डलरको मूल्य उच्च विन्दुुमा, नेपाली मुद्रा अहिलेसम्मकै कमजोर

काठमाडौं । नेपाली रुपियाँको अहिलेसम्मकै धेरै अबमूल्यन भएको छ । पछिल्लो समय निरन्तर बढिरहेको अमेरिकी डलरको मूल्य मङ्गलबार १२५.२२ रुपियाँ पुगेको छ । जसका कारण नेपाली मुद्रा अहिलेसम्मकै कमजोर बनेको छ ।

जुन नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको मूल्य अहिलेसम्मकै बलियो बनेको छ । सोमबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १२५.२२ रुपियाँ (बिक्री दर) तोकेको छ ।

डलरको मूल्य निरन्तर बढ्दो क्रममा देखिएको पछिल्लो समय एकपछि अर्को रेकर्ड बनाउदै आएको छ ।  डलरको मूल्य बढ्ने क्रम अझै रोकिएको छैन ।

पछिल्ला दिनमा हरेक दैनिक नयाँ रेकर्ड नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको मूल्य (विनिमय दर) लगातार बढेर हरेक दिन नयाँ रेकर्ड बनाउने क्रममा सोमबार पनि नयाँ उचाइ कायम गरेको हो ।

यसअघि बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय दर १२५.२१ रुपैयाँ (बिक्री दर) तोकिएको थियो ।

पछिल्ला केही महिनायता डलरको मूल्य उकालो लाग्दा त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म आइपुगेको हो । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ ।

डलर बलियो बन्दा नेपाल आउने रेमिट्यान्समा सकारात्मक प्रभाव पर्ने, विदेशमा रहेका नेपालीले पठाउने रेमिट्यान्सको आकार बढ्ने गर्दछ । तर पर्यटक आउने र निर्यात बढ्ने सम्भावना नभएको अवस्थामा डलरको मूल्य बढ्दा नोक्सानी बढी हुने देखिन्छ ।


SHARE THIS