ज्योति विकास बैंकको ज्योति रिकरिङ्ग खाता सञ्चालनमा

काठमाडौं । ज्योति विकास बैंकले “ज्योति रिकरिङ्ग डिपोजिट” निक्षेप योजना सञ्चालनमा ल्याएको छ । ग्राहकहरुलाई अधिकतम लाभ प्रदान गराउनुका साथै नियमित बचत गर्ने बानीको विकास गराउने उद्देश्यका साथ आकर्षक ब्याजदर सहितको ज्योति रिकरिङ्ग खाता सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

योजना अन्तरगत ग्राहकहरुले आवश्यकता अनुसार एक वर्षदेखि १० वर्षसम्मका लागि मासिक रुपमा रकम जम्मा गर्न सक्ने भएका छन् । व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको खातामा मासिक रुपमा न्यूनतम पाँच रुपियाँका दरले क्रमिक रुपमा रकम जम्मा गर्दै जान सकिने बैंकले जनाएको छ ।


SHARE THIS