एक लिटर पेट्रोल किन्न अब १९९ रुपियाँ, डिजल र मट्ट्रितेलको मुल्य प्रतिलिटर १९२ रुपियाँ

काठमाडौं । पेट्रोलको मूल्य २१ रूपियाँले बढेर प्रतिलिटर १९९ पुगेको छ । यस्तै डिजल र मट्ट्रितेलको मुल्य पनि प्रतिलिटर २७ ले बढेर १९२ रुपियाँ पुगेको छ ।

निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजल र मट्ट्रितेलको मूल्य बढाएको हो ।

निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपियाँले बृद्धि गरी १८५ रुपियाँ प्रतिलिटर पु(याएको हो । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यबृद्धि गरिएको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने यसपटक नबढाइएको आयल निगमले जनाएको छ ।

नेपालमा इन्धनको मुल्य पुन: बढेको छ । भारतबाट बढेर आएपछि नेपाल आयल निगमले तेलको मूल्य बढाएको हो ।

सरकारले कर छुट दिने भनेपनि व्यवहारमा नउतार्दा उपभोक्ता भारी मूल्य तिर्न बाध्य छन् । भारतले भने कर छुट दिएर राहत दिएको छ ।




SHARE THIS