आगामी आर्थिक वर्षको बजेटले लिएको सात प्रतिशतको मूल्य बृद्धिलाई सीमा भित्र राख्न प्रयास गरिने

काठमाण्डौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको बजेटले लिएको सात प्रतिशतको मूल्य बृद्धिलाई सीमा भित्र राख्न प्रयास गरिने बताउनुभएको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएको दोस्रो दिन अर्थमन्त्रालयले आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले कर्मचारीको १५ प्रतिशत तबल बद्धि र बृद्धाभत्ता दिने उमेर घटाएर ७० बाट ६८ मा झारिएको लगायतका आन्तरिक विषयहरु रहेको अवस्थामा मूल्य बृद्धि सात प्रतिशतभित्र राख्न सकिने बताउँदै भन्नुभयो - “हामीले मौद्रिक नीति तयार गर्दैगर्दा छलफल र विश्लेषण गर्ने नै छौ । बजेटले लिएको सात प्रतिशतको सीमाभित्र रहने नै प्रयास गर्नेछौ ।”


SHARE THIS