डिप्लोमा इन को–अपरेटिभ म्यानेजमेन्ट कोर्स सञ्चालन हुँदै

काठमाडौँ । अब नेपालमा पनि डिप्लोमा इन को–अपरेटिभ म्यानेजमेन्ट कोर्स सञ्चालन हुने भएको छ । आगामी  पुस १ गतेदेखि सुरु हुन लागेको सहकारी व्यवस्थापनसम्बन्धी डिप्लोमा कोर्स काठमाडौँ विश्वविद्यालयमा सञ्चालन गरिने भएको हो ।

राष्ट्रिय सहकारी महासङ्घ र काठमाडौँ विश्वविद्यालयबीच डिप्लोमा इन को–अपरेटिभ म्यानेजमेन्ट कोर्स सञ्चालन गर्ने विषयमा सम्झौता भएको छ ।

महासङ्घका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा र काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका डिन प्राडा देवी बिडारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । यसअघि सहकारीमा डिप्लोमा गर्न भारत जानुपर्ने बाध्यता अब अन्त्य भएको छ । पहिलो ब्याजमा ३० जनाको सिट रहेको महासङ्घले जनाएको छ । 

महासङ्घले यसअघि पनि काठमाडौँ विश्वविद्यालयसँग मिलेर कोर्स डिजाइन गर्नेदेखि गरिबी निवारणमा सहकारीको योगदानसम्बन्धी अध्ययन अनुसन्धान  कार्यसमेत सम्पन्न गरेको छ ।


SHARE THIS