सोमबारदेखि शुक्रबारसम्म सेयर बजार खुल्ने

काठमाडौँ । जेठदेखि सेयर बजार सोमबारदेखि शुक्रबारसम्म खुल्ने भएको छ । 

जेठ १ गतेदेखि लागू हुनेगरी सरकारले साताको दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय गरेपछि यो व्यवस्था लागू गरिएको हो । अहिले आइतबारदेखि बिहीबारसम्म सेयर बजार खुल्दै आएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) सञ्चालक समितिले गत बुधबार निर्णय गर्दै ‘प्रत्येक साता सोमबारदेखि शुक्रबारसम्म साबिककै समयमा धितोपत्रको कारोबार हुने व्यवस्था’ गरेको हो ।


SHARE THIS