नागरिक लगानी कोषले अब अनलाइनबाट रकम दाखिला गर्ने

काठमाडौं । नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको छ ।

कोषले अनलाइन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका सहभागी कर्मचारीहरुको सम्बन्धित कार्यालयले सोझै सहभागी कर्मचारीहरुको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको हो ।

यो सुबिधा सीजीएएस प्रणालीबाट पारिश्रमिक वितरण गर्ने सरकारी कार्यालय बाहेकका अन्य कार्यालयहरुले उपभोग गर्न सक्ने भएका छन । यसरी रकम जम्मा गर्दा कोषको कर्मचारीले एप्रुुभ  गर्ने वित्तीकै सम्बन्धित कर्मचारीको खातामा रकम जम्मा हुनेछ ।

तत्कालका लागि यो सुविधा कोषको कर्मचारी बचत बृद्धि अवकास योजनामा सहभागी भएका कर्मचारीहरुको कार्यालयहरुले पाउने भएका छन । ती कार्यालयहरुले आफ्ना कर्मचारीहरुका निम्ति कोषमा जम्मा गर्ने कट्टी रकम अब एनएचसीएलका सबै सदस्य बैंक–वित्तीय संस्थाहरुबाट पठाउन सक्ने कोषले जनाएको छ ।


SHARE THIS