काठमाडौँ । महालक्ष्मी विकास बैंकले छिटो पैसा डबल नयाँ मुद्दती योजना महालक्ष्मी डबल बोनाञ्जा मुद्दती खाता सार्वजनिक गरेको छ ।
योजनामा १० हजार रुपियाँ मै मुद्दती खाता खोल्न सकिने र ७० महिनामै मुद्दती रकमको दुईगुणा रकम भुक्तानी गरिने कुरा बैंकले जनाएको छ । बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकहरुले मुद्दती खाता योजना अन्तरगतको आकर्षक महालक्ष्मी डबल बोनाञ्जा मुद्दती खाता खोल्न सक्ने बैंकले जनाएको छ ।