डलरको मूल्य उच्च विन्दुुमा

काठमाडौं । उकालो लागिरहेको डलरले फेरी नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार अमेरिकी डलरको मूल्य १२५.७२ रुपियाँ पुगेको छ । जसका कारण नेपाली मुद्रा अहिलेसम्मकै कमजोर बनेको छ । यसअघि मङ्गलबार अमेरिकी डलरको मूल्य १२५.२२ रुपियाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो ।

डलरको मूल्य निरन्तर बढ्दो क्रममा देखिएको पछिल्लो समय एकपछि अर्को रेकर्ड बनाउदै आएको छ ।  

डलर बलियो बन्दा नेपाल आउने रेमिट्यान्समा सकारात्मक प्रभाव पर्ने, विदेशमा रहेका नेपालीले पठाउने रेमिट्यान्सको आकार बढ्ने गर्दछ । तर पर्यटक आउने र निर्यात बढ्ने सम्भावना नभएको अवस्थामा डलरको मूल्य बढ्दा नोक्सानी बढी हुने देखिन्छ ।


SHARE THIS