सिटिजन्स चिरायु मुद्दती योजनामा १० गुणा प्रतिफल

काठमाडौँ । सिटिजन्स बैंकले १० गुणासम्म प्रतिफल दिने ‘सिटिजन्स चिरायु मुद्दती योजना’ तथा ‘रेमिट्यान्स चिरायु मुद्दती योजना’ खाता शुभारम्भ गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले सौराहा, चितवनमा आयोजित तीन दिने लिडरसीप डेभलपमेन्ट तथा क्यापसीटी बिल्डीङ्ग कनक्लेभ विषयक कार्यक्रमकाबीच योजना शुरु भएको घोषणा गर्नुभयो ।

सिटिजन्स चिरायु मुद्दती योजना योजना अन्तरगत ग्राहकहरूले १३ वर्ष चार महिना देखि २२ वर्ष एक महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार साँवा तथा ब्याज बापत लाग्ने कर पश्चात एक मुष्ट रुपमा चार गुणा देखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउने बैंकले जनाएको छ ।

रेमिट्यान्स चिरायु मुद्दती योजनामा पनि ग्राहकहरूले १२ वर्ष तीन महिना देखि २० वर्ष तीन महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार साँवा तथा ब्याज बापत लाग्ने कर पश्चात एक मुष्ट रुपमा चार गुणा देखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउने बैंकले जनाएको छ ।

मुद्दती निक्षेप योजना अन्तरगत व्यक्तिगत ग्राहकहरुले यो खाता बैंकको कुनै पनि शाखा मार्फत न्यूूनतम पचास हजार मौज्दातमा खोल्न पाउने बैंकले जनाएको छ । मुद्दती निक्षेप योजनाबाट बैंकका व्यक्तिगत एवं रेमिट्यान्स ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।


SHARE THIS