बैंक अफ काठमाण्डूको रिकरिङ्ग र रिभर्स रिकरिङ्ग खाता

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले ११.०३ प्रतिशतको उच्चतम् ब्याजदर भएको बिओके रिकरिङ्ग र रिभर्स रिकरिङ्ग निक्षेप खाताहरु सार्वजनिक गरेको छ । वित्तीय व्यवस्थापन कसरी गर्ने भन्ने सोचमा रहेकाहरुको लागि विभिन्न आकर्षक सुविधाको साथ उच्चतम् ब्याजदर सहितको वित्तीय व्यवस्थापनको सुविधा भएको  निक्षेप खाताले सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

आजको स–साना बचतले भविष्यको ठुला वित्तीय आवश्यकताहरु सहज रुपमा व्यवस्थापन हुन्छन भन्ने मान्यतालाई आत्मसाथ गर्दै बैंकले ग्राहकहरुको वित्तीय व्यवस्थापन सहित ११.०३ प्रतिशतको उच्चतम ब्याज आम्दानीको सुनिश्चिताको लागि यस रिकरिङ्ग निक्षेप खाता ल्याएको बैंकले जनाएको छ ।

यस निक्षेप खातामा बैंकले खाताबाहकलाई त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने बैंकले जनाएको छ । साथै यस खातामा न्यूनतम एक हजारदेखि बचत गर्न सकिनुका साथै भविष्यको वित्तीय आवश्यकतामा ध्यानमा राखी क्रमिक रुपमा अथवा दैनिक, साप्ताहिक तथा मासिक पाँच सय रुपियाँको गुणाङ्कमा न्यूनतम एक वर्ष देखि अधिकतम १० वर्ष बचत गर्न सकिने बैंकले जनाएको छ । रिकरिङ्ग निक्षेप खाताबाहकलाई वित्तीय आवश्यकता भएमा सहुलियत ब्याजदरमा बचत रकमको ९० प्रतिशतसम्म कर्जा पाउने व्यवस्था बैंकले गरेको छ ।


SHARE THIS