घरेलु उद्योगको प्रवद्र्घन गर्ने उम्मेदवार छान्न नेपाल घरेलु तथा साना उद्योग महासंघको आब्हान

काठमाडौं । वैशाख ३० गते शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचनमा विशुद्घ स्थानीय मुद्दामा केन्द्रित हुने राम्रो उम्मेदवार छान्न नेपाल घरेलु तथा साना उद्योग महासंघले आब्हान गरेको छ ।

लघु घरेलु तथा साना उद्योगका जननीको रुपमा रहेका स्थानीय स्तरमै उपलब्ध कच्चा पदार्थ र त्यस्ता वस्तुमा आधारीत उद्योगहरुको संरक्षण तथा प्रवद्र्घनमा कटिबद्ध उम्मेदवारको छनौट अहिलेको आवश्यकता भएको महासंघको ठहर छ ।

लघु घरेलु तथा साना उद्योगमार्फत मजबुत स्थानीय अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने महासंघको विश्वास रहेको छ ।

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहद्घारा जारी प्रेस वक्तव्यमा आफ्नो पालिकामा सक्षम, इमान्दार प्रतिनिधि चुन्न उत्साहपूर्बक मतदानमा सहभागी हुन सबै लघु, घरेलु तथा साना उद्योगीहरुलाई महासंघले आब्हान गरेको छ ।




SHARE THIS