सिभिल बैंकका थप २९ साझेदारमार्फत छुट

काठमाडौँ । सिभिल बैंकले ग्राहकलाई धेरै साझेदारसँग समन्वय गरी विशेष छुटको व्यवस्था गरेको छ । बैंकका ग्राहकले अब थप २९ साझेदारबाट विभिन्न वस्तु वा विभिन्न सेवा उपभोग गरी बैंकको विद्युतीय भुक्तानी प्रणाली “सिभिल स्मार्ट – मोबाइल बैंकिङ एप” अथवा एटीएम कार्डको प्रयोग गरी भुक्तानी गर्दा आकर्षक छुट पाउने व्यवस्था गरेको छ ।

बैंकले हालसम्म यस्ता विभिन्न ६९ साझेदारसँग ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता गरिसकेको छ । यसका साथै बैंकले आगामी दिनहरुमा यसको परिधि बढाई अन्य संघ संस्थाहरुसँग पनि सम्झौता गरिने योजना रहेको बैंकका चिफ बिजनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ भोला बहादुर विष्टले बताउनुभयो ।


SHARE THIS