साताको अन्तिम दिन ओरालै लागेर बन्द भयो सेयर बजार, परिसूचक साढे दुई हजारभन्दा तल

काठमाडौँ । ओरालोतर्फ लागिरहेको सेयर बजारले साताको अन्तिम दिन पनि ओरालै क्रमलाई नै निरन्तरता दिंदा परिसूचक साढे दुई हजारको विन्दुभन्दा तल झरेको छ । शुक्रबारको कारोबार रकम पनि ९० करोडभन्दा पनि तल झरेको छ ।

साताको अन्तिम दिन सेयर बजार मापक नेप्से परिसूचक १४.६४ अंकले ओरालो लागेर २०४८.१६ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ४.११ अंकले ओरालो लागेर ३९२.२५ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा शुक्रबारको नेप्से ०.७१ प्रतिशत र सेन्सेटिभ इन्डेक्स १.०४ प्रतिशतले ओरालो लागेको छ ।

निरन्तर आठ कारोबार दिनसम्म ओरालो लागेर बुधबार बढेको सेयर बजार फेरी गिरावटमै लागेको थियो । बिहीबार सेयर बजारमापक नेप्से परिसूचक १७.६४ अंकले ओरालो लागेर २०६२.८० को विन्दुमा पुगेर अडिएको थियो । सेन्सेटिभ इन्डेक्स पनि ४.०१ अंकले ओरालो लागेर ३९६.३६ को विन्दुमा पुगेर रोकिएको थियो । समग्रमा बिहीबारको नेप्से ०.८५ प्रतिशत र सेन्सेटिभ इन्डेक्स एक प्रतिशतले ओरालो लागेको थियो ।

शुक्रबार २२९ कम्पनीहरुको ३० लाख ४५ हजार ८३८ कित्ता सेयर १८ हजार ६१७ पटक खरिदबिक्री हुँदा ८९ करोड ४१ लाख २४ हजार ११४ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ५८ करोड रुपियाँले कमी हो ।

बिहीबार २२९ कम्पनीहरुको ४१ लाख ५६ हजार १०४ कित्ता सेयर ३० हजार ७६२ पटक खरिदबिक्री हुँदा एक अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

शुक्रबार पाँच करोड पाँच लाख ४५ हजार १६८ बराबरको कारोबार भएर कुमारी बैंक कारोबार रकमका आधारमा शीर्षस्थानमा पुगेको छ । नेपाल इन्भेस्टमेन्ट बैंकको चार करोड २४ लाख १४ हजार ५९३ रुपियाँ, मेगा बैंकको तीन करोड १८ लाख ४४ हजार २७८ रुपियाँ, शिवम् सिमेन्टको तीन करोड १२ लाख ४७ हजार ८९२ रुपियाँ, एनआइसी एशिया बैंकको तीन करोड दुई लाख ४१ हजार ७७३ रुपियाँ बराबरको कारोबार भएको छ ।

अन्तिम दिन ग्रीन भेन्चर्स लिमिटेड, उपकार लघुवित्त र बलेफि हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । यस्तै सामुदायिक लघुवित्त र युनिलिभर नेपालको सेयरमूल्य भने सर्वाधिक पाँच प्रतिशतले घटेको छ ।

शुक्रबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक ओरालो लागेको छ । त्यसमध्ये सबै भन्दा धेरै उत्पादन तथा प्रशोधन उपसमूहको सूचक २.०२ प्रतिशतले घटेको छ भने हाइड्रोपावर उपसमूहको सूचक पनि सबै भन्दा कम ०.३० प्रतिशतले घटेको छ ।


SHARE THIS