फेरी बढ्यो पेट्रोलको मूल्य, पेट्रोलमा आठ रुपियाँ, डिजेल र मट्टितेलमा १२ रूपियाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर आठ रुपियाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपियाँ बढाउने निर्णय गरेको निगमले जनाएको छ ।

यसअघि जेठ १९ गते पूर्वाधार करबराबर प्रतिलिटर १० रुपियाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो ।

बिहीबारको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १७८ र डिजेल र मट्टितेलको १६५ रुपियाँ पर्नेछ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

मूल्य समायोजनपश्रचात पेट्रोलमा २४.७० रूपियाँ, डिजेलमा १८.०१ रूपियाँ र एलपीजी ग्याँसमा ७५१.१४ रूपियाँ घाटा रहेको निमगले जनाएको छ ।


SHARE THIS