सिद्धार्थ बैंकले आर्जन गर्‍यो तीन अर्बभन्दा बढी खुद मुनाफा

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ मा तीन अर्ब भन्दा बढी खुद मुनाफा आर्जन गरी  सेयरधनीलाई २५।७१ प्रति शेयर आम्दानी दिएको छ ।

१२ अर्ब ५२ करोड रुपियाँ चुक्ता पुँजी र २१ अर्ब ९१ करोड रुपियाँ कुल इक्विटी रहेको बैंकले आ.व. २०७८/७९ मा मात्र प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल दुई अर्ब ९० करोड भन्दा बढी नेपाल सरकारको राजस्वमा योगदान पुर्‍याएको जनाएको छ ।

वित्तीय प्रणालीमा देखापरेको असहज परिस्थितिका बावजुद बैंकले आ.व. २०७८/७९ सम्ममा एक खर्ब ९६ अर्ब निक्षेप संकलन गरी एक खर्ब ८६ अर्बको कर्जा प्रवाह गर्न सफल रहेको बैंकले जनाएको छ । त्यस्तै आ.व. २०७८र७९ मा दुई लाख ५० हजार भन्दा बढी नयाँ ग्राहक बंैकिङ सेवामा आबद्ध गरी कुल १४ लाख भन्दा बढी ग्राहकहरुलाई बंैकिङ सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ ।

यसैगरी ग्राहकमध्ये छ लाख ५० हजार भन्दा बढी ग्राहकलाई मोबाइल बंैकिङ सेवा, पाँच लाख ४५ हजार भन्दा बढी ग्राहकहरुलाई डेबिट कार्ड सेवा र ३० हजार भन्दा बढी ग्राहकहरुलाई क्रेडिट कार्ड सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।


SHARE THIS