नेपाल बैङ्कको एपमा डाटा शुल्क नलाग्ने

काठमाडौँ । नेपाल बैङ्क लिमिटेडले मोबाइल बैङ्किङ एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने व्यवस्था गरेको छ । 

नेपाल बैङ्कमा खाता भएका र नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने ग्राहकलाई सो सुविधा दिने गरी बुधबार बैङ्क र नेपाल टेलिकमबीच सम्झौता भएको हो । 

सो सम्झौतामा नेपाल टेलिकमका प्रमुख व्यापार अधिकृत सङ्गीता पहाडी र नेपाल बैङ्कका प्रमुख वित्त अधिकृत होमबहादुर खड्काले हस्ताक्षर गर्नुभयो । 

बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेलको उपस्थितमा नेपाल टेलिकमको केन्द्रीय कार्यालय काठमाडौँमा भएको हो । 

सो सम्झौताअनुसार नेपाल टेलिकमको मोवाइल नम्बर प्रयोग प्रयोग गरी नेपाल बैङ्कको मोबाइल बैङ्किङ रजिस्टर गर्ने सम्पूर्ण ग्राहकले नेपाल बैङ्कको मोबाइल बैङ्किङ एप प्रयोग गर्न इन्टरनेट अथवा डाटाको आवश्यकता नपर्ने भएको हो । यो सुविधा सीमित समयका लागि प्रदान गरिने बैङ्कले जनाएको छ ।


SHARE THIS