गर गहनामा जर्तीको मूल्य बढ्यो

काठमाडौं । गर गहनामा लाग्दै आएको जर्तीको मूल्य एक सय रुपियाँले बढेको छ । नेपाल राष्ट्र बैंकले सुनचाँदी तथा अन्य धातु खरिद, कटमरी र बिक्री सम्बन्धी कार्यविधि–२०७५ मा संशोधन गर्दै गर गहनामा लाग्दै आएको जर्तीको मूल्य बढाएको हो ।

अहिले टकमरी गर्दाको जर्ती लगायतको लागत वापत प्रति ग्राम दुई सय रुपियाँका दरले रकम थप गरी असर्फीको दैनिक बिक्री मूल्य निर्धारण गरिएको हो । अब प्रति ग्राम तीन सय रुपियाँका दरले रकम थप गरी असर्फीको दैनिक बिक्री मूल्य निर्धारण गरिने भएको छ ।

संशोधीत व्यवस्थाले सर्वसाधारण बाहेक संगठित तथा निजी क्षेत्रका संस्थागत खरिदकर्ताबाट प्रयोजन खुलाई न्यूनतम २० थान असर्फी माग भइ आएमा असर्फीको मौज्दात, माग गर्ने संस्थाको आवश्यकता तथा औचित्यका आधारमा विभागीय निर्णयबाट बिक्री गरिने संशोधित कार्यविधिमा उल्लेख छ ।


SHARE THIS