नेपाल बैंकको खुद नाफा १०.२९ प्रतिशतले बढ्यो



काठमाडौँ । नेपाल सरकारको स्वामित्व रहेको जेठो बैंक नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चांैथो त्रैमासमा तीन अर्ब २६ करोड रुपियाँ खुद मुुनाफाआर्जन गरेको छ । बैंकको यो मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३० करोड रुपियाँ अर्थात १०.२९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले दुुई अर्ब ९६ करोड रुपियाँ खुद मुुनाफा आर्जन गरेको थियो ।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौंथो त्रैमासको वित्तीय विवरण अनुसार सो अवधिमा बैंकको वितरण योग्य नाफा भने एक अर्ब ५४ करोड रुपियाँ रहेको छ । हाल १२ अर्ब ६३ करोड रुपियाँ चुक्ता पुँजी कायम बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १०.७४ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिएको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात ०.१५ प्रतिशतले घटेर १.९ प्रतिशत कायम भएको छ । साथै, बेसरेट ७.९९ प्रतिशत, सीडी रेसियो ८७.५७ प्रतिशत र स्प्रेडरेट ४.०८ प्रतिशत कायम रहेको छ । सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी २२ रुपियाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ २४८ रुपियाँ ४२ पैसा रहेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकले एक खर्ब ९६ अर्ब छ करोड रुपियाँ निक्षेप सङ्कलन गरी एक खर्ब ७१ अर्ब ७९ करोड रुपियाँ कर्जा प्रवाह गरेको थियो । जसबाट बैंकले छ अर्ब ८८ करोड रुपियाँ खुद ब्याज आम्दानी गरेको छ । साथै, सो अवधिमा बैंकले चार अर्ब ११ करोड रुपियाँ सञ्चालन नाफा गरेको छ ।

बैंकको खुद ब्याज आम्दानी सात प्रतिशतले बढेका छ भने सञ्चालन आम्दानी गत वर्षभन्दा घटेका छ । गत आर्थिक वर्षमा बैंकले निक्षेप संकलन २०.४२ प्रतिशतले बढाएको बैंकले कर्जा लगानी पनि सोहि अनुसार २०.८६ प्रतिशतले बढाएको छ ।


SHARE THIS