२१ सयको विन्दु पछ्याउँदै सेयर बजार, झण्डै साढे दुई खर्बको कारोबार

काठमाडौं । सेयर बजारले २१ सयको विन्दुु पछ्याएको छ । अघिल्लो साता सामान्य गिरावट भएर बन्द भएको बजार यो साताको पहिलो दिन झण्डै ६० अंकले सुधारिएको छ भने कारोबार रकममा पनि उच्च सुधार आएको छ ।

आइतबार सेयर बजार मापक नेप्से परिसूचक ५७.६५ अंकले उकालो लाग्दा नेप्से परिसूचक २०८६.४२ को विन्दुमा पुुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि १०.२१ अंकले उकालो लागेर ३९८.८२ को विन्दुुमा पुुगेर रोकिएको छ । समग्रमा आइतबारको नेप्से २.८४ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि २.६३ प्रतिशतले उकालो लागेको छ ।

अघिल्लो साताका तीन कारोबार दिनमा उत्साहजनक रुपमा उकालो लागेको सेयर बजार अन्तिम दिन भने नौ अंकले ओरालो लागेर बन्द भएको थियो । नेप्सेसँगै शुक्रबारको कारोबार रकम एक अर्बले घटेको थियो ।

शुुक्रबार सेयर बजारमापक नेप्से परिसूूचक ८.८७ अंकले ओरालो लागेर २०२८.७७ को विन्दुुमा पुुगेर रोकिएको थियो । सेन्सेटिभ इन्डेक्स पनि ३.१७ अंकले ओरालो लागेर ३८८.६२ को विन्दुमा पुुगेर रोकिएको थियो । समग्रमा अन्तिम दिनको नेप्से ०.४४ प्रतिशत र सेन्सेटिभ इन्डेक्स ०.८१ प्रतिशतले ओरालो लागेको थियो ।

आइतबार दिनभर २३१ कम्पनीहरुको ६२ लाख २७ हजार ६९२ कित्ता सेयर ४५ हजार १२० पटक खरिदबिक्री हुँदा दुुई अर्ब ४८ करोड चार लाख ७३ हजार ९९९ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा झण्डै एक अर्ब तीन करोड रुपियाँले बढी हो ।

शुक्रबार दिनभर २२१ कम्पनीहरुको ३६ लाख ६३ हजार २२० कित्ता सेयर २८ हजार ८६६ पटक खरिदबिक्री हुँदा एक अर्ब ४५ करोड ९३ लाख १२ हजार १५ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

आइतबार २२ करोड २८ लाख रुपियाँभन्दा बढीको सेयर खरिदबिक्री भएर कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा पुुगेको छ । हिमालयन डिष्टिलरीको करिब नौ करोडको सेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्स, एनआईसी एशिया, नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक, अरुण भ्याली हाइड्रोपावर र अरुण काबेलीको ६ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

पहिलो दिन साल्ट ट्रेडिङ्ग कर्पोरेशन, हिमालयन पावर पार्टनर, अपर तामाकोशी, सान्जेन लघुवित्त कम्पनी, नेष्डो समृद्ध लघुवित्त, सिवाईसी लघुवित्त र रसुवागढी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यता बैंक अफ काठमाडौँको ऋणपत्रको मूल्य सर्वाधिक ९.३१ प्रतिशत घटेको छ । अन्य कम्पनीको मूल्य गिरावट दर चार प्रतिशतभन्दा कम रहेको छ ।

आइतबार कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक उकालो लागेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९.३० प्रतिशतले उकालो लागेको आइतबार जलविद्युत समूह ५.६५ प्रतिशतले उकालो लागेको छ । यस्तै वित्त समूूह ४.२७ प्रतिशत, उत्पादन तथा प्रशोधन ४.९ प्रतिशत र अन्य उपसमूहको परिसूचक ४.७५ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । होटल्स एण्ड टुरिजम ३.५ प्रतिशत, विकास बैंक ३.३९ प्रतिशत, निर्जीवन बीमा २.२१ प्रतिशत, माइक्रोफाइनान्स ३.१ प्रतिशत, बैंकिङ १.२३ प्रतिशत, जीवन बीमा १.७२ प्रतिशत र म्युचअल फण्ड ०.४४ प्रतिशत र लगानी समुुह ३.५५ प्रतिशतले उकालो लागेको छ ।


SHARE THIS