सानिमा बैंकको शैक्षिक छात्रवृत्तिको आवेदन खुला

काठमाडौँ । सानिमा बैंकले उच्च माध्यमिक तह (प्लस टु) अध्ययन गर्नका लागि काठमाण्डौ उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृत्ति आवेदन खुला गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वलाई बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको बंैकले जनाएको छ ।

सोही अनुरुप विगत लामो समयदेखि काठमाडांै उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ र १२ का लागि दुुई–दुुई जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रबृत्ति प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

छात्रबृत्ति अन्तरगत शैक्षिक शुल्क, शैक्षिक सामग्री र नगदबृत्ति दुुई हजार रुपियाँ (प्रति महिना) गरी प्रत्येक विद्यार्र्थीलाई ५० हजार रुपियाँसम्मको छात्रबृत्ति प्रदान गरिने बैंकले जनाएको छ । छात्रबृत्ति आवेदन २०७९ भदौ ३१ गतेसम्म दिन सकिनेछ ।


SHARE THIS