अर्ब नाघ्यो

काठमाडौँ । अघिल्लो साता सुधारिएर बन्द भएको सेयर बजार यो साताको पहिलो दिन भने झिनो अंकले सुधारिएको छ ।

आइतबार सेयर बजारमापक नेप्से परिसूचक २.१६ अंकले उकालो लागेर १९६३.२२ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इण्डेक्स पनि १.१७ अंकले उकालो लागेर ३८४.८३ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा पहिलो दिनको नेप्से ०.११ प्रतिशत र सेन्सेटिभ इण्डेक्स पनि ०.३० प्रतिशतले उकालो लागेको छ ।

उतारचढावमा रहेको सेयर बजार अघिल्लो साताको अन्तिम दिन भने उकालो लागेर बन्द भएको थियो । बिहीबार सेयर बजारमापक नेप्से परिसूचक ११.२२ अंकले उकालो लागेर १९६१.०६ को विन्दुमा पुगेर रोकिएको थियो । सेन्सेटिभ इण्डेक्स पनि १.८२ अंकले उकालो लागेर ३८३.६६ को विन्दुमा पुगेर रोकिएको थियो । समग्रमा अन्तिम दिनको नेप्से ०.५८ प्रतिशत र सेन्सेटिभ इण्डेक्स पनि ०.४८ प्रतिशतले उकालो लागेको थियो ।

आइतबार दिनभर २४३ कम्पनीहरुको ३६ लाख ९४ हजार ८४ कित्ता सेयर २६ हजार १५० पटक खरिदबिक्री हुँदा एक अर्ब ५६ करोड १७ लाख दुई हजार ९९२ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २४ करोड रुपियाँले बढी हो ।

बिहीबार २४१ कम्पनीहरुको ३८ लाख ६५ हजार ९६१ कित्ता सेयर २१ हजार १८६ पटक खरिदबिक्री हुँदा एक अर्ब ३२ करोड २९ लाख ७२ हजार १८५ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

आइतबार १९ करोड ८० लाख ६७ हजार रुपियाँ बराबरको सेयर खरिदबिक्री भएर नबिल बैंक कारोबार रकमका आधारमा शीर्ष स्थानमा पुगेको छ । नेष्डो समृद्ध लघुवित्तको आठ करोड ७७ लाख रुपियाँँ, फष्ट माइक्रोफाइनान्सको सात करोड रुपियाँ, हिमालयन डिष्टीलरी लिमिटेडको छ करोड रुपियाँ र शिवम सिमेण्ट्सको चार करोड ९० लाख भन्दा बढीको सेयर कारोबार भएको छ ।

आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये बैंकिङ, विकास बैंक, वित्त र उत्पादन तथा प्रशोधन  उपसमूह बाहेक बाँकी नौ उपसमूहको परिसूचक उकालो लागेको छ । जीवन बीमा सर्वाधिक १.९८ प्रतिशतले उकालो लागेको छ भने होटल तथा पर्यटनको परिसूचक १.६५ प्रतिशतले उकालो लागेको छ ।

यता बैंकिङ, विकास बैंक, वित्त र उत्पादन तथा प्रशोधन  उपसमूह क्रमश: ०.६७ प्रतिशत, ०.०५ प्रतिशत, ०.६१ प्रतिशत र ०.२६ प्रतिशतले ओरालो लागेको छ ।


SHARE THIS