रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत आयोजना हुने वार्षिक राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न गरेको छ । कम्पनीका देशभरका क्षेत्रीय प्रमुख, एरिया प्रबन्धक, शाखा प्रबन्धक सहित कम्पनीको  सिनियर मेनेजमेन्ट टिमको बीचमा सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलन विशेष गरी कम्पनीको आगामी एक वर्षभित्र गनुपर्ने काम, व्यापारीक धारणा, विभिन्न जिल्लाबाट आएका शाखा प्रमुख, क्षेत्रीय प्रमुख तथा एरिया प्रबन्धकहरुबाट आएका सुझाव र कम्पनीले आगामी दिनमा बीमाको दायरालाई फराकिलो बनाउँदै कम्पनीको बजार बिस्तार कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा छलफल एवं अन्तरक्रिया भएको कम्पनीले जनाएको छ ।


SHARE THIS