सर्लाही । तराईमा बसोबास गर्ने अधिकांश मुसहर समुदायको मुख्य पेशा कृषिमा आधारीत ज्याला मजदुरी हो । अन्य पेशाको रुपमा भने दाउरा बिक्री वितरण गरी घर परिवार धान्ने गर्दछन । भित्रि मधेसका मुसहर समुदाय माटो काट्ने, ईट्टा भट्टमा मजदुरी गर्ने र सहर बजारको क्षेत्रमा बसोबास गर्ने मुसहर समुदाय भने माछा मार्ने, ठेला, रिक्सा, चलाउने जस्ता मजदुरीको काम गर्ने गर्दछन ।
मुसहर समुदायको तेस्रो एवं कठिन विकल्पभनेको भारतका बिहार, दिल्ली, हरियाना, पञ्जाब, लुदियानालगायत विभिन्न ठाउँमा जोखीमपूर्ण मजदुरी गर्दै आइरहेका छन् ।
बाहिर जानकै लागि गाउँका महाजनसँग चर्को ब्याजदरमा ऋण लिने हँुदा यहाँका ९० प्रतिशत मुसहर समुदाय ऋण ब्याज, साँवा तिर्दैमा ठिक्क हुन्छ । यस कारण मुसहर समुदायको घर, गृहणी, बालबालिकालाई छाडेर अन्य पुरुषहरुसँग आश्रयको शिकार हुन परेको छ । समग्रमा भन्नु पर्दा मुसहर समुदायको आर्थिक अवस्था निकै दयनीय छ ।
देशैभरका भूमिहिन सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोवासिहरुलाई जग्गाधनी लाल पूर्जा प्रदान गर्ने नेपाल सरकारको घोषित उद्देश्य र कार्यक्रम भएपनि यहाका दलित तथा अव्यवस्थित बसोवासिहरुलाई जग्गा व्यवस्थापनका सम्बन्धमा सरोकारवालाहरुले कुनै चासो दिएको छैन ।
झण्डै ९० प्रतिशत मुसहर माझी समुदायहरुले ५० आंै बर्ष देखि सुकुम्बासीको रुपमा खुल्ला आकाशमुनी राप, ताप र चिसोमा जीवन बिताईरहँदा पनि सम्बन्धित निकाय टुलुटुलु हेरेर बस्ने भन्दा अरु केही गरेको पाइदैन । अन्य समुदायका मानिसहरुले जग्गा जमिन पाए पनि गरिब तथा दलित मुसहर समुदायले अभै पाउन सकेको छैन । आफ्ना मागहरु लिएर स्थानिय सरकार, मेयर, राष्ट्रिय «भुभि आयोग जिल्ला प्रसाशन जस्ता सम्बन्धित निकायमा जादा समेत सुनुवाई नभएको मुसहर अगुवा मनोज पासवानले बताउनुभयो ।
यहाँका मुसहर समुदाय चरम आर्थिक अभाव, गरिबी र गाँस, वास, कपास जस्ता आधारभुत आवश्यकता पुरा नहुँदा बिहान बेलुकाको छाक टार्न सिङ्गो परिवारनै दैनिक ज्याला मजदुरी गर्न ईटा भट्टामा जाने गरेका छन् । वर्षमा छ महिना पुरै परिवारका सदस्यहरु ईटाभट्टामा जाने भएकाले गाउँ खाली हुने गरेको छ ।
समुदायका अधिकांशले ठेकेदारसँग पहिले नै पैसा लिएर खर्च गर्ने गरेकाले ऋणमा फसेर काम गर्न जान बाध्य हुन्छन् । यसरी लामो समय घर छोडेर बस्नु परेको कारण अधिकांश मुसहर बालबालिकाहरु विद्यालय जानबाट बञ्चित छन । जसको कारण शिक्षा, स्वास्थ, चेतना र रोजगारीमा पछाडी परेका मुसहर महिला सशक्तिकरण मञ्चकी अध्यक्ष उर्मिला देवी माझीले आफ्नो जग्गा जमिन पनि नभएको बताउनुभयो । अन्य काम गर्न पढेलेखेको छैन त्यसैले बाध्यताबस गाँउ बाहिर गएर काम गर्न परेको बताउनुहुन्छ । यहाँका ९५ प्रतिशत बालबालिका पढ्नबाट बञ्चित हुन पुगेका छन् । गाँउमै रोजगारी उपलब्ध भए अन्यत्र गएर काम गर्ने नपर्ने बताउनुहुन्छ ।
हाल हरिपुर न.पा वडा नं ७ चिताइनमा साप नेपालको आयोजनामा सञ्चालित लैङ्गिक उत्तदायी सुशासन प्रवद्र्धन कार्यक्रम अन्तरगत मुसहर महिला शक्तिकरण मञ्चका सदस्यहरुलाई महिला सशक्तिकरण, सामाजिक मुल्य मान्यता र व्यवहार परिबर्तन तालिम ।
स्थानीय योजना निर्माण तथा लैङ्गिक उत्तरदायी वजेट सम्बन्धी सचेतना मुलक कार्यक्रम तथा रिफ्लेक्ट कक्षा सञ्चालन भए पश्चात महिलाहरु सामुदायीक कार्यमा जुटनुकासाथै कृषि समुह गठन गरेर मासिक बचत गर्ने । साथै आफ्नो समुदाएको विकासका योजना लिएर नगरपालिका र वडा कार्यालयमा बुभाएको साप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले बताउनुभयो ।
प्राय: सधै ज्याला मजदुरी गरेर गाँउघरमै जाँड रक्सी खाएर बस्ने, अन्य समुदायका मानिसहरु संग बोल्न डराउने मुसहर महिलाहरु योजना लिएर वडा कार्यालयमा आउदा हरिपुर ७ चिताइनका अध्यक्ष मनोज कुमार चौधरी दंग पर्नुभएको थियो । उहाँले मुसहर बाल बालिकाको जन्मदर्ता गराउने, नि:शुल्क शिक्षाको लागि हरिपुरको महाबीर जनता माध्यामीक विद्यालयको होष्टेलमा सिफारीस गर्ने प्रतिवद्धता व्यक्त गर्दै आगामी दिनमा बाख्रा, बंगुर पालन, तरकारी खेती गर्न बजेट बिनियोजन गर्ने बताउनुभयो ।