सेयर बजारमा सु्धारको निरन्तरता, तीन दिनमा ७५ अंकको बढोत्तरी

काठमाडौँ । केही दिनदेखि उकालो लागेको सेयर बजारले २३ सय अंककोसीमा पार गरेको छ । लगातार ओरालो लाग्ने क्रममा २२ सयको विन्दुमा पुगेको बजारतीन दिनको सुधारले २३ सय विन्दुमाथि लागेको छ ।

मङ्गलबार सेयर बजारमापक नेप्से परिसूचक ४४.१६ अंकलेउकालो लागेर २३१३ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि७.६७ अंकले उकालो लागेको छ । समग्रमा तेस्रो दिनको नेप्से १.९५ प्रतिशत रसेन्सेटिभ इन्डेक्स १.७५ प्रतिशतले उकालो लागेको हो ।

ओरालो लाग्ने क्रममा २२३८ सयको विन्दुमा पुगेको सेयरबजार यो साताको पहिलो दिन दोहोरो अंकले सुधारिएको थियो । आइतबार सेयरबजार मापक नेप्से परिसूचक १७.९५ अंकले उकालो लागेर २२५६.५७ कोविन्दुमा पुगेर रोकिएको थियो । सेन्सेटिभ इन्डेक्स पनि ३.८० अंकले ओरालो लागेर४३६.३५ को विन्दुमा पुगेर रोकिएको थियो ।

समग्रमा पहिलो दिनको नेप्से ०.८०प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि ०.८८ प्रतिशतले उकालो लागेर बन्द भएको थियो ।साताकोदोस्रो कारोबार दिन पनि नेप्से परिसूचक १२.२७ अङ्कले बढेर २२६८.८४ मापुगेर बजार बन्द भएको थियो । यो साताको पहिलो दिनदेखि उकालो लागेको बजारलगातार तीन दिनमा ७५ अंकले बृद्घि भएको छ ।

मङ्गलबारदिनभर २२६ कम्पनीहरुको ३३ लाख ३० हजार १५० कित्ता सेयर २६ हजार ५६५ पटक खरिदबिक्रीहुँदा एक अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६९ रुपियाँ बराबरको सेयर कारोबारभएको छ । जुन अघिल्लो दिनको तुलनामा चार करोड रुपियाँले कमी हो ।अघिल्लोदिन २२२ कम्पनीहरुको ३३ लाख २४ हजार कित्ता सेयर २८ हजार ६७५ पटक खरिदबिक्री हुँदाएक अर्ब ३९ करोड छ लाख सात हजार रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

मङ्गलबार नौ करोड ९८ लाख रुपियाँको सेयर कारोबार भएर ङादीग्रुप पावर सबैभन्दा धेरै सबैभन्दा धेरै सेयर कारोबार गर्नेमध्ये अगाडि रहेको छ । अरुणभ्याली हाइड्रोपावरको चार करोड २५ लाख, नेपाल दुरसञ्चार कम्पनीको तीन करोड २८ लाखर वरुण हाइड्रोपावरको तीन करोड ७४ लाख रुपियाँको सेयर कारोबार भएको छ ।तेस्रो दिन लगानीकर्ताको आकर्षण हाइड्रोपावर कम्पनीमा बढी देखिएको छ ।

हाइड्रोपावर कम्पनीहरुमा हकप्रदको हल्लाले सो कम्पनीहरुमा लगानीकर्ताकोआकर्षण बढेको हो । मङ्गलबार विद्युत नियमन आयोगले ङादी ग्रुप पावर र बरुणहाइड्रोपावरलाई हकप्रद निष्काशन गर्न अनुमति दिएसँगै ती कम्पनीहरुको सेयरमूल्यउच्च दरले बढेको हो । अन्य धेरै हाइड्रोपावर कम्पनीहरु हकप्रद निष्काशनको तयारीमारहेको अवस्थामा आयोगले हकप्रद जारी गर्न अनुमति दिन थालेपछि हाइड्रोपावर कम्पनीहरुमालगानीकर्ताको आकर्षण बढेको हो ।

तेस्रो दिन कारोबारमा आएका २० वटा कम्पनीहरुको मात्रै सेयरमूल्यघटेको छ । आठ वटाको स्थिर रहेको छ भने बाँकी १९६ वटा स्टकको सेयरमूल्य उकालोलागेको छ ।मङ्गलबार वरुण हाइड्रोपावर, ङादी हाइड्रोपावर र जालपालघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने युनिभर्सल पावर,दिब्यश्वरी हाइड्रोपावर र नेश्नल हाइड्रोपावरको पनि नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

उन्निती सहकार्य लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै२.५२ प्रतिशतले घटेको तेस्रो दिन गुँरास लघुवित्तको १.६१ प्रतिशत र तारागाँउ रिजेन्सीहोटलको १.५४ प्रतिशतले घटेको छ ।मङ्गलबार कारोबारमा आएका कुल १३ उपसमूहमध्ये सबैकोसूचक उकालो लागेको छ । हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै३.८० प्रतिशतले बढेको छ भने फाइनान्स उपसमूहको ३.२७ प्रतिशत र विकासबैंकको २.६५ प्रतिशतले बढेको छ । अन्य उपसमूहका सूचकहरु पनि उकालोलागेका छन् ।


SHARE THIS